प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७० p. १६६-p. १६७ par. २
  • स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुको जन्म—कहाँ र कहिले?
    येसु—बाटो, सत्य र जीवन
  • येशू गोठमा जन्मिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येशूको जन्म—कहाँ र कहिले?
    सबैभन्दा महान्‌ पुरुष
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७० p. १६६-p. १६७ par. २
स्वर्गदूतहरू गोठालाहरूलाई येसुको जन्मको घोषणा गर्छन्‌

पाठ ७०

स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌

रोमी साम्राज्यका शासक सिजर अगस्तसले सबै यहुदीलाई आ-आफ्नो गृहनगर फर्केर नाम दर्ता गर्नू भनी आदेश दिएका थिए। त्यसैले युसुफ र मरियम पनि बेतलेहेम गए। युसुफको परिवार त्यस ठाउँका थिए। मरियम सुत्केरी हुने बेला नजिकै आइसकेको थियो।

बेतलेहेम पुगेपछि तिनीहरूले बस्नको लागि गोठ मात्र पाउन सके। त्यहीँ मरियमले आफ्नो छोरा येसुलाई जन्माइन्‌। तिनले नरम कपडाले शिशु येसुलाई बेरेर डुँडमा राखिन्‌।

बेतलेहेमनजिकै केही गोठालाहरू राती बाहिर चौरमा बगालको हेरचाह गरिरहेका थिए। तब अचानक एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे र तिनीहरूको चारैतिर यहोवाको महिमा चम्कियो। गोठालाहरू असाध्यै डराए तर ती स्वर्गदूतले भने: ‘नडराओ, मसित तिमीहरूको लागि राम्रो समाचार छ। आज बेतलेहेममा मसीहको जन्म भएको छ।’ त्यतिबेला स्वर्गमा थुप्रै स्वर्गदूत देखा परे र भने: ‘स्वर्गमा परमेश्‍वरको महिमा अनि पृथ्वीमा शान्ति होस्‌।’ त्यसपछि स्वर्गदूतहरू तिनीहरूलाई छोडेर गए। तिनीहरूले चाहिँ के गरे?

तिनीहरूले यसो भन्‍न थाले: “आओ, हामी तुरुन्तै बेतलेहेम जाऔँ।” तिनीहरू हतारिँदै गए अनि मरियम र युसुफलाई उनीहरूको भर्खरै जन्मेको छोरासँगै गोठमा भेट्टाए।

स्वर्गदूतले ती गोठालाहरूलाई भनेको कुरा सुन्‍नेजति सबै छक्क परे। मरियमले चाहिँ ती स्वर्गदूतले भनेका सब कुराबारे गहिरिएर सोचिन्‌ र मनमा राखिन्‌। ती गोठालाहरू बगाल भएको ठाउँमा फर्के अनि तिनीहरूले सुनेको र देखेको सबै कुराको लागि यहोवालाई धन्यवाद चढाए।

“म परमेश्‍वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।”—युहन्‍ना ८:४२

प्रश्‍नहरू: स्वर्गदूतहरूले कसरी येसुको जन्मको घोषणा गरे? गोठालाहरूले बेतलेहेममा कसलाई भेट्टाए?

लुका २:१-२०; यसैया ९:६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने