प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. ५१ पृ. २६३-पृ. २६४ अनु. ४
  • तोकिएको समयमा सिध्याउनुहोस्‌ र ठीक तरिकाले समय छुट्ट्याउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तोकिएको समयमा सिध्याउनुहोस्‌ र ठीक तरिकाले समय छुट्ट्याउनुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००४
  • मण्डलीको लागि भाषणको तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • विद्यार्थीले प्रस्तुत गर्ने भागको तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. ५१ पृ. २६३-पृ. २६४ अनु. ४

अध्याय ५१

तोकिएको समयमा सिध्याउनुहोस्‌ र ठीक तरिकाले समय छुट्ट्याउनुहोस्‌

तपाईंले के गर्नुपर्छ?

तोकिएको समयमा नै भाषण सिध्याउनुपर्छ र भाषणको प्रत्येक भागको लागि उचित समय छुट्ट्याउनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

तपाईंले प्रस्तुत गर्ने भाषणको प्रत्येक मुख्य बुँदाको लागि पर्याप्त समय छुट्ट्याउनुपर्छ। सभा समयमै सिध्याउनु महत्त्वपूर्ण छ।

भाषण दिंदा मुख्यगरि सिकाउने कुरालाई ध्यान दिइने भए तापनि समयलाई ध्यान दिनु पनि उत्तिकै जरुरी छ। हाम्रो सभा तोकिएको समयमा सुरु गरिन्छ र तोकिएको समयमै सिध्याइन्छ। त्यसकारण यस सन्दर्भमा सभामा भाग पाउने प्रत्येकले सहयोग गर्नुपर्छ।

बाइबलकालीन समयमा मानिसहरूले समयप्रति राख्ने दृष्टिकोण आजको भन्दा फरक थियो। मानिसहरू अनुमान गरेर समय निर्धारण गर्थे। जस्तै, तिनीहरू निश्‍चित समय नभनी “साँझपख,” “दिउँसो” अनि “मध्यान्ह” भन्‍ने गर्थे। (उत्प. २४:११; ४३:१६; १ राजा १८:२६) मानिसहरू समयमै काम सिध्याउनुपर्छ भनेर चिन्ता गर्दैनथे। अहिले पनि कुनै-कुनै मुलुकमा समयप्रति मानिसहरूको सोचाइ यस्तै छ।

स्थानीय चलन तथा व्यक्‍तिगत धारणाले गर्दा मानिसहरू समयबारे त्यत्ति चिन्ता गर्दैनन्‌। तर हामीले भने समयप्रति उचित ध्यान दिन सिक्नु बेस हो। सभामा धेरै जनाले आफ्नो भाग प्रस्तुत गर्ने जिम्मेवारी पाएका छन्‌ भने प्रत्येकले तोकिएको समयमा नै आफ्नो भाग सिध्याउनुपर्छ। “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले होस्‌” भन्‍ने सिद्धान्त सभामा पाएको भाग समयमा नै सिध्याउने सन्दर्भमा पनि लागू हुन्छ।—१ कोरि. १४:४०.

तोकिएको समयमा सिध्याउनुहोस्‌। यसको लागि तयारी गर्नु महत्त्वपूर्ण छ। समयमा आफ्नो भाग सिध्याउन नसक्ने वक्‍ताहरूले अक्सर पर्याप्त मात्रामा तयारी गरेका हुँदैनन्‌। तिनीहरू अति-विश्‍वस्त भएका हुन सक्छन्‌। अथवा तिनीहरूले अन्तिम घडीमा मात्र तयारी गरेका हुन सक्छन्‌। हामी आफ्नो जिम्मेवारीप्रति सचेत छौं र राम्ररी तयारी गर्न इच्छुक छौं भने आफ्नो भाग समयमै सिध्याउन होसियार हुनेछौं।

के तपाईंले सभामा पढ्‌ने जिम्मेवारी पाउनुभएको छ? त्यसो हो भने सबैभन्दा पहिला यस किताबको अध्याय ४ देखि ७ पुनरावलोकन गर्नुहोस्‌। ती अध्यायमा सरर्र बगेको प्रस्तुति, उपयुक्‍त विराम, भावलाई ठीकसित जोड दिने अनि मुख्य विचारहरूमा जोड दिने विषयबारे चर्चा गरिएको छ। त्यसपछि यी सल्लाहलाई मनमा राख्दै आफूलाई दिइएको जिम्मेवारी ठूलो स्वरले पढ्‌नुहोस्‌। कति समय लाग्छ हेर्नुहोस्‌। तोकिएको समयमै सिध्याउन अलि छिटो पढ्‌नुपर्छ कि? कम महत्त्वपूर्ण भाग अलि छिटो पढ्‌नुहोस्‌ तर जोड दिनुपर्ने विचारहरू पढ्‌दा भने विराम गर्दै र बिस्तारै पढ्‌नुहोस्‌। दोहोऱ्‍याइ-तेहऱ्‍याइ अभ्यास गर्नुहोस्‌। सरर्र पढ्‌न सक्नुभयो भने समय मिलाउन सजिलो हुनेछ।

के तपाईं टिपोट हेर्दै आफ्नो भाग प्रस्तुत गर्दै हुनुहुन्छ? समयमै सिध्याउन टिपोट विस्तृत बनाउनुपर्दैन अर्थात्‌ पाण्डुलिपि नै बनाउनुपर्दैन। अध्याय २५ मा काम गर्दा भाषणको रूपरेखा तयार गर्ने राम्रो तरिका तपाईंले सिकिसक्नुभयो। यी पाँच बुँदालाई मनमा राख्नुहोस्‌: (१) राम्रो विषयवस्तु छानेर तयार गर्नुहोस्‌ तर धेरैचाहिं होइन। (२) मुख्य विचारहरूलाई मनमा ठप्प राख्नुहोस्‌ तर पूरै वाक्य कण्ठ नगर्नुहोस्‌। (३) भाषणको प्रत्येक भागमा कति समय लगाउने हो वा कुनै निश्‍चित बुँदामा पुग्दा कति समय बाँकी हुन्छ, त्यो रूपरेखामै लेख्नुहोस्‌। (४) समयमै सिध्याउन सकिंदैन जस्तो लाग्यो भने कुनचाहिं बुँदा उल्लेख नगर्ने त्यसबारे तयारी गर्दा नै पक्का गर्नुहोस्‌। (५) आफूले प्रस्तुत गर्ने भागको अभ्यास गर्नुहोस्‌।

अभ्यास गर्नु महत्त्वपूर्ण छ। अभ्यास गर्दा भाषणको प्रत्येक भागमा कति समय लगाउनुहुन्छ, हेर्नुहोस्‌। भाषणलाई तोकिएको समयमा सिध्याउन नसकुन्जेल निरन्तर अभ्यास गर्नुहोस्‌। धेरै कुरा भन्‍न नखोज्नुहोस्‌। भाषणको अभ्यास गर्ने बेलामा भन्दा श्रोतासामु भाषण दिने बेलामा अलि धेरै समय लाग्ने भएकोले भाषण तयारी गर्दा अलिकता समय बाँकी राख्नुहोस्‌।

भाषणको प्रत्येक भागको लागि समय छुट्ट्याउनुहोस्‌। समयमै सिध्याउन भाषणको विभिन्‍न भाग प्रस्तुत गर्न पनि समय छुट्ट्याउनुपर्छ। भाषणको मुख्य भाग प्रस्तुत गर्न धेरै समय लगाउनुपर्छ। किनभने त्यहाँ तपाईंले प्रस्तुत गर्ने मुख्य जानकारीहरू हुन्छन्‌। भाषणको परिचय दिंदा अध्याय ३८ मा छलफल गरिएका तीनवटा लक्ष्य हासिल गर्न चाहिने समय मात्र लगाउनुपर्छ। अध्याय ३९ मा उल्लेख गरिएझैं भाषणको समापन प्रभावकारी तरिकामा प्रस्तुत गर्नै नसक्नेगरि भाषणको मुख्य भागलाई तन्काउनुहुँदैन।

आफ्नो भागलाई समयमै सिध्याउने प्रयास गर्दा तपाईंको भाषण राम्रो हुनेछ। साथै समयमै आफ्नो भाग सिध्याउँदा तपाईंपछि आफ्नो भाग प्रस्तुत गर्ने व्यक्‍तिलगायत उपस्थित सबैलाई आदर गरेको देखिन्छ।

यसो कसरी गर्न सकिन्छ?

  • राम्रोसित तयारी गर्नुहोस्‌। अन्तिम घडीमा आएर तयारी गर्ने बानी नबसाल्नुहोस्‌।

  • भाषणको प्रत्येक भागको लागि उपयुक्‍त समय तोक्नुहोस्‌ र त्यसैअनुसार प्रस्तुत गर्नुहोस्‌।

  • आफ्नो भाग प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- सभामा १५-२० मिनेट अगाडि नै पुग्न सक्नेगरि परिवारसित मिलेर योजना बनाउनुहोस्‌। सभामा पुग्न कति समय लाग्छ, त्यो पनि पक्का गर्नुहोस्‌। सभामा पुग्न ढिलो हुन सक्ने कारणहरू पत्ता लगाउनुहोस्‌ र त्यसको समाधान निकाल्नुहोस्‌। योजनाअनुसार चल्ने प्रयास गर्नुहोस्‌ र आवश्‍यक छाँटकाँट गर्नुहोस्‌। आफ्नो भाग प्रस्तुत गर्दा पनि यही सिद्धान्त लागू हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने