प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अक्टोबर p. ३२
  • मुख्य बुँदाहरूबारे फेरि सोच्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मुख्य बुँदाहरूबारे फेरि सोच्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • मुख्य बुँदालाई जोड दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मुख्य बुँदालाई जोड दिने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • रूपरेखा बनाउने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अक्टोबर p. ३२

अध्ययनका लागि सुझाव

मुख्य बुँदाहरूबारे फेरि सोच्नुहोस्‌

के तपाईँलाई भर्खरै पढेको कुरा सम्झन गाह्रो भएको छ? हामी सबैले बेलाबेलामा त्यस्तै अनुभव गरेका छौँ। त्यसोभए हामी के गर्न सक्छौँ? सिकेका मुख्य बुँदाहरूबारे फेरि सोच्न सक्छौँ।

अध्ययन गर्दै गर्दा सबैभन्दा महत्त्वपूर्ण बुँदा सम्झन बेलाबेलामा रोकिनुहोस्‌। प्रेषित पावलले तिनको पत्र पढ्‌ने भाइबहिनीलाई त्यसै गर्न प्रोत्साहन दिए। तिनले यसो भने: “हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो।” (हिब्रू ८:१) यसरी तिनले भाइबहिनीलाई मुख्य कुरा के हो र तिनले भनेका कुराहरू आपसमा कसरी सम्बन्धित छन्‌ भनेर बुझ्न मदत गरे।

तपाईँ अध्ययनको अन्तमा सिकेका मुख्य बुँदाहरूबारे सोच्न १० मिनेटजति समय छुट्ट्याउन सक्नुहुन्छ। यदि तपाईँले ती कुराहरू सम्झन सक्नुभएन भने उपशीर्षकहरू वा प्रत्येक अनुच्छेदको पहिलो वाक्य फेरि पढ्‌नुहोस्‌। अध्ययनको क्रममा कुनै नयाँ कुरा सिक्नुभयो भने त्यसलाई आफ्नै शब्दमा व्याख्या गर्ने कोसिस गर्नुहोस्‌। मुख्य बुँदाहरूबारे फेरि सोच्दा त्यो कुरा तपाईँको दिमागमा ठप्प बस्नेछ। साथै ती कुराहरू आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर अझ राम्ररी बुझ्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने