प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. १४ पृ. १७
  • मुख्य बुँदालाई जोड दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मुख्य बुँदालाई जोड दिने
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • मुख्य बुँदालाई जोड दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • रूपरेखा बनाउने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मूल-विषय विस्तार गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मुख्य बुँदाहरूबारे फेरि सोच्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. १४ पृ. १७

बुँदा १४

मुख्य बुँदालाई जोड दिने

उल्लिखित शास्त्रपद

हिब्रू ८:१

सारांश: श्रोतालाई तपाईँको भाषणसँगै अघि बढ्‌न मदत गर्नुहोस्‌। प्रत्येक मुख्य बुँदा भाषणको उद्देश्‍य र मूल विषयसित कसरी सम्बन्धित छ भनेर प्रस्ट पार्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • उद्देश्‍य तय गर्नुहोस्‌। तपाईँको भाषणको उद्देश्‍य श्रोतालाई जानकारी दिनु हो कि विश्‍वस्त तुल्याउनु हो वा कुनै कदम चाल्न उत्प्रेरित गर्नु हो, पक्का गर्नुहोस्‌। अनि त्यसैअनुसार भाषण तयार गर्नुहोस्‌। प्रत्येक मुख्य बुँदाले भाषणको उद्देश्‍य पूरा गर्न मदत गर्छ कि गर्दैन, पक्का गर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    आफैलाई सोध्नुहोस्‌: ‘यस विषयबारे मेरा श्रोताले एकपछि अर्को गर्दै कस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌ वा कस्ता असहमतिहरू जनाउन सक्छन्‌?’ अनि त्यसैअनुसार बुँदाहरू विस्तार गर्नुहोस्‌। यसो गर्दा श्रोता पनि भाषणसँगै अघि बढ्‌नेछन्‌, तपाईँले प्रस्तुत गर्नुभएको कुरा बुझ्नेछन्‌ र त्यसलाई स्विकार्नेछन्‌।

  • भाषणको मूल विषयलाई जोड दिनुहोस्‌। भाषणको अवधिभरि त्यसको मूल विषयतिर ध्यानाकर्षण गर्नुहोस्‌। मुख्य शब्दहरू दोहोऱ्‍याएर वा पर्यायवाची शब्दहरू चलाएर त्यसो गर्न सक्नुहुन्छ।

  • मुख्य बुँदाहरू सरल र स्पष्ट तरिकामा बताउनुहोस्‌। मूल विषयसित सम्बन्धित अनि तोकिएको समयभित्र राम्ररी व्याख्या गर्न सकिने मुख्य बुँदाहरू मात्रै भाषणमा राख्नुहोस्‌। धेरै वटा मुख्य बुँदा समावेश नगर्नुहोस्‌। प्रत्येक मुख्य बुँदा स्पष्टसित उल्लेख गर्नुहोस्‌। एउटा मुख्य बुँदा बताएपछि एकछिन रोकिनुहोस्‌ अनि सर्र बग्ने तरिकामा एउटा बुँदाबाट अर्को बुँदामा जानुहोस्‌।

    व्यावहारिक सुझाव

    श्रोतालाई भाषणसँगै अघि बढ्‌न सजिलो होस्‌ भनेर भाषणको परिचयमा मुख्य बुँदाहरू उल्लेख गर्न सक्नुहुन्छ अथवा सम्झन सजिलो होस्‌ भनेर भाषणको समापनमा दोहोऱ्‍याउन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने