प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ७ पृ. २२-पृ. २३ अनु. ६
  • ज्योतिषीहरू येसुलाई भेट्‌न जान्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्योतिषीहरू येसुलाई भेट्‌न जान्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशू र ज्योतिषीहरू
    सबैभन्दा महान्‌ पुरुष
  • ताराले डोऱ्‍याएका मान्छेहरू
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येशूलाई कसरी बचाइयो?
    महान्‌ शिक्षकबाट सिकौं
  • क्रूर शासकबाट बचाइयो
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ७ पृ. २२-पृ. २३ अनु. ६
युसुफ, मरियम र येसु बसेको घरमा पुग्न ज्योतिषीहरू तारालाई पछ्याउँदै

अध्याय ७

ज्योतिषीहरू येसुलाई भेट्‌न जान्छन्‌

मत्ति २:१-१२

  • ज्योतिषीहरू “तारा”-लाई पछ्याउँदै सुरुमा यरुसलेम र त्यसपछि येसु भएको ठाउँमा जान्छन्‌

पूर्वबाट केही मानिसहरू आउँछन्‌। तिनीहरू ज्योतिषीहरू हुन्‌। तिनीहरू ताराहरूको स्थान हेरेर मानिसको भविष्य बताउन सक्ने दाबी गर्छन्‌। (यसैया ४७:१३) पूर्वमा आफ्नो घरमा भएको बेला तिनीहरूले एउटा “तारा” देख्छन्‌ अनि तिनीहरू त्यसलाई पछ्याउँदै सयौँ किलोमिटर टाढा यरुसलेम आइपुग्छन्‌।

ज्योतिषीहरू त्यहाँ आइपुगेपछि तिनीहरू यसरी सोध्छन्‌: “जो यहुदीहरूका राजा भएर जन्मनुभयो, उहाँ कहाँ हुनुहुन्छ? किनभने पूर्वमा छँदा हामीले उहाँको तारा देख्यौँ र उहाँको दर्शन गर्न हामी आएका हौँ।”—मत्ति २:१, २.

ज्योतिषीहरू राजा हेरोदलाई दण्डवत्‌ गर्दै

यो कुरा सुनेपछि यरुसलेमका राजा हेरोद अत्यन्तै व्याकुल हुन्छन्‌। त्यसैले तिनी मुख्य पुजारीहरू र अन्य यहुदी धर्मगुरुहरूलाई बोलाउँछन्‌ र उनीहरूलाई ख्रिष्टको जन्म कहाँ हुने हो भनेर सोधपुछ गर्छन्‌। धर्मशास्त्रमा बताइएको कुराको आधारमा उनीहरूले उहाँको जन्म “बेतलेहेममा” हुनेछ भनेर जवाफ दिन्छन्‌। (मत्ति २:५; मिका ५:२) त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई सुटुक्क आफूकहाँ बोलाउँछन्‌ र यसो भन्छन्‌: “जाओ! त्यस सानो बालकलाई राम्ररी खोज अनि तिमीहरूले उहाँलाई भेट्टाएपछि फर्केर मलाई खबर गर ताकि म पनि गएर उहाँको दर्शन गर्न सकूँ।” (मत्ति २:८) वास्तवमा हेरोद ती बालकलाई खोजेर मार्न चाहन्छन्‌।

ज्योतिषीहरू त्यहाँबाट निस्केपछि एउटा अचम्मलाग्दो कुरा हुन्छ। पूर्वमा छँदा उनीहरूले देखेको “तारा” उनीहरूको अघि-अघि लाग्छ। यो चानचुने तारा होइन भन्‍ने कुरा स्पष्ट छ; उनीहरूलाई डोऱ्‍याउनकै लागि कसैले त्यस तारालाई चलाइरहेको छ। ज्योतिषीहरू त्यस तारालाई पछ्याउँछन्‌ अनि त्यो तारा युसुफ, मरियम र येसु बसिरहेको घरमाथि पुगेर टक्क अडिन्छ।

तारालाई पछ्याउँदै बेतलेहेम आइपुगेका ज्योतिषीहरू मरियम र येसुलाई उपहार दिँदै

त्यसपछि ज्योतिषीहरू त्यस घरभित्र पस्छन्‌ र बालक येसुलाई आफ्नी आमा मरियमसँगै देख्छन्‌। उनीहरूले घोप्टो परेर येसुलाई दण्डवत्‌ गर्छन्‌। अनि उहाँलाई उपहारस्वरूप सुन, सेतो धूप र मर्र दिन्छन्‌। पछि उनीहरू हेरोदकहाँ फर्केर जान लाग्दा परमेश्‍वरले उनीहरूलाई हेरोदकहाँ नजानू भनी सपनामा चेतावनी दिनुहुन्छ। त्यसैले उनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्कन्छन्‌।

तपाईँको विचारमा ज्योतिषीहरूलाई डोऱ्‍याएको त्यस तारालाई कसले चलाइरहेको थियो? यो कुरा नबिर्सनुहोस्‌, त्यस ताराले उनीहरूलाई सीधै येसु हुनुभएको ठाउँ बेतलेहेमतिर डोऱ्‍याएन। बरु यरुसलेमतिर डोऱ्‍यायो, जहाँ उनीहरूले येसुलाई मार्न खोजिरहेको राजा हेरोदलाई भेटे। तर परमेश्‍वरले हस्तक्षेप गर्नुभयो र येसु कहाँ हुनुहुन्छ भनी हेरोदलाई नबताउन ती ज्योतिषीहरूलाई चेतावनी दिनुभयो; नत्र त हेरोदले येसुलाई मार्ने थिए। स्पष्ट छ, यो काम परमेश्‍वरको शत्रु सैतानकै थियो, जो येसुलाई मार्न चाहन्थ्यो र त्यसले आफ्नो उद्देश्‍य पूरा गर्न तारालाई माध्यमको रूपमा चलायो।

  • ज्योतिषीहरूले देखेको “तारा” चानचुने तारा थिएन भनेर हामी किन भन्‍न सक्छौँ?

  • ज्योतिषीहरूले बालक येसुलाई भेट्‌दा उहाँ कुन ठाउँमा हुनुहुन्थ्यो?

  • ज्योतिषीहरूलाई सैतानले नै डोऱ्‍याइरहेको थियो भन्‍ने निष्कर्षमा हामी किन पुग्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने