के तपाईंको जीवनलाई भाग्यले डोऱ्याउनै पर्छ?
यहां भाग्यमा विश्वास नगर्ने एक मात्र व्यक्ति येशू ख्रीष्ट हुनु हुन्थ्यो। उहांको के विचार थियो?
येशूको जीवन चरित्र वर्णनले पहिलो शताब्दीका (मत्ती, मर्कूस, लूका अनि यूहन्नाका किताबहरूले) उहांको यो विश्वासलाई दर्शाउंछ कि व्यक्तिहरूले नै आफ्ना आफ्ना भविष्यमा प्रभाव पार्नु सक्छन् अर्थात उनीहरूलाई के हुन्छ भन्ने सम्वन्धमा।
जस्तो कि, येशूले भन्नुभयो कि परमेश्वरले उहाँसित माग्नेहरूलाई असल चीज दिनु हुनेछ” अनि “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउने छ।” त्यस्तैगरि, यरूशलेमका निवासीहरूले जब उनीहरूलाई बचाउनु सक्ने चेतावनीहरूको यादै गरेनन्, येशूले उनीहरूको प्रतिक्रियालाई भाग्यले गर्दा हो भनि दोष दिनु भएन। सट्टामा उहाँले भन्नु भयो: “तर तैंले मानिनस्।”—मत्ती ७:७-११; २३:३७, ३८; २४:१३.
साथै हामीले पनि सोच्न सक्छौं कि यरूशलेममा भएको एउटा भयङ्कर दुर्घटना प्रति येशूको विचार यसरी व्यक्त गरेको: “ती अठाह्रजना जस माथि सिलोआमको धरहरा ढलेर तिनीहरूलाई माऱ्यो, के तिमीहरू सम्झन्छौ, कि तिनीहरू सबै यरूशलेमवासीहरू मध्ये बढ्ता अपराधी थिए? त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु।” (लुका १३:४, ५) याद गर्नुहोस यहां ती अठाह्रजनाको मरणलाई येशूले भाग्यले गर्दा हो भन्नु भएन न ता तिनीहरू अरूभन्दा बढ्तै दुष्ट हुनाले मरे भनि भने। तर उहांको समयको फरीसीहरू झैं नभएर जसले मान्छेको स्वेच्छाको विश्वाससित भाग्यविश्वास मिलाउँदथे, येशूले यो सिकाए कि मान्छेले नै आफ्नो व्यक्तिगत भविष्यमा प्रभाव पार्नु सक्छ।
यसरी नै येशूका प्रेरितहरूले उद्धार एउटा सबैले रोजेर पाउनु सक्ने कुरा हो भनि सिकाए। प्रेरित पावलले लेखे: “तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ जसले मुक्तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउन सक्दछ।” अनि प्रेरित पत्रुसले भने: “नयाँ जन्मेका बालकहरू जस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर र त्यसबाट तिमीहरू मुक्तिको निम्ति बढ्दै जाओ।” (२ तिमोथी ३:१५; १ पत्रुस २:२; हेर्नोस साथै प्रेरित १०:३४, ३५; १७:२६, २७) हेस्टिङ्गका इन्साइक्लोपिडिया अफ रिलिजन आन्ड एथिक्स ले यो औंल्याएको छ कि दोस्रो अनि तेस्रो शताब्दिका लेखकहरू जस्तैगरि जस्टीन, ओरिजिएन अनि आइरेनियमलाई ‘विना शर्त भाग्यवादी बारे केही थाहै थिएन; उनीहरूले स्वाधीन इच्छा सिकाए।’
तर यत्तिका यहुदीहरू साथै अरूहरूले भाग्यवादीको ढंगमा विश्वास गर्दा, येशूले अनि त्यस बेलाका मसीहीहरूले मान्छेको भाग्य तोकिएको छ भनि किन विश्वास गरेनन? एउटा कारण चाहिं यसमा चिन्ता अनि समस्याहरू छन्। दुइटाको नाम भनौं भने: भाग्यविश्वास यहोवाको गुणहरूको विरोधमा छ; मानिलिएको तथ्यहरूले यसलाई खण्डन गरेको छ। अझ बढि, यसले तपाईंको वर्तमान अनि भविष्य जीवनलाई खतरामा पार्न सक्छन्। निकै ध्यान सित हेर्नाले यो साँचो देखिने छ।
भाग्यवादमा अल्झिएका कुराहरू र परमेश्वरको गुणहरू
ख्रीष्ट आउन अघि तेश्रो शताब्दीमा सिटिअमको दार्शनिक जेनोले एथेन्समा उसको चेलाहरूलाई “भाग्यको आदेश कतै लुकेका असल तरिका” हो भनि मान्नु सिकाए। तर, एक दिन, उसको दासले चोरीगरेको थाहा पाउंदा जेनोले आफ्नै दार्शनिक ज्ञानको सामना गर्न पऱ्यो। यो कसरी? उसले चोरलाई पिट्दा, त्यो दासले जवाफ लागेर भने “तर मैले चोरनै पर्छ भनि भाग्यमा तोकिएको थियो।”
जेनोको दासको कुरोमा एउटा अर्थ थियो। तर्क अनुसार यदि कुनै व्यक्तिको जीवन चरित्र वा ढाँचा अगावै नै, निश्चित भएको हो भने चोर्नेलाई दोष लाउनु सुन्तलाको बीउलाई सुन्तलाको रूख किन भइस् भनि दोष दिनु हो। त्यसो त त्यो सुन्तलाको बिरूवा झैं मानिस पनि त पूर्व निश्चय अनुसार विकास भएको हो। त यस किसिमको तर्कमा विश्वासगर्नको नतिजा के हुन्छ?
यसो ता, अपराधीहरूले आफ्नो जीवन पद्दतीलाई भाग्य ठानी जीवन चलाए भने उनीहरूको भाग्य तोक्ने व्यक्ति यी कर्महरूको निम्ति जिम्मावार हुने भयो। त्यो व्यक्ति को हो ता? भाग्य विश्वासीहरू अनुसार परमेश्वर आफै हो। यस तर्कबाट एक कदम अझ अघि गई कुरा बुझ्ने हो भने संसारमा मानिसद्वारा गरिएको सबै अपराध, हिंसा र शोषणको प्रथम स्रोत परमेश्वर नै हुने भयो। के तपाईं यस्तो कुरा स्वीकार गर्नुहुन्छ?
नेदरल्यान्डस थियोलोजीस् टिज्स्रीफ्ट(डच जरनल अफ थियोलोजि) मा निस्केको एउटा लेख अनुसार मसीहीहरूको लागी भाग्य विश्वासीहरूले कल्पना गरेको परमेश्वर स्वीकार योग्य छैन। किन? किनभने भाग्य विश्वासले प्रेरित बाइबलका लेखकहरूले दर्शाएको परमेश्वरको रूप रेखाको विरोध गर्दछ। उदाहरणको निम्ति भजन सहिंताको प्रेरित किताबमा उल्लेख यी शब्दहरू हेरौं: “किनभने तपाईं दुष्टतामा प्रशन्न हुने परमेश्वर हुनुहुन्न।” “परमेश्वरले हिंसाको प्रेमीलाई घृणा गर्नुहुन्छ।” “उहाँले [परमेश्वर नियुक्त मुक्तिदाताले] शोषण र हिंसाबाट उनीहरूको प्राण बचाउनु हुनेछ।” (भजनसहिंता ५:४; ११:५; ७२:१४) स्पष्ट देख्छौं कि भाग्यविश्वाशी तर्क विचारहरू र परमेश्वरको गुणावलीहरू आपसमा टक्कर खान्छन्।
भाग्य विश्वास र तथ्यहरू
प्राकृतिक विपत्तिहरूको बारे के त? के यिनीहरू पनि पूर्व निर्धारित घटनाहरू हुन र रोक्न असम्भव छ?
वास्तविक्ताले के देखाउँछ? डच अखबार एनआरसी हेन्डलस्स्ब्लाड ले प्राकृतिक विपत्तिहरूको स्रोत र कारणहरूमा गरेको अध्ययनबाट यी कुरा हामी देख्छौं: “आज सम्म भुईंचालो, बाढी, पहिरो र तुफानहरू . . . प्रकृतिको आकस्मिक घटनाहरू हो भनि ठान्थ्यौं। तर यस कुराको गौर विश्लेषण गर्दा हामी पाउँछौं कि प्रकृति माथि मानव हस्तक्षेपले वातावरण परिवेशको विभिन्न आपत्तिहरूलाई रोक्न सक्ने क्षमता माथिको गम्भीर असर परेको रहेछ। फलत: आज प्राकृतिक विपत्तिहरूले पहिला भन्दा बढ़दो संख्यामा जीवन नाश गरिरहेको छ”—तेर्सो अक्षर हाम्रो।
अघिल्लो लेखमा उल्लेख बंगलादेशका बाढीहरू एउटा सिलसिलागत उदाहरण मात्र थियो। आज वैज्ञानिकहरूको भनाई यो छ कि “नेपाल, उत्तरी भारत र बंगलादेशका जंगलहरूको नाशले हाल सालै बंगलादेशमा आई परेको बाढीहरूमा ठूलो भूमिका खेलेको छ।” (भोइस मागजिन) अर्को प्रतिवेदनले यसो भन्छ कि जंगल फाड्नाले बंगलादेशमा बाढी घटनाको दरलाई एक बाढी प्रति पचास वर्षबाट बाढी प्रति चार वर्षसम्म बढाएको छ। यस्तै संसारको अरू भागहरूमा पनि मानव हस्तक्षेपले—खड़ेरी, वनमा डढेलो र पहिरोहरू जस्ता विपत्तिजनक घटनाहरू ल्याएका छन्। साँच्चै, रहस्यमय भाग्य होइन—मानव क्रिया नै बढि जसो प्राकृतिक विपत्तिहरूको स्रोत र कारण भएको छ।
तसर्थ मानवको काम त्यसको विपरित हुनुपऱ्योः विपत्ति घटाउने काम। तर के यसो भई रहेको छ त? निश्चयनै यी तथ्यहरूमाथि विचार गर्नुहोस युनिसेफ (युनाइटेड नेशन्स् चिलड्रेन्स फन्ड) को प्रतिवेदन अनुसार बंगलादेशको भित्रिय भागमा बर्षाँसम्म सैकडौं बच्चाहरू अन्धा भए। के यो अपरिवर्तनीय भाग्यको कारण भएको थियो त? होइन। युनिसेफ कार्यकर्त्ताहरूले त्यहाँका आमाहरूलाई केटा-केटीहरूलाई भात मात्र हैन फलफूल र शबजीहरू पनि दिनु पर्छ भनि संझाए पछि यो रोग त्यस इलाकामा हराउन लागे। आज, यस अन्धा हुने रोगबाट यो आहार परिवर्तनले बंगलादेशको सैकडौं बच्चाहरूलाई बचाएको छ।
यस्तै, औसतको दरमा धुम्रपान गर्ने व्यक्तिहरू भन्दा नगर्नेहरू तीन देखि चार वर्ष बढि बाँच्दछन्। सिटका पेटी बाँध्ने मोटर यात्रीहरू नबाँध्नेहरूभन्दा भयानक दुर्घटनामा कम घाइते हुन्छन्। त भाग्य होइन—तपाईंको आफ्नै क्रियाहरूले नै तपाईंको जीवनमा प्रभाव पार्छ।
भाग्य विश्वासको जीवन-घातक नतिजाहरू
अघि उल्लेख गरे अनुसार, भाग्य विश्वासले तपाईंको जीवन लिनु सक्छ। कसरी? “भयलाग्दो भाग्य विश्वासको उदाहरणहरू” को विषयमा छलफल गर्दै इन्साइक्लोपिडिया अफ रिलिजन ले बताउँछ: “दोस्रो विश्व युद्धको अनुभवबाट जापानी योद्धाहरूले आत्महत्याकारी पन्डुबी छप्यास्त्र प्रहार तथा नाज़ी हिटलरको एसएस (शुट्स्टाजेल) सेनामा भएको आत्म हत्याहरू बारे थाहा पाएका छौं। यस क्रियामा भाग्य वा (शिकसाल) जुन व्यक्तिगत जीवनको मूल्यको कुनै मूल्य थिएन, त्यसमा आधारित थिए।” अझ हालै त्यसै किताबमा उल्लेख पाउंछौं “ईस्लाम धर्मलाई खतराभनि ठानिएका संघ संस्था उपर धार्मिक उत्प्रेरित आत्महत्याकारी आक्रमणहरूको—पूर्वीय भागका खबरको रूपमा प्राय निरन्तर नै पाइरहन्छौं।” “यदि मर्न पर्छ भनि भाग्यमा लेखेको छैन भने त्यस व्यक्तिले घात सहनै पर्दैन” भन्ने अटल विश्वास राख्दै हजारौं जवान सैनिकहरू युद्ध स्थल तर्फ बढ़े भनि यस्ता प्रतिवेदनहरूले भन्दछ।
तापनि, आदर प्राप्त इस्लाम धर्म गुरूहरूले यस किसिमका लापरवाही आचरण र विश्वासको आलोचना गर्दछन्। उदाहरणको निम्ति, एउटा खलिफाले भने: “जो व्यक्ति आगो भित्र पसि सके त्यसले निजलाई परमेश्वरको इच्छामा सौंपी दिनु पर्छ; तर जो चाहिं आगोको बाहिर छ, त्यसले निजलाई आगो भित्र फाल्नु आवश्यक छैन।” दुखको कुरा, धेरै जसो सैनिकहरूले यस खालिफाको सल्लाह अनुसार चलेका छैनन। लगभग आठ वर्षको युद्ध भरिमा इरानका प्राय चारलाख मानिसहरू मरे—जुन मृत्यु संख्या दोस्रो विश्व युद्धमा अमेरिकी सेनाको पनि थिएन! स्पष्ट छ, भाग्यमा विश्वास गर्नाले हाम्रो जीवन काल घटाउन सक्छ। यसले हाम्रो भविष्यलाई पनि खतराजनक तुल्याउन सक्छ। कसरी?
जति निश्चित र बदलिनु न सक्ने भुतकाल थियो त्यति नै निश्चित भविष्य पनि छ भन्ने शिक्षामा भाग्य विश्वासीको विश्वास भएको हुनाले, त्यस व्यक्तिले आफूमा एउटा अति खतरनाक चरित्रको विकास गरि रहेको हुन सक्छ। त्यो कुन चरित्र हो? इन्साइक्लोपिडिया अफ थियोलोजी ले यसको उत्तर दिंदै भन्दछ: “सामाजिक कुराहरूमा निजलाई असहाय, अमहत्वपूर्ण र मूल्यहीन जस्तो लाग्ने र त्यस प्रकियाबाट उम्कनु नसक्ने परिस्थितिमा फंसेको जस्तो लाग्छ। यस मानसिक प्रक्रियाले सबै चीज एउटा बुझ्न नसक्ने एउटा सर्वशक्तिमान भाग्यको हातमा निर्भर छ भन्ने विचार र बयान तर्फ व्यक्तिलाई विश्वास गर्न विस्तारै ठेल्दै लान्छ।”
यस्ता जीवन संगलग्न कुराहरू प्रति वेवास्ता रहन किन खतरनाक हो? अक्सर यस्तो विचारले हारको भावना वा मनोवृत्ति आफूमा सृजना गर्छ। यसले परमेश्वरको महान आमन्त्रण: “हे तिर्खाउने हो! पानी नेर आओ . . . कान थाप, र मकहाँ आओ। सुन, र तिमीहरू जिउने छौ।” लाई स्वीकार गरि अघि बढ्न भाग्यवादीलाई वाधा दिंदछ। (यशायाह ५५:१-३) यदि भाग्य विश्वासले हामीलाई अघि “आउ” र “कान थाप” लाई रोक्छ भने फलस्वरूप पृथ्वीमा पून: स्थापना हुने प्रमोदवनमा अनन्तकालको लागि “बाँची रहने” मौका पाउनबाट हामी बन्चित हुने छौं। कत्ति महंगो दाम तिर्न परेको!
यसकारण यो कुरामा तपाईं कहाँ हुनु हुन्छ? यदि तपाईं एउटा भाग्य बादी आधारित सोचाइको प्रचलित समुदायमा हुर्किनु भएको भए, शायद तपाईंले यो विश्वासलाई केही नसोधी स्वीकार गर्नु भएको होला। र यस विषयमा छलफल गरेको प्रतिवादी कुराहरूले यहांको वर्तमान र भविष्यको जीवन धेरै मात्रामा आफ्नै कर्म क्रियाहरूले ढालेको हो भनि बुझ्न मद्दत गरेको होला।
यहाँले देख्नु भए अनुसार तर्क, वास्तविक्ताहरू तथा सबै उपर धर्मशास्त्रले देखाउँछ कि हामी भाग्य विश्वासको हार खाने मनोवृत्तिको शिकार हुनुहुन्न। तर प्रभु येशू मसीहले जोर दिनु भएको कुरा अनुसार गर्नु पऱ्यो: “प्रयत्न गर . . . साँघुरो ढोकाभित्र पस्नलाई।” (लुका १३:२४, द इम्फेटीक डाईगलोट, इन्टरलिनियर रिडिङ्ग) उहाँले के भन्न खोज्नु भएको हो? एउटा बाइबल टिप्पणीकारले यसो भन्नु हुन्छ: “अंग्रेजीमा एगोनाइज वा दुख भोग्ने भन्ने शब्द प्राचीन युनानी खेल कुद बाट लिएको हो। उनीहरूको दौडहरूमा . . . उनीहरू धेरै प्रयास गर्थे, वा दुख सहन्थे, वा विजय प्राप्त गर्न आफूसित भएको सबै तागत लगाउंथे।” जीवनमा हार खानुको सट्टा, प्रभु येशू मसीहले पूर्ण विजय भन्दा कुनै कम स्थान निम्ति प्रयास नगर्नु भनि हामीलाई जोर दिनु हुन्छ।
तसर्थ, भाग्यद्वारा उत्प्रेरित विचारलाई हामीबाट हटाउँ। परमेश्वरको पवित्र वचनले जोर दिए झैं जीवनको दौडमा भाग लिउँ र भाग्य विश्वासले हामीलाई लोसे नबनाओस्। (१ कोरिन्थी ९:२४-२७ पढ्नुहोस्) परमेश्वर प्रेरित निमन्त्रण स्वीकार गर्दै आफ्नो कदमलाई तेज बनाउँ: “जीवनै रोज र तिमीहरूको भावी पुस्ता जिउनेछौं।” तपाईंले यो कसरी रोज्न सक्नुहुन्छ? “तिमीहरूको परमेश्वर यहोवालाई प्रेम गरेर उहाँको आज्ञा मानेर र उहाँसित लीन भएर।” यसो गर्नाले हामीहरू विजय तर्फ अघि बढ्नेछौं किनभने यहोवा नै “तिमीहरूको निम्ति जीवन र दिर्घायु हुनेछ।” (व्यवस्था ३०:१९, २०) (w90 8/15)
[पृष्ठ ७-मा भएको चित्र]
मोशाले भाग्य विश्वास होइन तर आग्रह गर्नुभयो: “जीवन नै रोज र तिमीहरू जिउनेछौ।”