प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ५२ p. १२६-p. १२७ par. १
  • यहोवा परमेश्‍वरको अग्निमय सेना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वरको अग्निमय सेना
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “तिम्रो बालकलाई लैजाऊ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • आत्मत्याग र वफादारीको नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ५२ p. १२६-p. १२७ par. १
सिरियाली सेनाले घेरिएका एलिसा र तिनको चाकर

पाठ ५२

यहोवा परमेश्‍वरको अग्निमय सेना

सिरियाका राजा बेन-हददले इस्राएलमाथि आक्रमण गरी नै रहे। तर भविष्यवक्‍ता एलिसाले हरेक पटक इस्राएलका राजालाई होसियार गराएकोले तिनी बच्न सफल हुन्थे। त्यसैले बेन-हददले एलिसालाई पक्रन खोजे। एलिसा दोथान भन्‍ने सहरमा भएको कुरा थाह पाएपछि तिनले एलिसालाई पक्रन सिरियाली सेनालाई पठाए।

सिरियालीहरू त्यो रात दोथानमा आए। भोलिपल्ट बिहान एलिसाको चाकर बाहिर निस्कँदा सहरलाई ठूलो सेनाले घेरेको देखे। उनी निकै डराए र यसरी कराए: “मालिक! अब हामी के गरौँ?” एलिसाले भने: “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌।” त्यति नै बेला यहोवाले ती चाकरको आँखा खोलिदिनुभयो र उनले चारैतिरका डाँडा अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे।

एलिसा र तिनको चाकरले आफ्नो चारैतिर अग्निमय स्वर्गदूतहरू देख्छन्‌

सिरियाली सेनाले एलिसालाई पक्रन खोज्दा तिनले यस्तो प्रार्थना गरे: ‘हे यहोवा, बिन्ती छ, यिनीहरूलाई अन्धो बनाइदिनुहोस्‌।’ एलिसाले बिन्ती गरेझैँ भयो। ती सिपाहीहरूले देख्न त देखिरहेका थिए तर तिनीहरू कहाँ छन्‌ भनेर थाह पाउनै सकेनन्‌। एलिसाले ती सिपाहीहरूलाई भने: ‘तिमीहरू गलत सहरमा आइपुग्यौ। मेरो पछि आओ। तिमीहरूले खोजेको मानिसकहाँ म तिमीहरूलाई पुऱ्‍याइदिन्छु।’ एलिसाले तिनीहरूलाई इस्राएलका राजा बस्ने ठाउँ सामरिया लगिदिए।

सिरियालीहरूले आफूहरू कहाँ छौँ भनेर थाह पाउँदा ढिला भइसकेको थियो। इस्राएलका राजाले एलिसालाई सोधे: “के म यिनीहरूलाई मारिदिऊँ?” के एलिसाले आफूलाई हानि पुऱ्‍याउन खोज्ने ती मानिसहरूसँग बदला लिने मौका यही हो भनेर सोचे? अहँ, सोचेनन्‌। बरु एलिसाले भने: ‘यिनीहरूलाई नमार्नुहोस्‌। यिनीहरूलाई रोटी र पानी खान दिनुहोस्‌ अनि आफ्नो बाटो फर्काइदिनुहोस्‌।’ त्यसैले राजाले तिनीहरूलाई ठूलो भोज दिए र घर फर्काइदिए।

सिरियाली सेना सामरियामा खानपिन गर्छन्‌

“हामी परमेश्‍वरमा पूरा भरोसा राख्छौँ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।”—१ युहन्‍ना ५:१४

प्रश्‍नहरू: यहोवाले एलिसा र तिनको चाकरलाई कसरी बचाउनुभयो? के तिमीलाई यहोवाले तिमीलाई पनि बचाउन सक्नुहुन्छ जस्तो लाग्छ?

२ राजा ६:८-२४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने