प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study २० p. २३
  • प्रभावकारी समापन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभावकारी समापन
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावकारी समापन
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मनसम्म पुग्ने प्रयास
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study २० p. २३

बुँदा २०

प्रभावकारी समापन

उल्लिखित शास्त्रपद

उपदेशक १२:१३, १४

सारांश: सिकेको कुरा स्विकार्न र लागू गर्न प्रस्तुतिको अन्तमा श्रोतालाई उत्प्रेरित गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • सम्पूर्ण विषयलाई ढाक्ने किसिमको समापन बनाउनुहोस्‌। मुख्य बुँदाहरू र मूल विषयलाई दोहोऱ्‍याउनुहोस्‌ वा आफ्नै शब्दमा व्यक्‍त गर्नुहोस्‌।

  • श्रोतालाई कदम चाल्न उत्प्रेरित गर्नुहोस्‌। श्रोताले के गर्नुपर्छ र किन त्यसो गर्नुपर्छ, चित्तबुझ्दो तरिकाले बताउनुहोस्‌। विश्‍वस्त हुँदै मनैदेखि बोल्नुहोस्‌।

  • समापन सरल र ठिक्कको बनाउनुहोस्‌। नयाँ बुँदा नबताउनुहोस्‌। थोरैभन्दा थोरै शब्द चलाएर श्रोतालाई कदम चाल्न अन्तमा फेरि प्रोत्साहन दिनुहोस्‌।

    व्यावहारिक सुझाव

    हतारमा नटुङ्‌ग्याउनुहोस्‌ अनि स्वर पनि मधुरो नबनाउनुहोस्‌। अन्तको दुई-चार वाक्य समापन गरेको सङ्‌केत दिने किसिमले प्रस्तुत गर्नुहोस्‌।

प्रचारकार्यमा

छलफल टुङ्‌ग्याउनुअघि विद्यार्थीले मनमा राख्नुपर्ने मुख्य बुँदा दोहोऱ्‍याउनुहोस्‌। घरधनीले कुराकानी अचानक टुङ्‌ग्याए भने सकारात्मक तरिकामा कुराकानी अन्त गर्नुहोस्‌। तिनले रुखो व्यवहार गरे तापनि तपाईँले सकारात्मक प्रतिक्रिया देखाउनुभयो भने अर्को पटक तिनी हाम्रो कुरा सुन्‍न राजी हुन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने