प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 जनवरी पृ. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • तोकिएको समयमा सिध्याउनुहोस्‌ र ठीक तरिकाले समय छुट्ट्याउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • सेवा सभाको तयारी कसरी गर्नुपर्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • सेवा सभाको भाग सञ्चालन गर्नेहरूलाई निर्देशन
    हाम्रो राज्य सेवकाई—२०१०
  • मण्डलीको लागि भाषणको तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 जनवरी पृ. ३

प्रश्‍न पेटी

◼ हामी कसरी मण्डलीका सभाहरू निर्धारित समयमा सञ्चालन गर्न सक्छौं?

साथीभाइसित केही असल कुरा बाँड्‌दा समय बितेको पत्तै हुँदैन। यसकारण, तोकिएको समयभित्र सभाका भागहरू सञ्चालन गर्नु चुनौतीपूर्ण हुन सक्छ। यस सन्दर्भमा कुन कुराले मदत गर्न सक्छ?

समयमा सुरु गर्नुहोस्‌। सम्पूर्ण मण्डली एक ठाउँमा भेला हुँदा, श्रोताहरूलाई एक दुई मिनेट अगाडि नै आ-आफ्नो सिटमा बस्न आग्रह गर्नु मदतकारी हुन सक्छ किनभने यसो गर्दा सभा तोकिएको समयमा र सुचारु रूपले सुरु गर्न सकिन्छ। (उप. ३:१) क्षेत्र सेवाको लागि सभाजस्ता ससानो समूहमा हुने सभाहरू ढिला आउने व्यक्‍तिलाई पर्खेर ढिलो गर्नुहुँदैन।

राम्रो तयारी गर्नुहोस्‌। ठीक समयमा सिध्याउने एउटा तरिका हो, अग्रिम तयारी। असाइनमेन्टको मुख्य उद्देश्‍य आफ्नो मनमा स्पष्ट पार्नुहोस्‌। मुख्य बुँदा छुट्टयाउनुहोस्‌ र ती अलग्गै छुट्टिने गरी जोड दिनुहोस्‌। सानातिना बुँदाहरूमै नअलमलिरहनुहोस्‌। प्रस्तुतिलाई सरल बनाउनुहोस्‌। यदि भाषणमा प्रदर्शन अथवा अन्तरवार्ताहरू समावेश छन्‌ भने, पूर्वाभ्यास गर्नुहोस्‌। ठूलो आवाज निकालेर तयारी गर्दा कति समय लाग्छ भनेर चेक गर्नुहोस्‌।

आफ्नो विषयवस्तुलाई भाग भागमा छुट्याउनुहोस्‌। तपाईंको असाइनमेन्ट चाहे भाषण होस्‌ वा श्रोताहरूसितको छलफल, विषयवस्तुलाई खण्ड-खण्डमा विभाजन गर्नु मदतकारी हुन सक्छ। हरेक खण्डमा कति समय बिताउने हो, निर्णय गर्नुहोस्‌ र त्यो समय आफ्नो टिपोटको छेउमा लेख्नुहोस्‌। त्यसपछि प्रस्तुतिको दौडान आफ्नो समय हेर्नुहोस्‌। श्रोताहरूसितको छलफलमा, परिचयात्मक भागमै तीन थुप्रो बुँदाहरू समेट्‌ने खतराबाट जोगिनुहोस्‌ किनभने यसो गर्दा पछिका अनुच्छेदहरूमा दिइएको गहकिला विषयवस्तु छलफल गर्न हतार-हतार गर्नुपर्ने हुन्छ। प्रहरीधरहरा अध्ययन सञ्चालकले अन्तमा पुनरावलोकन पेटी छलफल गर्न पर्याप्त समय छुट्टयाउनुपर्छ। समापन गीत र प्रार्थनाको लागि तोकिएको समय प्रयोग नगर्न पनि तिनीहरू होसियार हुनुपर्छ।

समयमा सिध्याउनुहोस्‌। यदि कुनै सभा, जस्तै सेवा सभामा थुप्रै भागहरू छन्‌ भने, आफ्नो भाग कहिले सुरु र अन्त गर्नुपर्छ भन्‍ने सन्दर्भमा हरेक वक्‍ता सजग हुनुपर्छ। सभा तोकिएको समयभन्दा ढिला हुँदैछ भने के गर्न सकिन्छ? बाँकी भाग सञ्चालन गर्ने एक वा त्योभन्दा बढी भाइहरूले मुख्य बुँदाहरूमा ध्यान केन्द्रित गरेर अनि थप विवरणहरू नदिएर समय मिलाउन सक्छन्‌। यसो गर्न सक्नु भनेको दक्ष शिक्षकको एउटा चिनारी हो।

श्रोताहरूको हैसियतमा, हामी छोटकरीमा टिप्पणी दिएर अनि जुन कुरा सोधिएको छ त्यसैको मात्र जवाफ दिएर सञ्चालक भाइलाई सहयोग गर्न सक्छौं। यस प्रकार, हामी सबैले सभाहरू “शिष्ट रुपले र नियमपूर्वक” सञ्चालन गर्न योगदान पुऱ्‍याउन सक्छौं।—१ कोरि. १४:४०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने