नैतिक शुद्धता यौवनको सुन्दरता हो
“ए जवान मानिस्, आफ्नो युवावस्थामा सुखी होउ,. . .तेरो मन र आँखाले तँलाई बाटो देखाउन्। तर यो कुरा याद राख, कि यी सबै कुराको परमेश्वरले लेखा लिनुहुन्छ।”—उपदेशक ११:९
१, २. (क) जवानमानिसहरूको निम्ति यहोवा के चाहनु हुन्छ? (ख) आफ्ना आँखा र मनले रूचाएका सबै कुराको पछि लाग्नु किन मूर्खता हो?
यौवन, जोश र कोमलता, वसन्त ऋतुका दिनहरू जस्ता हुन्। तिनका अल्पकालीनता बारे असन्तुष्टता प्रकट गर्नुको सट्टा. . .आनन्द उठाउने कोशिश गर्नुहोस्।” यी शब्दहरू, १९सौं शताब्दीका एक जना जर्मन कविका हुन्। तपाईं जवानहरूका निम्ति लेखिएका ती उपदेशपूर्ण शब्दहरूमा हजारौं वर्ष अघि बाइबलको उपदेशक नामक पुस्तकमा उल्लेखित यो सन्देश दाहोर्याएको देखिन्छ्: “ए जवान मानिस, आफ्नो युवावस्थामा सुखी होउ। तेरो बैंस छउञ्जेल सुख चैन गर्। तेरो मन र आँखाले तँलाई बाटो देखाउन्।” (उपदेशक ११:९को प्रथम भाग) हो, सबै जवान अभिलाषाहरू प्रति यहोवाले नकारात्मक् विचार अपन्याउनु भएको छैन। तपाईंले आफ्नो यौवनको बल र जोशबाट पूर्णतया आनन्द उठाउनु भएको उहाँ चाहनु हुन्छ।—हितोपदेश २०:२९
२ तर के यस्को अर्थ, आफ्नो आँखा र मनले रूचाएको जुन-सुकै कुराको पिछा तपाईं गर्नु सक्नुहुन्छ भनेको हो? पटक्कै होइन! (गन्ती १५:३९; १ यूहन्ना २:१६) शास्त्रमा त्यहाँ एसो पनि भनिएको छ: “तर यो कुरा याद राख, कि यी सबै कुराको [आफ्नो अभिलाषाहरूको पूर्तिको निम्ति गर्नु भएको कुराहरू] परमेश्वरले लेखा लिनुहुन्छ।” (उपदेशक ११:९ को दोश्रो भाग) हो, तपाईं आफ्ना कार्यहरूको परिणाम न भोगिकन उम्कनु सक्नुहुन्न; पाकोहरू जस्तै, जवानहरू पनि, यहोवाका न्यायको अधीनमा छन्।—रोमी १४:१२
३, ४. (क) नैतिक शुद्धताको उच्च स्तर किन कायम राख्ने? (ख) परमेश्वरको सामुन्ने आफ्नो शुद्धता गुमाइदिने दबाब के हो र यस बारे के प्रश्नहरू उठछन्?
३ यहोवाको निगाह प्राप्त गर्नाले भविष्यमा मात्र अनन्त जीवन पाउने होइन, आज पनि परमेश्वर सँग घनिष्ठ सम्बन्ध अनुभव गर्नसक्नेछौं। तर यसका लागि, तपाईंले उच्च नैतिक शुद्धता कायम राख्नु पर्छ। भजन संग्रह २४ को ३ देखिन् ५ सम्म यसप्रकार लेखिएको छ: “परमप्रभुको [यहोवा, दी न्यु वर्ल्ड ट्रान्सलेशनमा] डाँड़ामा को उक्लनपाउला? र उहाँको पवित्र स्थानमा को उभिनपाउला? त्यहीनै, जसको हात निष्कलङ्क, र जसको हृदय शुद्ध छ। जसले आफ्नो मनलाई व्यर्थका कुरातिर लगाएको छैन, र छल-छाम सँग किरिया हालेको छैन। त्यसलेनै परमप्रभुबाट [ यहोवा, दी न्यु वर्ल्ड ट्रान्सलेशन ] आशीर्वाद पाउनेछ, र आफूलाई उद्धार गर्नुहुने परमेश्वरबाट त्यसले धार्मिकता प्राप्त गर्नेछ।” आफ्नो नैतिक शुद्धताले गर्दा, तपाईं यहोवाको नजरमा साँच्चै नै सुन्दर हुनुहुनेछ।
४ तर परमेश्वरको सामुन्ने तपाईंको शुद्धतालाई खोस्न तपाईंमाथि निरन्तर दबाव आइलागिरहनेछ। यी अन्तिम दिनहरू जसै समाप्ति तर्फ बढदैजान्छ, अनैतिक व्यवहार र अशुद्ध प्रभावहरूको महामारी फैलिनेछ। (२ तिमोथी ३:१-५) नैतिक शुद्धता कायम राख्न, जवानहरूको निम्ति पहिला कहिले पनि यति ठूलो चुनौती थिएन। के तपाईं सफलतापुर्वक यो चुनौतीको सामना गर्नु हुदैछ? के तपाईं लगातार यसो गरीनै रहनुहुनेछ?
तपाईंले सामना गर्नु परेको चुनौती
५. के अशुद्ध प्रभावहरूले गर्दा, परमेश्वरको सामुन्ने शुद्ध भएर बस्न गाह्रो पर्दछ?
५ मनोरञ्जनको संसारबाट, भद्रतालाई तुच्छ ठान्ने र हर प्रकारका अनैतिकतालाई बढ़ावा दिने कुराहरूको थुप्रो, जवान मानिसहरू माथि आइरहेकोछ। उदाहरणको लागि, त्रास र हिंसापूर्ण केही चल-चित्रहरूको क्रमअनुसार विमोचन हुँदा, एउटाको विषयमा एकजना चल-चित्र आलोचकले एसो भनेर लेख्नु भयो: “लिङ्ग-भेद-आवेग, हत्या-आवेग र कामुकता-आवेग पालै पालो वृहत रूपमा प्रदर्शन गर्नु, यो चल-चित्रको कार्यचक्र हो। यसलाई हेर्न पनि मानिसहरूको भीड़ लाग्यो भने, चल-चित्र रूचिको स्तरमा एउटा अर्को ठूलो अवनतिभएको स्मारक खड़ा हुनेछ।” यस प्रकारका चल-चित्र बाहेक, लिङ्ग-भेद सम्बन्धी गीतहरू र अवैध मैथुनिक कार्यहरूलाई बढ़ावा दिने टेलिभिजनका कार्यक्रमहरू पनि छन्। के तपाईं, एका तिर आफूलाई यस प्रकारका नीच “उपद्रवहरूमा” खस्नु दिंदै, अर्को तिर परमेश्वरको सामुन्ने आफ्नो शुद्धता कायम राख्न सक्नुहुन्छ र? (१ पत्रुस ४:४) यस विषयमा हितोपदेशले यसो भन्दछ: “आफ्नो लुगा नडढ़ाइकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्नसक्छ?”—हितोपदेश ६:२७
६. आफ्ना साथी-सङ्गीहरूबाट जवानमानिसहरूले के कस्ता दबावका सामना गर्छन्?
६ परमेश्वरको सामुन्ने आफ्नो शुद्धता गुमाउने दबाव, एउटा अर्को स्रोत बाट पनि आँउदछ। त्यो स्रोत हो आफ्ना साथी सँगीहरू। एक जना १७ वर्षे सांसारिक युवतीले एसो भन्दै विलौना गरी: “मैले प्रथम पटक सम्भोग सबै गलत कारणहरूको निम्ति गरें : एक ता मेरो युवक साथीले जिद्दी गरेको हुनाकारण र अर्को चाँहि, सबैले यही गरीरहेका छन् भनि सम्झेर।” कोही पनि कसैको गिल्लाको पात्र हुनु चाँहंदैन। सबैको सामुन्ने लोक-प्रिय हुनु स्वभाविक हो। तर, तपाईं बाइबलको नैतिक सिद्धान्तको निम्ति दृड़ रहनु भयो भने, अरू युवकहरूले तपाईंको खिसी गर्लान्। त्यतिबेला, साथी सँगीहरूको आँखामा स्वीकृत र सबै सँग मिलनसार हुने इच्छाको दबावमा परेर तपाईंले जानी-जानीकन पनि गलत काम गर्न सक्नु हुनेछ।—हितोपदेश १३:२०
७. विशेषगरि जवानमानिसहरूको निम्ति, अशुद्ध प्रभावहरू सँग सङ्घर्ष गर्न किन गाह्रो हुन्छ, तर यहोवाको सङ्गठनका लाखौ जवानमानिसहरूले स्वयम्लाई के साबित गरेका छन्?
७ विशेषगरी, “जवानीमा” यी प्रभावहरू सँग सङ्घर्ष गर्न गाह्रो हुनु सक्छ, किनभने आफ्नो यौन सम्बन्धी इच्छाहरू त्यति बेला प्रबल हुन्छन्। (१ कोरिन्थी ७:३६, न्यु वर्ल्ड ट्रान्सलेशन) यसै कारण, अनुसन्धानगर्ने एउटा सङ्गठन यो निष्कर्षमा आइपुगे: “१९ वर्षको उमेर सम्म, विवाह गर्नुं भन्दा अघि, सम्भोग नगरीकन बसेको कोही छ भने, त्यो असाधारण व्यक्ति हो।” तर यहोवाको सङ्गठनका तपाईं हजारौं जवानहरूले आफूलाई असाधारण साबित गर्नुभएको छ। तपाईंहरूले चुनौतीको दृढ़तापूर्वक सामना गर्नुहुँदैछ र नैतिक शुद्धता कायम राख्नुभएको छ।
८. कुनै कुनै मसीही जवानमानिसहरूले आफूलाई संसारका अनैतिक विचार-धारा बाट प्रभावित हुन किन दिएकाछन् र यसको के परिणाम भएको छ?
८ तर अफसोस, कुनै कुनै मसिही युवक-युवतीहरूले आफूलाई संसारका अनैतिक विचारहरू बाट प्रभावित हुनदिएका छन्। एका तिर, तिनीहरू असल कुरालाई प्रेम गर्ने दावा गर्छन् भने, अर्को तिर खराबीलाई घृणा गर्दैनन्, अर्थात यथेष्ट घृणा गर्दैनन्। (भजन ९७:१०) कोही कोही बेला ता तिनीहरूले खराबीलाई प्रेम गरेको जस्तै पनि देखिन्छ। यस्ताहरूको विषयमा, भजन संग्रह ५२:३ ले यसो भन्दछ: “असल भन्दा खराब, र धर्मका कुरा भन्दा ढाँटनु तँलाई मनपर्छ।” यिनीहरू मध्य कसै कसैले ता नैतिकता, मनोरञ्जन र युवक-युवतीको भेट घाट बारे यहोवाको सङ्गठन बाट आएका निर्देशनहरूलाई सम्पूर्णतया अस्वीकार गर्छन्। फलस्वरूप, तिनीहरूले दुवै आफ्नो र आफ्ना आमा बाबुको अपमान गर्छन् र परमेश्वरको सामुन्ने आफ्नो सुन्दरता पनि गुमाउछन्।—२ पत्रुस २:२१,२२
चुनौतीको सामना गर्ने मदद्
९. नैतिक शुद्धता कायम राख्ने चुनौतिको साम्ना गर्न के आवश्यक छ?
९ नैतिक शुद्धता कायम राख्ने चुनौतीको सामना तपाईं कसरी गर्न सक्नुहुन्छ? भजन संग्रहको लेखकले पनि यही प्रश्न यहाँ सोध्नुभएको छ: “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्ला?” यस पछि, उहाँले यो जवाब दिनुभएको छ: “तपाईंको वचनमा ध्यान दिएरनै हो।” (भजन संग्रह ११९:९) हो, तपाईंलाई परमेश्वरको वचन बाट मार्ग-निर्देशन चाहिन्छ। र हाम्रा मायालु पिताले, तपाईंलाई संसारका अशुद्ध प्रभावहरू सँग सङ्घर्ष गर्ने मदद दिनको निम्ति, उहाँको सङ्गठन द्वारा आवश्यक मार्ग-निर्देशनहरू पाउने प्रबन्ध मिलाइदिनुभएको छ।
१०, ११. (क) जवानमानिसहरूलाई नैतिक शुद्धता कायम राख्ने सहायता दिनको निम्ति कुन कुन पुस्तक तयार गरिएका छन्? (ख) “जवानमानिसहरूको सोधनी. . .” नामक पुस्तक द्वारा केही जवानमानिसहरूले कसरी सहायता पाएका छन्? (ग) “जवानमानिसहरूको सोधनी. . .” बाट तपाईंले ब्यक्तिगत् रूपमा के मदद पाउनु भएको छ?
१० बितेका सालहरूमा, जवान व्यक्तिहरूलाई विशेष ध्यान दिंदै, अनेक पुस्तकहरू तयार गरिएकोछ। उदाहरणकालागि, अंग्रेजीमा योर युथ—गेटिंग दी बेस्ट आउट अफ इट। र १९८२ देखिन्, अवेक! पत्रिकामा प्रकाशित् “जवान मानिसहरूका सोधनी. . .” नामक श्रृङ्खलाद्वारा, यौन सम्बन्धी हीन नक्साहरू, प्रेम कहानीका उपन्यसाहरू र विवाह अघि, युवक युवतीहरूको उचित व्यवहार बारे निकै लाभदायक उपदेश प्रस्तुत गरियेकोछ। के यस प्रकारका सल्लाहले जवान मानिसहरूलाई वास्तवमा सहायता दिएकोछ र? यसको उत्तरमा एउटा उदाहरण पढ़नु होस्। माथि उल्लेखित् श्रृङ्खलामा हस्त-मैथुन बारे अनेक लेखहरू प्रकाशित् गरिएको थियो। यी लेखहरूद्वारा, हस्त-मैथुन गर्ने बानीले यौन सम्बन्धी “उद्वेग” जागृत गराउदछ र मानिस सजीलै सँग मैथुनिक अनैतिकताको शिकार हुनसक्ने कुराको छलफल गरिएको थियो।a (कलस्सी ३:५) यो बानी सँग कसरी सङ्घर्ष गर्ने र फेरि बानी फर्केर आएको खण्डमा कसो गर्ने बारे ब्यावहारिक सुझावहरू प्रस्तुत गरिएको थियो। यी लेखहरू पढ़ेर केही जवान मानिसहरूले एसो भनेर लेखि पठाए: “१२ वर्षको उमेर देखिन् मँलाई हस्त मैथुनको बानीलागेको थियो र अहिले, १९ वर्षको उमेरमा, यो बानी बाट विस्तारै छुटकारा पाउदैछु। यसको लागि, तपाईंका लेखहरू जिम्मेवार छन्। धन्यबाद।” “तपाईंको लेखहरूमा दिइएको सल्लाह स्वीकारे पछि, मेरो मनोस्थितिमा निकै उन्नति भएकोछ। आफूलाई, पहिला भन्दा धेरै नै शुद्ध महसूस गर्दछु।”
११ यस प्रकारका उपदेश पढ़न र अध्ययन गर्नकालागि समय चाहिन्छ। तर, यसले तपाईंलाई नैतिक शुद्धता कायम राख्ने सहायता दिन सक्छ। के तपाईं यस प्रकारका प्रकाशनहरू बाट लाभ उठाउनु हुँदैछ? “जवान मानिसहरूको सोधनी . . . विवाह अघि मैथुनिक सम्बन्ध—किन निषेध?”b भन्ने लेख प्रति एक जना, भर्खरै बाइबल अध्ययन गर्न शुरू गरेकी युवतीले यो प्रतिक्रिया व्यक्त गरी: “विवाह भन्दा अघिको सम्भोगले गर्दा मनमा के कस्ता नराम्रा, दोषीपना र डाहको भावना उठ्दछ, मलाई थाहा छ। र मँ त्यस्को लागि खेद प्रकट गर्दछु। प्रत्येक दिन मँ यहोवालाई उहाँको स्वीकृति र क्षमाको लागि धन्यबाद चढ़ाउदछु। तपाईंका लेखले अरूहरूलाई पनि, तिनीहरूले मैले गरे जस्तै गर्नु भन्दा अघि नै, सहायता दिनेछ भनेर आशा गर्दछु। मँ अहिले राम्रो सँग बुझ्दछु, यहोवाले किन हामीलाई, “व्यभिचार बाट अलग बस” भन्नु भएको रहेछ।—१ थिस्सलोनिकी ४:३
१२. यहोवालाई खुशी पार्ने सहायता हामीलाई के ले दिनेछ?
१२ अब हामी त्यो कुरामा जानेछौं जसले तपाईंलाई चुनौतीको सफलतापूर्वक सामना गर्ने सहायता दिनेछ र त्यो यो हो: यहोवा ब्रह्माण्डको सर्वसत्ताधारी हुनुहुन्छ र उहाँका आज्ञाहरू पालन गर्नु पर्छ भन्ने कुरालाई मान्यता दिनुपर्छ। (प्रकाश ४:११) तर उहाँ हाम्रा असल रूचाउनुहुने, मायालु, स्वर्गीय पिता पनि हुनुहुन्छ। (हितोपदेश २:२०-२२; यशैया ४८:१७) उहाँका कानूनहरू हामीलाई विनाकारण बन्देजमा पार्नुका निम्ति होइनन्, हाम्रा सुरक्षाका लागि हुन्। बुद्धिमान मानिसले तिनीहरूको पालन गर्नेछ। (व्यवस्थाविवरण ४:५,६) नैतिक शुद्धतामा यहोवाले किन जोर गर्नुहुन्छ भन्ने कुरा बुझ्न सक्यौं भने, नैतिक शुद्धताको असली सुन्दरता देख्ने मदद पाउनेछौं र यहोवालाई खुशी तुल्याउने इच्छा हृदयमा जागेर आउनेछ।—भजन संग्रह ११२:१
१३. व्यभिचार निषेध गर्ने, यहोवाको कानून, हाम्रै सर्वोत्तम भलाइका लागि हो भनेर, तपाईं कसरी व्याखा दिन सक्नुहुन्छ?
१३ अब एक छिन यस कुरा तर्फ ध्यान दिनुहोस्: परमेश्वरले यौन सम्बन्धी व्यवहारलाई विवाहित व्यक्तिहरूमा सीमित पारिदिनु भएकोछ र उहाँले व्यभिचारलाई सर्वथा निषेध गर्नुभएको छ। (हिब्रु १३:४) भन्नु होस, के यो आज्ञाको पालन गर्दा, तपाईं कुनै असल कुरा बाट वञ्चित हुनुहुन्छ? के एउटा मायालु पिताले तपाईंको जीवनको आनन्द खोस्नको निम्ति कुनै नियम बनाउनुहुनथियो होला र? अवश्य होइन! हेर्नुहोस, परमेश्वरको नैतिक कानून अवहेलना गर्ने तपाईंका साथीहरूको जीवनमा के भइरहेछ। आफूले न चाहेका गर्भावस्थाले गर्दा अकसर, गर्भपात अथवा असामयिक विवाह गर्न बाध्य हुने परेको छ। र कोही बेला, पति बिना बच्चा हुर्काउनु पनि पर्ला। साथै, व्यभिचार गर्ने जवान मानिसहरूले आफ्नै “शरीरको विरूद्ध पाप” गर्छन् किनभने तिनीहरूले स्वयम्लाई यौन सम्बन्धी रोगहरूको खतरामा पार्दछन्। (१ कोरिन्थी ६:१८) र यहोवालाई जीवन समर्पण गरेको जवान मानिसले व्यभिचार गर्दा, उनको भावनाहरूमा ठूलो गड़बड़ उत्पन्न हुनुसक्दछ। एउटा दोषी अन्त:करणलाई शान्त पार्न सजिलो हुँदैन। अनिदोपना र थकानको अनुभव हुनुसक्छ। (भजन संग्रह ३२:३, ४; ५१:३) व्यभिचार निषेध गर्ने यहोवाको कानून् तपाईंकै सुरक्षाको निम्ति रहेछ भन्ने कुरा के स्पष्ट छैन र? नैतिक शुद्धता कायम राख्नु वास्तवमा लाभदायक हो!
१४. बीस वर्ष नपुग्दै विवाह गर्न एउटा सुरक्षा हो भन्ने दावागर्नेहरूले १ कोरिन्थी ७:९ र ७:३६ मा उल्लेखित पावलका शब्दहरूलाई कुन दृष्टिले हेर्नु पर्छ? व्याख्या गर्नुहोस्।
१४ हो, नैतिकता बारे परमेश्वरका कड़ा नियमहरू पालन गर्न सजिलो छैन। यसले गर्दा, २० वर्ष नपुग्दै विवाह गर्नमा आफ्नो सुरक्षा छ भनि कुनै-कुनै जवान मानिसहरूले ठानेका छन्। तिनीहरू एसो भन्दै तर्क गछर्न्: ‘आखिरी १ कोरिन्थी ७:९ ले पनि एसो भनेको छ: “ती आफूलाई वशमा राख्न सक्तैनन् भने ता तिनीहरूले विवाह गरून्, किनभने कामाग्निले जल्नु भन्दा विवाह गर्नु असल हो।” ’ तर जवान मानिसहरूको यो तर्क अदूरदर्शी हो। किनभने पावलका ती शब्दहरू २० वर्ष नपुगेकाहरूका लागि होइन। उहाँले त्यहाँ “बैंस पुगेकाहरूलाई” सम्बोधन गर्नु हुँदैछ। (१ कोरिन्थी ७:३६, दी न्यु वर्ल्ड ट्रान्सलेशन) बैंस नपुगेका धेरै जसोले, विवाहपश्चात् आई पर्ने जिम्मेवारी र भारहरू उठाउनको निम्ति यथेष्ट भावनात्मक र अध्यात्मिक वृद्धि गरीसकेका हुँदैनन्। जर्नल अफ म्यारेज एण्ड दी फ्यामिलीमा यो रिर्पोट दिइएको छ: “जीवनमा चाडैं विवाह गर्नेहरूले कम मात्रामा दाम्पत्य सन्तोष अनुभव गर्छन् किनभने आ-आफ्नो दाम्पत्य कर्त्तव्य निभाउनका लागि तिनीहरूले पुग्दो तयारी गरेका हुँदैनन्। र दाम्पत्य कर्त्तव्यहरू राम्रो सँग निभाउन नसक्दा, दाम्पत्य अस्थिरता उत्पन्न हुन्छ।” यस कारण, युवावस्थामै विवाह गर्नु, कुनै समाधान होइन। तर, सफल विवाहित जीवनकालागि आवश्यक सबै गुणहरूको वृद्धि नगरूञ्जेल्, एकलो जीवनमा शुद्धता कायम राख्नु खाँचो छ।
आफूलाई शुद्ध राख्नुहोस्!
१५. नैतिक शुद्धता कायम राख्नका निम्ति के कड़ा कदमहरू चाल्नु पर्छ?
१५ प्रेरित पावलले यसरी लेख्नुभयो: “पृथ्वीमा भएको तिमीहरूका अङ्गहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा. . .।” हो, कड़ा कदम चाल्न खाँचो छ; नैतिक शुद्धता कायम राख्न तपाईंले दृड़ फैसला गर्नु पर्छ। “वशमा पार” भन्ने शब्द बारे टिप्पणी गर्दै, दी एक्सपोजिटर्स बाइबल कमेन्ट्रीले एसो भन्दछ: “यसको अर्थ हामीले खराब विचारहरू र कुकर्महरूलाई दबाउनु अथवा वशमा मात्र ल्याउन पर्छ भनेको होइन। हामीहरूले त्यो पुरानो जीवन शैलीलाई सम्पूर्णतया मेटिदिनु पर्छ, जरा समेत उखेल्नुपर्छ। ‘सत्यानाश पार्नु’ भने पनि हुन्छ। दुवै क्रिया र त्यस्को कालवाचकको ताकत बाट एउटा जोरदार, कष्टजनक व्यक्तिगत फैसलाको आवश्यकता देखिन्छ।”—मत्ती ५:२७-३० सँग तुलना गर्नुहोस।
१६. नैतिक शुद्धता कायम राख्नकालागि मानसिक शुद्धता पनि कायम राख्न परिश्रम गर्नु किन आवश्यक छ र यसमा सफलता कसरी प्राप्त गर्न सक्नुहुनेछ?
१६ तर खराब विचार र कार्यहरूलाई कसरी “जरा समेत उखेल्ने” र “सत्यानाश” गर्ने? येशूले समस्याको मूललाई औंल्याउदै, यसो भन्नुभयो: “भित्रबाट, अर्थात मानिसको हृदयबाट, खराब विचार, व्यभिचार. . . लोभ, यी सब कामहरू निस्कन्छन्।” (मर्कूस ७:२१,२२) यहाँ हाम्रा हृदयलाई “विचारहरू” सँग सम्मिलित गराएको छ किनभने मानिसको मानसिक क्षमता, लाक्षणिक हृदयभित्र समावेश हुन्छ। यसकारण, नैतिक शुद्धता कायम राख्न चाहनुहुन्छ भने, मानसिक शुद्धता कायम राख्ने कोशिश गर्नु पर्दछ। तर यो कसरी गर्ने? लिङ्ग सम्बन्धी अनैतिकतालाई समर्थन अथवा प्रदर्शन गर्ने चलचित्रहरू, पुस्तक र टेलिभिजन कार्यक्रमहरूबाट आफ्ना आँखालाई होशियारी साथ परै राख्नु पर्छ, किनभने यी ज्ञानेन्द्रियहरू द्वारा नै मन भित्र कुराहरू पस्दछन्। साथै, लैङ्गिक अनैतिकतालाई बढ़ावा दिने गीतहरू, आफ्ना कानहरूलाई सुन्न नदिनुहोस्। यस प्रकारका फैसला गर्न, विशेषगरि आफ्ना मित्रहरूको सामुन्ने, साहसको खाँचो पर्दछ। तर यसो गर्नु भयो भने, तपाईंले नैतिक शुद्धता र आत्म सम्मान कायम राख्ने सहायता पाउनुहुनेछ।
१७. तपाईंहरूमध्ये नैतिक अशुद्धताको नाउँ समेत किन लिनु हुँदैन?
१७ प्रेरित पावलले यो सल्लाह पनि दिनुभयो: “तर व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ।” (एफिसी ५:३; वर्स १२ पनि हेर्नुहोस) यसर्थ, नैतिक अशुद्धताको नाउँसमेत लिनुभएन, अर्थात त्यस माथि विचार गर्नु वा त्यसलाई खेल-ठट्टाको विषय बनाउनु भएन। तर किन? यसको उत्तरमा बाइबलको विद्वानले यसो भन्नुभएको छ: “कुनै चीज बारे कुरा गर्न, खेल-ठट्टा गर्न वा बारम्बार त्यसलाई आफ्नो बातचीतको मुख्य विषय बनाउनको अर्थ त्यसलाई काममा परिणत गर्न तिर लाग्नु हो।” (याकूब १:१४,१५) अरू जवान मानिसहरूले लिङ्ग सम्बन्धी कार्यहरूको वणर्न गर्दा अथवा फोहोर खेलठट्टाहरू र भाषा प्रयोग गर्दा, “महला लाएर आफ्नो मुख बन्द” राख्नको निम्ति साच्चैं ठूलो फैसला चाहिन्छ। (भजन ३९:१) तर सोझो र शुद्ध भएर बस्नु भयो भने, तपाईंले यहोवाको हृदय आनन्दित पार्नुहुनेछ।—भजन ११:७; हितोपदेश २७:११।
१८. (क) नैतिक अशुद्धताको विरूद्धमा सङ्घर्ष जित्ने हो भने, अशुद्ध विचार र भाषाहरू इन्कार गरेर मात्र किन पुग्दैन? (ख) पावलले फिलिप्पीहरूलाई दिनुभएको उपदेशबाट तपाईंले कसरी लाभ उठाउन सक्नुहुन्छ?
१८ नैतिक अशुद्धता माथि विजय प्राप्त गर्नकालागि, अशुद्ध सोंच विचार र भाषा तिरस्कार गर्न यथेष्ट छैन। एउटा चिनियाँ उखान अनुसार: “रित्तो हृदय भित्र हर प्रकारको विचारहरू पस्न सक्दछ।” (मत्ती १२:४३-४५ सँग तुलना गर्नुहोस्) हृदयलाई असल र शुद्ध सोंचविचारले भर्ने आवश्यकतालाई पावलले मान्यता दिनुभयो। यसैकारण, उहाँले फिलिप्पीहरूलाई एसो गर्ने प्रोत्साहन दिनु भयो: “जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर। [‘तिनै कुराहरूलाई नै आफ्ना ध्यानको विषय बनाउनुहोस्’c]”—फिलिप्पी ४:८
१९. परमेश्वरको वचनको गहिरो अध्ययन किन गर्ने र यसले तपाईंलाई नैतिक शुद्धता कायम राख्ने सहायता कसरी दिनसक्छ?
१९ यसो गर्नका लागि, परमेश्वरको वचनको परिश्रमशीलता साथ अध्ययन गर्नु पर्नेछ। (यहोशू १:८; भजन १:२) यसले तपाईंको मन र हृदयलाई बलियो बनाउनेछ र यहोवा सँग घनिष्ठ व्यक्तिगत् सम्बन्ध राख्ने सहायता पनि दिनेछ। अशुद्ध नैतिक काम कुराहरूतर्फ लैजाने परिक्षाहरूको विरोध गर्न पनि तपाईंलाई धेरै सजिलो हुनेछ। यहोवा, आफ्नो परिवार र मण्डली माथि अपमान ल्याउने खतरा तपाईंले मोलनुहुनेछैन। यसको सट्टामा, आफ्नो जवानीको बल र ताकतलाई, पछि गएर पछताउनु नपर्ने गरि प्रयोग गर्नु हुनेछ। हो, तपाईं नैतिक शुद्धताको मार्गको पिछा गर्नुहुनेछ किनभने यहोवाको सेवा गर्ने जवानमानिसहरूको सौन्दर्य यही नै हो!—हितोपदेश ३:१-४ (w89 11/1)
a अवेक! सितम्बर ८, पाना १९-२१; नवेम्बर ८, १९८७, पाना १८ - २०; मार्च ८, १९८८, पाना २०-२३, हेर्नुहोस।
b अवेक! दिसम्बर ८, १९८५, पानाहरू १०-१२ सम्म।
c दी एक्सपोजिटर्स ग्रीक टेस्टामेन्ट
◻ उच्च स्तरको नैतिक शुद्धता तपाईंले किन कायम राख्नु पर्छ?
◻ कुन दबावहरूले गर्दा, परमेश्वरको सामने नैतिक शुद्धता कायम राख्न एउटा चुनौती भएर जान्छ?
◻ नैतिक शुद्धता कायम राख्ने चुनौतिको सामना गर्न तपाईंलाई के ले सहायता दिन सक्छ?
◻ स्वयम्लाई शुद्ध राख्न चाहनुहुन्छ भने, के कड़ा कदमहरू चाल्न आवश्यक छ?
[पृष्ठ १३-मा भएको चित्र]
भर्खरै बैंस चड़ेका धैरै जसो जवानहरूमा आमा बाबुले उठाउने जिम्मेवारी लिने क्षमता हुदैंन।