प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ८७ p. २०४-p. २०५ par. २
  • अन्तिम भोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्तिम भोज
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूका बिदाइ शब्दहरूलाई ध्यान दिंदै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • प्रभुको साँझको भोज
    येसु—बाटो, सत्य र जीवन
  • माथिल्लो तलाको कोठामा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “मेरो सम्झनामा यो गर्ने गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ८७ p. २०४-p. २०५ par. २
येसु आफ्ना ११ जना वफादार प्रेषितहरूसित मिलेर प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ

पाठ ८७

अन्तिम भोज

यहुदीहरूले हरेक वर्ष नीसान महिनाको १४ औँ दिनमा निस्तार चाड मनाउने गर्थे। यस चाडले यहोवाले तिनीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभएर प्रतिज्ञा गरिएको देशमा ल्याउनुभएको घटना सम्झाउँथ्यो। इस्वी संवत्‌ ३३ मा येसु र उहाँका प्रेषितहरूले यरुसलेममा एउटा घरको माथिल्लो तलाको कोठामा निस्तार चाड मनाउनुभयो। खाना खाइसकेपछि येसुले भन्‍नुभयो: ‘तिमीहरूमध्ये एक जनाले मलाई धोका दिन लागेका छौ।’ यो सुनेर प्रेषितहरू छक्क परे र ‘कसले?’ भनेर सोधे। येसुले भन्‍नुभयो: ‘यो रोटी म जसलाई दिन्छु, उसैले।’ त्यसपछि उहाँले यहुदा इस्करियोतलाई रोटीको टुक्रा दिनुभयो। यहुदा जुरुक्क उठेर बाहिर गए।

त्यसपछि येसुले प्रार्थना गर्नुभयो, रोटी भाँच्नुभयो र त्यहाँ भएका बाँकी प्रेषितहरूलाई दिनुभयो। उहाँले भन्‍नुभयो: ‘यो रोटी खाओ। यसले मैले तिमीहरूका लागि दिन लागेको मेरो शरीरलाई जनाउँछ।’ त्यसपछि उहाँले दाखमद्य लिएर प्रार्थना गर्नुभयो र त्यो प्रेषितहरूलाई दिनुभयो। उहाँले भन्‍नुभयो: ‘यो दाखमद्य पिओ। यसले मेरो रगतलाई जनाउँछ, जुन धेरैको पापको क्षमा होस्‌ भनेर म चढाउनेछु। म वाचा गर्छु, तिमीहरूले मसितै स्वर्गमा शासन गर्नेछौ। हरेक वर्ष मेरो सम्झनामा यो गर्ने गर।’ येसुका चेलाहरू अहिले पनि हरेक वर्ष त्यही साँझ यो चाड मनाउँछन्‌। यस चाडलाई प्रभुको साँझको भोज भनिन्छ।

खाना खाइसकेपछि प्रेषितहरू तिनीहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर झगडा गर्न थाले। तर येसुले तिनीहरूलाई भन्‍नुभयो: ‘तिमीहरूमध्ये जसले आफूलाई सबैभन्दा सानो सम्झन्छ, ऊ नै सबैभन्दा ठूलो हो।’

‘तिमीहरू मेरा मित्रहरू हौ। मैले आफ्नो बुबाबाट जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई बताएको छु। म अब चाँडै स्वर्ग जाँदै छु। तर तिमीहरू भने यहीँ हुनेछौ। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌। मैले तिमीहरूलाई प्रेम गरेझैँ तिमीहरूले पनि आपसमा प्रेम गर।’

अन्तमा येसुले यहोवा परमेश्‍वरलाई आफ्ना चेलाहरूको रक्षा गरिदिनुहोस्‌ भनेर प्रार्थना गर्नुभयो। तिनीहरूले सँगै मिलेर काम गर्न सकून्‌ भनेर बिन्ती गर्नुभयो। यहोवा परमेश्‍वरको नाम पवित्र पारियोस्‌ भनेर पनि प्रार्थना गर्नुभयो। त्यसपछि येसु र उहाँका प्रेषितहरूले यहोवा परमेश्‍वरको स्तुतिगान गाउनुभयो र त्यहाँबाट जानुभयो। येसु पक्राउ पर्ने समय हुनै लागेको थियो।

“हे सानो बगाल, नडराओ किनकि तिमीहरूका बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।”—लुका १२:३२

प्रश्‍नहरू: येसुले आफ्ना प्रेषितहरूसित कस्तो वाचा गर्नुभयो? आफ्ना प्रेषितहरूसितको अन्तिम भोजमा येसुले तिनीहरूलाई कस्ता महत्त्वपूर्ण पाठहरू सिकाउनुभयो?

मत्ति २६:२०-३०; लुका २२:१४-२६; युहन्‍ना १३:१, २, २६, ३०, ३४, ३५; १५:१२-१९; १७:३-२६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने