प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ९/१ p. १०
  • “तिम्रो बालकलाई लैजाऊ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिम्रो बालकलाई लैजाऊ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरको अग्निमय सेना
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मरिसकेका दुई ठिटा फेरि जिउँदा हुन्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ९/१ p. १०

परमेश्‍वरको नजिक हुनुहोस्‌

“तिम्रो बालकलाई लैजाऊ”

२ राजा ४:८-३७

मानिसले भोग्ने एउटा अत्यन्तै ठूलो पीडा भनेको आफ्नो बच्चाको मृत्यु हो। यस्तो पीडा हटाउने शक्‍ति यहोवा परमेश्‍वरसित छ। यो कुरा सत्य हो भनेर हामीलाई थाह छ किनभने बाइबलकालीन केही पुरुषले मरिसकेकाहरूलाई बिउँताउने शक्‍ति यहोवाबाट पाएका थिए। यसको एउटा उदाहरण २ राजा ४:८-३७ मा पाउँछौं, जहाँ अगमवक्‍ता एलीशाले मरिसकेको एउटा सानो बालकलाई बिउँताएको विवरण पाइन्छ।

यो घटना शुनैम सहरको हो। एउटी बाँझी स्त्री र तिनका पतिले एलीशालाई पटक-पटक खानपिन र बासको व्यवस्था गरिदिएर दया देखाएका थिए। एक दिन ती कृतज्ञ अगमवक्‍ताले उक्‍त स्त्रीलाई यसो भने: “यही बेला अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले त्यो दिन कहिल्यै आउनेछैन भन्ठानेकी थिइन्‌ तर एलीशाले भनेअनुसार तिनले साँच्चै एउटा छोरो जन्माइन्‌। तर दुःखको कुरा, तिनको यो खुसी लामो समयसम्म रहेन। केही वर्षपछिको कुरा हो, खेतमा हुँदा त्यस बालकको कपाल बेसरी दुखेकोले उसलाई घर लगियो तर पछि ऊ “आमाको काखमा” मऱ्‍यो। (पद १६, १९, २०) ती शोकाकुल आमाले आफ्नो सानो छोराको लास उठाइन्‌ र अगमवक्‍ता एलीशा अक्सर सुत्ने ओछ्यानमा बिस्तारै राखिन्‌।

कुनै ढिलासुस्ती नगरी अनि आफ्नो पतिको अनुमति पाउने बित्तिकै ती शुनैमी स्त्रीले एलीशालाई भेट्‌न कर्मेल डाँडासम्मको लगभग ३० किलोमिटर लामो यात्रा गरिन्‌। एलीशालाई भेटेपछि तिनले अलाप-विलाप गर्ने, रुने वा असह्‍य पीडा व्यक्‍त गर्ने त्यस्तो केही गरिनन्‌। तिनले यसो नगर्नुको कारण के थियो? एलीशाभन्दा अघिका अगमवक्‍ता एलियाले एउटी विधवाको छोरोलाई पुनर्जीवन दिएको कुरा सुनेकीले हो कि? (१ राजा १७:१७-२३) अथवा एलीशाले आफ्नो सानो छोरालाई त्यसैगरि बिउँताउन सक्छन्‌ भन्‍ने विश्‍वास गरेकीले हो? कुरा जेसुकै होस्‌, एलीशा आफूसँगै आउन नमानेसम्म तिनी घर फर्कन मानिनन्‌।

शुनैम फर्केपछि, आफू अक्सर बस्ने गरेको कोठामा एलीशा एक्लै छिरे र मरिसकेको त्यो बालकलाई आफ्नो “ओछ्यानमा” देखे। (पद ३२) यी अगमवक्‍ताले अत्यन्तै व्यग्रतासाथ यहोवालाई अन्तरबिन्ती चढाए। अनि एलीशा ती बालकको शरीरमाथि लमतन्‍न पस्रिंदा त्यो “बालकको शरीर तातो हुँदै आयो।” धड्‌किन छोडेको मुटुले फेरि काम गर्न थाल्यो! एलीशाले त्यस बालककी आमालाई बोलाउन पठाए र “तिम्रो बालकलाई लैजाऊ” भनेको सुन्दा तिनको वेदना अपार खुसीमा परिणत भएको हुनुपर्छ।—पद ३४, ३७.

शुनैमी स्त्रीको छोरालाई मरेको अवस्थाबाट बिउँताइएको विवरणले हामीलाई आशा र सान्त्वना दिन्छ। आफ्नो बच्चाको मृत्यु भएका आमाबाबुको दुःख यहोवा बुझ्नुहुन्छ। त्यति मात्र होइन, त्यस्तो पीडा हटाउन उहाँ तीव्र इच्छा गर्नुहुन्छ। (अय्यूब १४:१४, १५) बाइबलको समयमा एलीशा र अरूले गरेको पुनरुत्थान, आउँदै गरेको धार्मिक नयाँ संसारमा यहोवाले अझ व्यापक तवरमा गर्नुहुने कुराको नमुना मात्र हो। a

मृत्युको कारण प्रियजन गुमाउँदाको पीडा पुनरुत्थानसम्बन्धी बाइबलको प्रतिज्ञाले हटाउँदैन। आफ्नो एक्लो सन्तान गुमाएका विश्‍वासी ख्रीष्टियान यसो भन्छन्‌: “आफ्नो छोरालाई फेरि अँगालोमा बाँध्न नपाएसम्म मेरो पीडा पूर्णरूपमा हट्‌नेछैन।” आफ्ना मरिसकेका प्रियजनसित फेरि भेट्‌न पाउँदा कस्तो हुनेछ, कल्पना गर्नुहोस्‌ त! तिनीहरूलाई फेरि अँगालोमा बाँध्न पाइनेछ भनेर सोच्दा मात्र पनि तपाईंको पीडा कम हुन सक्छ। यस्तो अनमोल आशा प्रदान गर्ने परमेश्‍वरबारे अझ धेरै बुझौं जस्तो के तपाईंलाई लाग्दैन र? ( w10 -E 08/01)

[फुटनोट]

a पुनरुत्थानसम्बन्धी बाइबलको प्रतिज्ञाबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने