भाग्यमा विश्वासले के तपाईंको जीवनलाई डोऱ्याउँछ?
सन् १९८८ को सेप्टेम्बर महिनामा बंगलादेश माथि विपत्ति आई पऱ्यो। गंगा र ब्रह्मपुत्र नदीहरूको पानी ९ मिटर उंचा बढेर बंगलादेशको सम्पूर्ण तीन भागलाई ढाक्यो। यस विपत्तिको नतीजा हजारौं मानिसहरू डुबे, ३,७०,००,००० मानिसले आफ्नो घर गुमाए र ६० हजार किलोमिटर भन्दा बढी बाटो पानी मुनि हरायो।
यस किसिमका बाढीहरूले पटक पटक बंगलादेशलाई बर्बाद गरिरहेकोले एउटा अखबारले यस मुलुकलाई “नाशको मुहान भूमि” भनेको छ। यो आपत्तिको कारण चाहिं विनाश वा भाग्य नै हो भन्ने धेरैजनाको दृष्टिकोणलाई यसले प्रतिविम्व गर्दछ।
जीवन भाग्यद्वारा संचालित छ भनि धेरैले नसोचेता पनि भाग्यवादी सम्वन्धी विचार आज विश्वव्यापी रूपमा फैलिएको पाउंछौं। त भाग्यमा यत्ति बढि संख्याका मानिसहरूले किन विश्वास गर्छन् र भाग्यवाद भन्ने कुरा के हो?
धर्मले खेलेको भूमिका
अंग्रेजीमा पाइने शब्द “फेट” वा भाग्यको जरो ल्याटिन शब्द “फाटुम” भएको पाउंछौं जस्को अर्थ हो, “जो भनिएको छ।”a भाग्यमा विश्वासगर्नेहरूको विचारमा आईपरेको घटनाहरू धेरै अघि नै निधो भइसकेको र यिनीहरूलाई बदल्न मानिस असमर्थ भएको हो। यस्ता विचार र दृष्टिलाई धेरै धर्महरूले फैलाएको छ र करोडौं विश्वासीहरूको विचारलाई प्रभावित पनि पारेको पाउंछौं। संसारको तीनवटा मुख्य धर्महरूलाई हेर्दा हिन्दुको मन्दिर, इस्लामको मस्जिद र मसीहीजगतका गिर्जाहरू बीच पाइने पृथक पृथक ढांचा झैं भाग्य विश्वासले पनि विभिन्न मुकुन्डो लगाई बसेको पाउंछौं।
उदाहरणको निम्ति संसारका लगभग ९० करोड मुसलमानहरूले विश्वास गर्छन् कि भाग्य वा उनीहरूको शास्त्रअनुसार ‘किस्मत’ दैवी इच्छा द्वारा निधो भएको हुन्छ।b कुरानले भन्दछ: “कुनै विपत्ति संसारमा त्यसै आई पर्दैन . . . तर विपत्ति आउनुको पहिला यसको उल्लेख एउटा किताबमा हुन्छ”। “अल्लाहको अनुमतिले मात्र प्राण मर्छ; यो विधि निश्चित भएको हुन्छ।”— सुराह ५७:२२; ३:१४५
कर्म, कारण र असरको सिद्धान्त हो—भाग्यको अर्कोरूप। जसले लगभग ७० करोड हिन्दुहरूको जीवनलाई प्रभावित पारेको छ। यस शिक्षा अनुसार एउटा हिन्दुको जीवनमा आज घटेको घटनाहरू उसको पूर्वजन्मको कार्य क्रियाहरूले निश्चय गरेको हो। प्राचीन हिन्दु शास्त्र गरूड़ पुराण भन्दछ: “जीवनको शारीरिक रूप र त्यस जीवनीमा परि आउने शारीरिक तथा मानसिक रोगको प्रकार र स्वभावलाई त्यस व्यक्तिले आफूले पूर्वजुनीमा गरेको कार्य क्रियाहरूले निश्चय गर्छ. . . मानिसले वर्तमान जीवनमा त्यहीनै पाउंछ जुन कुरो उसको भाग्यले तोकेको छ।”
मसीहीजगतको करीब १७० करोड सदस्यहरूबारे चाहिं के नि? हो केहिले भाग्यको ठाउँमा परमेश्वरलाई र भाग्यवादको ठाउँमा पूर्व निश्चयलाई राखेको दावी गर्लान। तर इन्साइक्लोपिडिया अफ रिलिजन आन्ड एथिक्स यसो भनि मानी लिंदछ: “यसो भन्न सकिन्न कि मसीहीपन्थ भाग्यको विश्वासबाट पूर्ण अलग छ।” मसीहजगतका केहि सम्प्रदायहरूले आज पनि १६ औं ख्रीष्ट शताब्दिको धर्म सुधारकर्ता मार्टीन लुथरको विश्वासलाई आफ्नो समर्थन देखाउँछन् जस्ले एकपटक भन्नुभयो कि “मानिस काठको मुढा, चट्टान, माटोको डल्ला वा नुनको खांमा जत्ति नै अस्वतन्त्र छ।”
सिक्का हुत्याउने र ताराहरू हेर्ने
यस्ता कठोर विचारहरू मसीहीजगतको पुरानो विचारमा विलिन हुंदै गएता पनि, एउटा धर्मगुरूको भनाई थियो कि मसीहीजगतका धेरै सदस्यहरूले यस विश्वासलाई “एउटा सांसारिक रूपमा” अभ्यास गर्छन्। यस रूपमा भाग्य विश्वासले आफैलाई जनप्रिय भई देखाउन भौतिक लाभसित संलग्न गर्ला। तपाईंलाई थाहै होला कि भाग्य वा लाभ पता लाउन धेरैले सिक्का हुत्याउँछन्। एउटा चलिआएको प्रथा भनि सोचेता पनि यसलाई गर्न छोड्दैनन, र कोही बेला यस्ता अभ्यास अनुसार घटना कुराहरू पुरा हुंदो हो। द न्यू योर्क टाइम्स ले हालसालै एकजना मानिसको बारेमा लेखेको थियो जस्मा त्यो मान्छेले चिठ्ठाको टिकट किने पछि सिक्का हुत्याउँदा टाउको माथि परेको पायो। त्यो मान्छेले भन्यो “जति चोटि मैले सिक्काको टाउको माथि परेको पाएं, त्यत्तिनै चोटि मलाई लाभ भएको छ।” यसपटक त्यसले २ करोड ५७ लाख डलर जित्यो। अब भन्नुहोस् त्यस मान्छेको भाग्यमा भएको विश्वास घटयो होला?
धेरैले सिक्का हुत्याउने कुरोमा हंसेउली गर्ला हो। तर अर्कोतिर शायद उनीहरूले विश्वास गर्दो हो कि उनीहरूको भविष्य नक्षत्रहरूको ठाउं र स्थितिले निश्चय गरिरहेको छ—भाग्यको अर्को रूप। उत्तर अमेरिकामा मात्र लगभग १२०० अखबारहरूमा ज्योतिष कुन्डली विषय वस्तुको व्यापक उल्लेख पाइन्छ। यस्तै एउटा अध्ययनले देखायो कि संयुक्त राज्य अमेरिकाको ५५ प्रतिशत युवाहरूले ज्योतिष कुन्डलीको कुराहरू सांचो हुन्छ भनि विश्वास गर्छन्।
त भाग्यलाई किस्मत, कर्म, भगवान, वा शुभलाभ भनिएतापनि यस विश्वासले धेरै युग अघि देखि विश्वमाथि आफ्नो प्रभाव फैलाउंदै आई रहेको छ। के यहांलाई थाहा छ, उदाहरणको निम्ति कि यहां उल्लेख भएको ऐतिहासिक व्यक्तिहरू मध्ये एकजनाले मात्र भाग्यमा विश्वास गरेन भनेर? त्यो को थियो र उहाँको भाग्य प्रति रहेको विचार दृष्टिले हामीलाई कसरी प्रभावित गर्न सक्छ? (w90 8/15)
[फुटनोटहरु]
a द इन्साइक्लोपिडिया अफ रिलिजन, पाँचौ भाग, २९० पृष्ठले भन्दछ, “भाग्य ल्याटिनको फाटुमबाट आएको (केहि भनिएको, भविष्यवाणी, एउटा देववाणी, एउटा दैवी निश्चय)”।
b हेस्टिङ्गस इन्साइक्लोपिडिया अफ रिलिजन आन्ड एथिक्स, भाग ५, पृष्ठ ७७४ अनुसार “किस्मत र भाग्यको बीच फरक यत्ति नै हो कि किस्मतको श्रोत एउटा सर्वशक्तिमान इच्छा हो तथा यस विरूद्ध मानव शक्ति वा बिन्ति निष्फल हुन्छन्।
[पृष्ठ ४-मा भएको पेटी]
क-कस्ले भाग्यवादमा विश्वास गरे?
मासकारीपुत्र गोशाला येशू ख्रीष्ट
हिन्दु साधु, मसीही धर्म स्थापक,
छैठौं/पाचौं शताब्दी सा.यु. पूर्व पहिलो शताब्दी सा यु.
सिटियमको ज़ेनो ज़ाहम, साफवानको पुत्र
युनानी दार्शनिक, मुस्लिम गुरू,
चौथौं/तेश्रो शताब्दी सा.यु. पूर्व आठौं शताब्दी सा. यु.
पबलिअस भरगिलस मारोर जोन केल्भिन
रोमी कवि, फ्रान्सीसी धर्मगुरू
पहिलो शताब्दी सा.यु. पूर्व अनि सुधारक, १६ रौं शताब्दी सा. यु.