प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh पृ. २२१-पृ. २२२ अनु. २
  • के येशू डिसेम्बर महिनामा जन्मनुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के येशू डिसेम्बर महिनामा जन्मनुभयो?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • येसुको जन्म—कहाँ र कहिले?
    येसु—बाटो, सत्य र जीवन
  • येशूको जन्म—कहाँ र कहिले?
    सबैभन्दा महान्‌ पुरुष
  • स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बेतलेहेम अनि क्रिसमस यसको सत्यता के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh पृ. २२१-पृ. २२२ अनु. २

अतिरिक्‍त लेख

के येशू डिसेम्बर महिनामा जन्मनुभयो?

येशू कहिले जन्मनुभयो भनेर बाइबलमा बताइएको छैन तर उहाँ डिसेम्बर महिनामा जन्मनुभएको होइन भन्‍ने ठोस प्रमाणचाहिं पाइन्छ।

येशू जन्मनुभएको बेतलेहेम सहरमा डिसेम्बर महिनातिर कस्तो मौसम हुन्छ, विचार गरौं। यहूदी महिना किसलेवमा (नोभेम्बर/डिसेम्बर) जाडो हुन्छ र पानी पनि पर्छ। त्यसपछि तेबेत (डिसेम्बर/जनवरी) महिना आउँछ। यो सबैभन्दा जाडो महिना हो र पहाडी इलाकाहरूमा कहिलेकाहीं हिउँ पनि पर्छ। त्यस भेगको हावापानीबारे बाइबल के बताउँछ, हेरौं।

किसलेव साँच्चै जाडो र पानी पर्ने महिना हो भनी बाइबलका लेखक एज्रा बताउँछन्‌। मानिसहरू यरूशलेममा भेला भएको कुरा उल्लेख गरेपछि “नवौं महीनाको [किसलेव] बीसौं दिनमा सबै मानिसहरू . . . काम्दै र ठूलो पानी-झरीमा थरथराउँदै” बसिरहेका थिए भनी एज्रा बताउँछन्‌। त्यतिबेलाको मौसमबारे त्यहाँ भेला भएका मानिसहरूले यसो भने: “यो वर्षा ऋतुको समय छ। हामी यहाँ खुला ठाउँमा उभिरहनसक्‍तैनौं।” (एज्रा १०:९, १३; यर्मिया ३६:२२) त्यसकारण बेतलेहेम वरपरका गोठालाहरू डिसेम्बर महिनामा बाहिर बस्दैनथे र राती आफ्नो बगाललाई कुनै हालतमा बाहिर छोड्‌दैनथे!

तर येशू जन्मनुभएको रात चौरमा गोठालाहरू आफ्नो बगालको हेरचाह गरिरहेका थिए भनी बाइबल बताउँछ। बाइबलका लेखक लूकाअनुसार त्यतिबेला गोठालाहरू बेतलेहेमनजिकै “चौरमा बसेर रातभरि आफ्नो बगालको सुरक्षा गरिरहेका थिए।” (लूका २:८-१२) याद गर्नुहोस्‌, गोठालाहरू राती चौरमा बगालको सुरक्षा गरिरहेका थिए। के गोठालाहरू डिसेम्बर महिनाको कठाङ्‌ग्रिने जाडो र पानी पर्ने मौसममा राती बाहिर बसिरहेका होलान्‌ त? अहँ, हुन सक्दैन। त्यसैले त्यतिबेलाको मौसमलाई विचार गर्दा येशू डिसेम्बर महिनामा जन्मनुभएको हुन सक्दैन।a

परमेश्‍वरको वचनमा येशूको मृत्यु कहिले भयो भनेर तोकेरै बताइएको छ तर उहाँको जन्म कहिले भयो भन्‍नेबारे थोरै मात्र बताइएको पाउँछौं। यसले हामीलाई राजा सुलेमानको यो कुरा सम्झाउँछ: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।” (उपदेशक ७:१) त्यसकारण बाइबलले येशूको सेवाको काम र मृत्युबारे धेरै कुरा बताउनु तर उहाँ जन्मेको समयबारे थोरै मात्र जानकारी दिएकोमा अचम्म मान्‍नुपर्दैन।

बेतलेहेम नजिकै गोठालाहरू आफ्ना बगालको साथमा राती चौरमा थिए

येशू जन्मँदा गोठालाहरू र तिनीहरूका बगाल राती चौरमा थिए

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा, डिसेम्बर १५, २०००, पृष्ठ ३-७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने