प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ४/१ pp. १९-२४
  • आनन्दसाथ यहोवाको सेवा गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्दसाथ यहोवाको सेवा गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आनन्द गर्ने अवसरहरू
  • यहोवाको काममा आनन्द
  • जता ततै आनन्द व्याप्त छ
  • आनन्दसाथ धीरज धारणगर्ने
  • सहन सक्ने बल दिने आनन्द
  • आनन्द परमेश्‍वरबाट पाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको आनन्द हाम्रो गढ हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्दले परिपूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ४/१ pp. १९-२४

आनन्दसाथ यहोवाको सेवा गर्ने

“आनन्दसाथ परमप्रभुको [यहोवाको NW] सेवा गर। भजन गाएर उहाँको सामने आओ।”—भजनसंग्रह १००:२

१, २. (क) जातीय भेदभाव जर्मनीको बर्लीनमा कसरी प्रकट भयो तर हिटलरको “हजार वर्ष” शासनगर्ने कार्यक्रम के भयो? (ख) ओलिम्पिया रङ्‌गशालामा १९३६ मा भएको घटना विपरीत, जुलाई १९९० मा के देखियो र त्यहाँ भेला भएका अन्तरराष्ट्रिय समूहको आनन्द कुन कुरोमा आधारित छ?

घटना स्थल बर्लिनको ओलिम्पिया स्टेडियम हो। चौवन्‍न वर्ष अघि, यो सुन्दर रङ्‌गशाला एउटा विवादको केन्द्र भएको थियो जब चार वटा स्वर्ण पदक जित्ने कालो वर्णको अमेरीकाली दौडने मानिसलाई, प्राप्त सूचना अनुसार, नात्सी तानाशाह एडोल्फ हिट्‌लरले अपमान गरको थियो। किनकि हिटलरको “आर्य श्रेष्ठतालाई” यसले ठूलो धक्का पुर्‌याएको थियो!a तर अब, जुलाई २६, १९९० को दिनमा, काला, गोरा, पहेंला—६४ विभिन्‍न राष्ट्रहरूबाट आएका, जम्मा ४४,५३२ जनहरू—एउटा संयुक्‍त जातिका रूपमा, यहोवाका साक्षीहरूको “शुद्ध भाषा” जिल्ला सम्मेलनका लागि भेला यहाँ भएका थिए। त्यो बिहीवार अपराह्ण चारै तिर आनन्दै आनन्द थियो! बप्तिस्माको भाषण समाप्त भए पछि, बप्तिस्मा लिने १,०१८ जनहरूले चर्को सोरमा “या” र फेरि “या” भनेर कराउँदै, यहोवा परमेश्‍वरलाई उहाँको इच्छा गर्न आफ्नो जीवन समर्पण गरेको प्रमाण दिन्छन्‌।

२ यी नया साक्षीहरूलाई रङ्‌गशालाबाट लस्करै निस्केर बप्तिस्मा लिने पोखरी तिर जान १९ मिनट लाग्छ। र त्यो समय भरि, करतलध्वनिको गर्जन विशाल रङ्‌गशाला भरि गुञ्जन्छ। ओलिम्पिक खेलकुदमा विजयी हुनेहरूले पनि यस प्रकारको करतलध्वनि कहिले अनुभव गरेका थिएनन्‌ जस्तो कि आज, संसारलाई जित्ने विश्‍वास प्रकट गर्दै, धेरै राष्ट्रहरूबाट आएका यी सयौं मानिसहरूको स्वागत गर्दा सुनियो। (१ यूहन्‍ना ५:३, ४) परमेश्‍वरको राज्यले, ख्रीष्ट द्वारा, मानिस जातिको निम्ति हजार वर्षसम्म गौरवमय आशिषहरू ल्याउने छ भन्‍ने विश्‍वासमा तिनीहरूको आनन्द बलियो गरी अडेको छ।—हिब्रू ६:१७, १८; प्रकाश २०:६; २१:४, ५.

३. सम्मेलनमा भेला भएकाहरूको दृढ़ विश्‍वासले कुन सच्चाइलाई पुष्टि दिन्छ र कसरी?

३ यहाँ कुनै प्रकारको जातीय अथवा राष्ट्रीय भेद-भाव छैन किनभने सबैले नै परमेश्‍वरको वचनको शुद्ध भाषा बोलीरहेका छन्‌ र यस प्रकार पत्रुसका यी शब्दहरूमा भएको सच्चाइको प्रमाण दिइरहेछन्‌: “साँच्चीनै म देख्दछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न तर हरेक जातिमा जो उहाँसँग डराउँछ र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नु हुन्छ।”—प्रेरित १०:३४, ३५; सपन्याह ३:९.

४. सम्मेलनमा भेला भएकाहरूले कुन परिस्थितिहरूको माझमा सच्चाइ स्वीकार गरेका थिए र तिनीहरूले आफ्नो प्रार्थनाको प्रतिउत्तर कसरी पाएका छन्‌?

४ बर्लिनको सम्मेलनमा भेला हुने हरू मध्य धेरै जना, नात्सीहरूको पालो (१९३३-४५) र पूर्वीय जर्मनीको समाजवादी युगसम्म कायम रहेको सतावटको लामो वर्षहरूको दौडानमा विश्‍वास गर्नेहरू भएका हुन्‌। पूर्वीय जर्मनीमा यहोवाका साक्षीहरूमाथि लगाइएको प्रतिबन्ध, कानूनी रूपमा, मार्च १४ तारीक, १९९० मा मात्र हटाइयो। यसकारण, तिनीहरू मध्य धेरैले “पवित्र आत्माको आनन्दसाथ, ज्यादै कष्टमा वचन ग्रहण” गरेका थिए। (१ थिस्सलोनिकी १:६) अब यहोवाको सेवा गर्न तिनीहरूले बढ़ी स्वतन्त्रता पाएकाछन्‌ र तिनीहरूको आनन्दको केही सीमा नै छैन।—यशैया ५१:११ सँग तुलना गर्नुहोस्‌.

आनन्द गर्ने अवसरहरू

५. इस्राएलले लाल समुद्रमा यहोवाको उद्धारको खुसीयाली कसरी मनाए?

५ पूर्वीय यूरोप र हाल सालैमा अफ्रिका र एशियाका केही भागहरूमा हाम्रा भाइहरू स्वतन्त्र भएको देख्दा, हामीलाई प्राचीन समयहरूमा यहोवाले गर्नुभएका उद्धारहरूको याद आउँदछ। हामी लाल समुद्रमा यहोवाको शक्‍तिशाली कार्यको सम्झना गर्दछौं जब इस्राएलीहरूले आफ्नो धन्यबादको भजन यी भव्य शब्दहरूसाथ टुङ्‌ग्‌याए: “हे परमप्रभु [यहोवा NW], देवताहरूमा तपाईंझैं को छ र? पवित्रतामा अति महान, प्रतापी कार्यहरूमा भययोग्य र उदेकका कर्म गर्नुहुने तपाईंझैं को छ र?” (प्रस्थान १५:११) के आज हामी पनि यहोवाले आफ्ना जनहरूका लागि गरिरहनु भएका कुराहरूले गर्दा आनन्दित छैनौं र? निश्‍चयनै, आनन्दित छौं!

६. ई. पू. ५३७ मा इस्राएलीहरू आनन्दसाथ चर्को सोरमा कराएकोबाट हामी के सिक्न सक्छौं?

६ ई. पू. ५३७ मा बाबेलबाट छुटकारा पाएर आफ्नो देशमा पुनःस्थापित हुनुपाउँदा, इस्राएलमा आनन्दको बाढ़ चल्यो। यहोवाको राष्ट्रले यशैया अगमवक्‍ताले गरेको अगमवाणीका यी शब्दहरू अब भन्‍न सके: “हेर! परमेश्‍वर मेरा उद्धारक हुनुहुन्छ। म विश्‍वास गर्नेछु। म डराउनेछैनँ, किनकि परमप्रभु [यहोवा NW] परमेश्‍वर मेरा शक्‍ति र भजन हुनुहुन्छ। उहाँमानै मेरो उद्धार छ।” क्या उल्लासमय शब्दहरू! यो उल्लासको भावना त्यो राष्ट्रले कसरी व्यक्‍त गर्ने छ? यशैया एसो भन्छन्‌: “औ त्यस दिन तिमीहरूले भन्‍नेछौ: ‘परमप्रभुलाई [यहोवालाई NW] धन्यबाद देऊ। उहाँको नाउँको पुकारा गर। जाति जातिहरूका बीचमा उहाँका कार्यहरूको प्रचार गर, उहाँको नाउँ उच्च पारिएको छ भनी चर्चा गर। परमप्रभुको [यहोवाको NW] भजन गाऊ, किनकि उहाँले महिमित कामहरू गर्नुभएको छ।’” तिनीहरू अब “उच्च सोरले” हर्ष मनाउँदै उहाँका महान कार्यहरूको “पृथ्वीभरि प्रचार” गर्न सक्‌थिए, जसरी आज यहोवाका स्वतन्त्र सेवकहरूले गरिरहेका छन्‌।—यशैया १२:१-६.

यहोवाको काममा आनन्द

७. १९१९ मा, कुन कुन कुराहरूबाट छुटकारा पाएकोमा, आनन्द मनाउने कारणहरू थिए?

७ आधुनिक समयहरूमा, यहोवाका सेवकहरू आनन्दले कराउँन थाले जब उहाँले १९१९ मा तिनीहरूलाई एउटा महान छुटकारा दिलाइ दिनु भयो। त्यही सालको मार्च २६ तारीक, सञ्चालक समितिका सदस्यहरू संयुक्‍त राष्ट्र अमेरिकाका झ्यालखानबाट स्वतन्त्र भए। झूटो आरोपहरूका कारण तिनीहरूलाई त्यहाँ झ्यालखानमा थुनेर राखेका थिए। ब्रुकलिन बेथेलमा तिनीहरूको दिब्य स्वागत भयो! यस बाहेक, महान बाबेल अर्थात्‌ शैतानले सारा संसारलाई अलमल्याएर राख्ने धर्महरूबाट स्वतन्त्र हुन पाएकोमा, अभिषिक्‍त जनहरूका बाँकी सबै जनहरू नै अब खुसी मनाउन सके।—प्रकाश १७:३-६; १८:२-५.

८. १९१९ मा, सिदर प्वाइन्ट, ओहायोको सम्मेलनमा, कुन नया प्रकाशनको घोषणा गरियो र के कामको निम्ति बुलावा भयो?

८ १९१९ का एतिहासिक घटनाहरू सित्तम्बर १-८ सम्मका, सिडर प्वाइन्ट, ओहायो, यु. एस. ए. मा भएको परमेश्‍वरका जनहरूको सम्मेलनमा टुङ्‌गियो। त्यो सम्मेलनको पाँचवा दिनमा, वाचटावर सोसाइटीको सभापति, जे. एफ. रथरफर्डले ६,००० मानिसहरूलाई सम्बोधन गर्दै “राज्यको घोषणा गर्ने” शीर्षक भएको सनसनीयुक्‍त भाषण दिएका थिए। प्रकाश १५:२ र यशैया ५२:७ को छल-फल गरी सके पछि, तिनले आफ्ना स्रोताहरूलाई अब उप्रान्त एउटा नया पत्रिका, अर्थात्‌ दी गोल्डन एज (आज यसलाई अवेक! भन्छन्‌) विशेष गरी क्षेत्र वितरणका लागि, दुई, दुई हप्ताहमा प्रकाशित्‌ हुनेछ भने। अन्तमा तिनले एसो भने: “प्रभुमा समर्पित हुनेहरू, निडर हुनेहरू, जसका हृदयहरू शुद्ध छन्‌, जसले परमेश्‍वरलाई र प्रभु येशूलाई आफ्नो सम्पूर्ण मन, बल, प्राण र व्यक्‍तित्वसाथ प्रेम गर्दछन्‌—यिनीहरू, मौका पाउना साथै, यो काममा भाग लिन आनन्दित हुनेछन्‌। एउटा साँचो, विश्‍वासी र निपुण राजदूत हुने निर्देशन र सहायता प्रभुबाट माँगनु होस्‌। त्यस पछि, हृदयमा आनन्दको गीत गाउँदै, उहाँको सेवा गर्न अघि बढ़नु होस्‌।”

९, १०. यहोवाले अवेक! र प्रहरीधरहराको प्रकाशनलाई कसरी आशिष दिनुभएको छ?

९ त्यो “आनन्दको गीत” पृथ्वीभरि सुनिएको छ! अवेक! पत्रिकाको वितरण ६४ भाषामा र प्रत्यक अङ्‌ककको प्रति १२,९८०,००० सम्म पुर्‌याउनमा हाम्रा धेरै जसो पाठकहरूको हात छ। चासो हुने व्यक्‍तिहरूलाई सच्चाइ तर्फ लैजाने शक्‍तिशाली माध्यम भएर, यो अवेक! पत्रिका, प्रहरीधरहरा पत्रिका सँगसँगै काम गर्दछ। एउटा पूर्वीय देशमा, एक जना अग्रगामी बहिनीले नियमित रूपमा, हाम्रा पत्रिकाहरूको नया अङ्‌क आउना साथै एउटा विशेष घरमा पुर्‌याउने गर्थिन्‌। तर तिनी छक्क परिन्‌, किनभने जति चोटी तिनी नया पत्रिका पुऱ्‍याउन जान्थिन्‌, घरवालाले यहोवाका साक्षीहरूको विश्‍वव्यापी कामका लागि $७ (यु. एस.) चन्दा दिने गर्थिए—वास्तवमा, यसबाट राज्यको कामको असल मुल्याङ्‌कन देखिन्छ!

१० प्रकाशन हुन थालेको अब ११२ वर्ष हुने बेलामा, प्रहरीधरहरा आज १११ भाषाहरूमा १५,२९०,००० प्रति छापिन्छ र ती मध्य ५९ भाषाहरूमा, यो पत्रिका एकै साथ, एकै प्रकारको सामग्रीसाथ प्रकाशित हुन्छ। एउटा विश्‍वासी कारिन्दाले झैं, शेष अभिषिक्‍त जनहरूले आफ्ना पाठकहरूलाई “समय समयमा तिनीहरूका भोजन” दिइरहेका छन्‌। (लूका १२:४२) १९९० मा, यहोवाका साक्षीहरूले यी दुई पत्रिकाहरूका लागि २,९६८,३०९ वार्षिक चन्दाहरू उठाए। यसमा १९८९ भन्दा २२.७ प्रतिशत उन्‍नति भएको छ।

जता ततै आनन्द व्याप्त छ

११. (क) १९२२ मा, परमेश्‍वरका जनहरूलाई, सिडर प्वाइन्ट, ओहायोमा, कुन काममा भाग लिने बुलावा दिइयो? (ख) आनन्दको चर्को सोर कसरी बढ़दै गएको छ?

११ आनन्दै आनन्द त्यति बेला पनि भयो, जब सित्तम्बर १९२२ मा, दोस्रो सम्मेलनका लागि परमेश्‍वरका १०,००० जनहरू, सिदर प्वाइन्टमा भेला भएका थिए र ३६१ जनाले बप्तिस्मा लिएका थिए। “स्वर्गको राज्य नजीकै छ” भन्‍ने, मत्ती ४:१७ मा आधारित आफ्नो भाषण, भाइ रथरफर्डले एसो भनेर टुङ्‌गयाए: “यहोवा परमेश्‍वर हुनुहुन्छ र येशू ख्रीष्ट राजाहरू को राजा र प्रभुहरूको प्रभु हुनुहुन्छ भनेर संसारलाई थाह हुनु परेको छ। यो सबै दिनहरूको दिन हो! हेर्नु होस्‌! राजाले शासन गर्नु हुँदैछ! तपाईंहरू उहाँका प्रकाशकहरू हुनु हुन्छ! यसकारण, राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌ र विज्ञापन गर्नुहोस्‌।” त्यो सम्मेलनमा आनन्दको चर्को सोरमा भाग लिनेहरूको सङ्‌ख्या बढ़दै गएको छ, र १९८९ मा विश्‍वभरि, यहोवाका साक्षीहरूको १,२१० सम्मेलनहरूमा, ६,६००,००० मानि- सहरू भेला भएका थिए र १२३,६८८ जनाले बप्तिस्मा लिए।

१२. (क) आज परमेश्‍वरका जनहरूले कुन अमूल्य आनन्दमा भाग लिइरहेकाछन्‌? (ख) हामीले यहोवाको सेवागर्दा “उच्च अख्तियारवालाहरूको” आज्ञा मान्दै कसरी सन्तुलन कायम राख्छौं?

१२ यहोवाका साक्षीहरू आफ्नो स्वतन्त्रताको कदर गर्छन्‌। तिनीहरू येशूका यी शब्दहरूको आधुनिक पूर्तिमा आनन्द गर्छन्‌: “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” झूटो धर्मको रहस्यहरू र अन्धविश्‍वासहरूबाट छुटकारा पाउनु कत्ति ठूलो आनन्दको कुरा हो! यहोवा र उहाँका पुत्रलाई चिनेर अनन्त जीवनको आशा सहित उहाँहरूका सहकर्मी हुनु कस्तो अत्युत्तम आनन्दका कुराहरू हुन्‌! (यूहन्‍ना ८:३२; १७:३; १ कोरिन्थी ३:९-११) ख्रीष्टले शासन गर्नु हुने यहोवाको राज्यको गौरवमय आशावारे घोषणा गर्ने स्वतन्त्रता परमेश्‍वरका सेवकहरूलाई यो संसारका “उच्च अख्तियारवालाहरूले” (जसको अधीनमा परमेश्‍वरका सेवकहरू बस्दछन्‌) दिंदा, परमेश्‍वरका सेवकहरूले धेरै नै मुल्याङ्‌कन व्यक्‍त गर्दछन्‌। तिनीहरूले खुसीसाथ “जे सिजरका हुन्‌ सिजरलाई” र “जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई” दिन्छन्‌।—रोमी १३:१-७; लूका २०:२५.

१३. दमनबाट छुटकारा पाउँदा, यहोवाका साक्षीहरूले आफ्नो आनन्द कसरी प्रकट गरेका छन्‌?

१३ तर मानव अधिकारीहरूले हामीलाई परमेश्‍वर प्रतिको यो कर्त्तव्य निभाउनबाट रोक्न खोजेमा, यहोवाका साक्षीहरूले प्रेरितहरूले झैं यस प्रकार जवाफ दिन्छन्‌: “हामीले मानिसको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” त्यस बेला, शासकहरूले प्रेरितहरूलाई छाड़ि दिए पछि, तिनीहरू “रामाउँदै . . . गए।” तिनीहरूले यो रमाहट कसरी व्यक्‍त गरे? “दिनदिन्‌ तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” (प्रेरित ५:२७-३२, ४१, ४२) त्यसैगरी, यहोवाका आधुनिक साक्षीहरू पनि, परमेश्‍वरको सेवा गर्ने बढ़ी स्वतन्त्रता पाउँदा, आनन्द मनाउँदछन्‌। यहोवाले बाटो खोली दिनुभएको धेरै देशहरूमा, तिनीहरूले यहोवाको नाउँ र ख्रीष्टको आउने राज्य बारे पूर्ण साक्षी दिएर गहिरो आनन्द प्रकट गर्छन्‌।—प्रेरित २०:२०, २१, २४; २३:११; २८:१६, २३ सँग तुलना गर्नुहोस्‌।

आनन्दसाथ धीरज धारणगर्ने

१४. यो आनन्द, जो आत्माको फल हो, एउटा शब्द-कोषले वर्णन गरेको आनन्द भन्दा पनि कसरी धेरै नै उच्च श्रेणीको छ?

१४ साँचो मसीहीहरूले अनुभव गर्ने यो गहिरो आनन्द के हो? ओलिम्पिक खेल-कुदमा विजयी हुने व्यक्‍तिको क्षणिक आनन्द भन्दा यो धेरै नै स्थायी र गहिरो आनन्द हो। “परमेश्‍वरको आज्ञा मान्‍ने जत्तिलाई दिनुहुने” पवित्र आत्माको यो एउटा फल हो। (प्रेरित ५:३२) वेबस्टरको शब्दकोषमा दिएको परिभाषा अनुसार, आनन्द ‘हर्ष भन्दा गहिरो हो र प्रसन्‍नता भन्दा धेरै नै उज्ज्वल अथवा प्रकाशमान हुन्छ।’ एक जना मसीहीका लागि, आनन्दको एउटा अझ गहन अर्थ छ। हाम्रो विश्‍वाससँग बाँधिएको हुनाले, यो आनन्द एउटा सामर्थी र बलदायक गुण पनि हो। “परमप्रभुको [यहोवाको NW] आनन्द नै तिमीहरूको बल हो।” (नहेम्याह ८:१०) सांसारिक र शारीरिक मोज-मजाबाट मानिसहरूले पाउने बाहिरी उत्तेजना भन्दा, परमेश्‍वरका जनहरूले प्राप्त गर्ने यहोवाको आनन्द अति नै उत्तम हो।—गलाती ५:१९-२३.

१५. (क) विश्‍वासी मसीहीहरूको अनुभवमा, धैर्यलाई आनन्दले कसरी साथ दिएको छ? (ख) धर्म-शास्त्रबाट केही पदहरू भन्‍नुहोस्‌, जसले आनन्द कायम राख्ने विषयमा बल दिनेछ?

१५ उदाहरणका लागि, युक्रेनका हाम्रा भाइहरूलाई विचार गर्नु होस्‌। ‘उच्च अख्तियारवालाहरूले’ हाम्रा यी भाइहरूलाई १९५० को दशकको शुरू तिर, साइबेरियामा धपाइ दिंदा, तिनीहरूले धेरै कष्ट भोग्नु पऱ्‍यो। केही समय पछि, आफ्नो देश फर्केर आउने अनुमति पाउँदा, तिनीहरूले कृतज्ञता व्यक्‍त गरे तर तिनीहरूमध्य सबै नै घर फर्केनन्‌। किन? पूर्व तर्फ गएर तिनीहरूले गर्नु परेको परिश्रमहरूबाट तिनीहरूलाई याकूब १:२-४ मा उल्लेखित यो कुराको सम्झना भयो: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमको परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्‍वासको जाँचले धीरज उत्पन्‍न गराउँछ।” तिनीहरूले त्यो आनन्दमय फसलको काममा धैर्य धारण गरिनै रहन चाहे र यसले गर्दा, हाल पोलेन्डका सम्मेलनहरूमा प्रशान्त महासागरका तटीय इलाकाहरूबाट आएका साक्षीहरूलाई पनि स्वागत गर्न पाइयो। यस प्रकारको फल फलाउँदा, दुवै आनन्द र धैर्यको आवश्‍यकता पर्‌यो। हो, यहोवाको सेवामा आनन्दसाथ धैर्य धारण गर्नेहरूले एसो भन्‍न सक्छन्‌: “म परमप्रभुमा [यहोवामा NW] रमाहट गर्नेछु, म मेरा उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु। परमप्रभु [यहोवा NW] मेरा परमेश्‍वर, मेरा बल हुनुहुन्छ।”—हबकूक ३:१८, १९; मत्ती ५:११, १२.

१६. हाम्रो क्षेत्र सेवकाईको काममा, यर्मिया र अय्यूबको उदाहरणले हामीलाई कसरी प्रोत्साहित पार्नु पर्ने हो?

१६ तर कठोर हृदय भएका मानिसहरूको बीचमा साक्षी दिने काम गर्दा, हामी आफ्नो आनन्द कसरी कायम राख्न सक्दछौं? याद गर्नुहोस्‌, यस्तै प्रकारका परिस्थितिहरूमा परमेश्‍वरका अगमवक्‍ताहरूले एउटा आनन्दमय दृष्टिकोण राखे। यर्मियाले कष्टमा परेको बेलामा एसो भने: “तपाईंको वचन पाएँ र मैले ती खाँए, तपाईंको वचन मलाई रमाहट र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनभने हे सेनाहरूका परमप्रभु [यहोवा NW] तपाईंको नाउँले म कहलाइन्छु।” (यर्मिया १५:१६) यहोवाको नाउँबाट कहलिन र त्यो नाउँलाई साक्षी दिन एउटा महान अधिकार हो! लगनशीलतासाथ व्यक्‍तिगत अध्ययन गर्दै मसीही सभाहरूमा पनि पूर्ण भाग लियौं भने, सच्चाइमा सधैं आनन्दित रहने बल हामीले पाउने छौं। क्षेत्र सेवकाईमा हाम्रो व्यवहार र हाम्रो राज्य हाँसोमा यो आनन्द झल्कनेछ। धेरै नै कठोर परीक्षामा परेको बेलामा पनि अय्यूबले आफ्ना विरोधीहरूबारे एसो भन्‍न सके: “म मुसुक्क हाँसि दिन्‌थिएँ—तिनीहरूले पत्यार गर्दैन थिए। मेरो अनुहारको उज्यालोलाई तिनीहरूले निभाउन सक्दैन थिए।” (अय्यूब २९:२४, NW अनुवाद] विश्‍वासी अय्यूब झैं, हाम्रो पनि विरोधीहरूले ठट्टा गर्दा, हामी निराश हुनु हुँदैन। सधैं हँसिलो हुनु होस्‌! हाम्रो अनुहारमा झल्केको आनन्दले वचन सुन्‍ने कानहरूलाई आकर्षित पार्न सक्छन्‌।

१७. आनन्द सहितको धैर्यले फल कसरी फलाउन सक्दछ?

१७ त्यही इलाकामा बारम्बार प्रचार गर्न जाँदा, हाम्रो धैर्य र आनन्द द्वारा धार्मिक मनोवृत्ति भएका मानिसहरू प्रभावित हुन सक्दछन्‌ र हामीले धारण गरेको गौरवमय आशालाई जाँच गर्न प्रोत्साहित हुन सक्छन्‌। तिनीहरूसँग नियमित रूपमा बाइबल अध्ययन गर्न पाउनु, कत्ति आनन्दको कुरा हुनेछ! र तिनीहरूले आफ्नो हृदय भित्र परमेश्‍वरको वचनको बहुमूल्य सच्चाइहरू ग्रहण गर्न थाल्दा र आखिरमा यहोवाको सेवामा तिनीहरू हाम्रो साथीहरू हुँदा, हामी कस्तो आनन्द अनुभव गर्दछौं! तब, पावलले तिनको समयमा, विश्‍वास गर्ने नया भाइ-बहिनीहरूलाई भनेका यी शब्दहरू हामी पनि भन्‍न सक्ने छौं: “किनकि हाम्रो आशा, वा आनन्द, अथवा घमण्डको मुकुट के हो? हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा तिमीहरूनै होइनौं र? किनकि हाम्रो घमण्ड र आनन्द तिमीहरूनै हौ।” (१ थिस्सलोनिकी २:१९, २०) साँच्चैनै, नया व्यक्‍तिहरूलाई परमेश्‍वरको वचनको सच्चाइ तर्फ लैजानु र तिनीहरूलाई बप्तिस्मा लिएका समर्पित साक्षीहरू हुने सहायता दिनमा सन्तोषजनक आनन्द पाउन सकिन्छ।

सहन सक्ने बल दिने आनन्द

१८. अन्य आधुनिक परीक्षाहरूको सामना गर्ने मदद हामीलाई के ले दिन सक्छ?

१८ हाम्रा दैनिक जीवनमा धैर्यको खाँचो पर्ने धेरै परिस्थितिहरू आउँछन्‌। उदाहरणका लागि, शारीरिक रोग, मानसिक नैराश्‍य र आर्थिक कष्टहरू। यस प्रकारका परीक्षाहरूको सामना गर्दा एक जना मसीहीले आफ्नो आनन्द कसरी कायम राख्न सक्दछ? परमेश्‍वरको वचनबाट सान्त्वना र निर्देशन लिएर। कष्टमा परेको बेलामा, भजनसंग्रह पढ़ेर अथवा भजनसंग्रह अरूले पढ़ेको सुनेर धेरै नै सान्त्वना पाउन सक्ने छौं। साथै, दाऊदको यो बुद्धिपूर्ण सल्लाहलाई विचार गर्नुहोस्‌: “तेरो भारी परमप्रभुमा [यहोवा NW] राख, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुने छैन।” (भजनसंग्रह ५५:२२) हो, यहोवा वास्तवमा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ।—भजनसंग्रह ६५:२.

१९. दाऊद र पावलले झैं, हामीले पनि के कस्तो दृढ़ विश्‍वास राख्नु पर्दछ?

१९ हामी कमजोर मानिसहरूलाई आफ्ना समस्याहरूसँग मुकाबिला गर्ने बल दिन, यहोवाको सङ्‌गठन, आफ्ना प्रकाशनहरू र मण्डलीका प्राचीनहरू द्वारा मदद दिन सधैं तत्पर छ। दाऊदले हामीलाई यो न्यानो हौसला दिन्छन्‌: “आफ्नो मार्ग परमप्रभुलाई [यहोवालाई NW] सुम्पी। उहाँमा नै भरोसा राख, अनि उहाँले सो पुर्‌याइदिनुहुनेछ।” दाऊदले एसो पनि भन्‍न सके: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको र तिनको सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” “धर्मात्माको उद्धार परमप्रभुको [यहोवाको NW] तर्फबाट हुन्छ, दुःखको समयमा उहाँनै तिनीहरूको दृढ़ गढ़ हुनुहुन्छ” भन्‍ने तथ्य हामी मसीही मण्डलीको सम्बन्धमा देख्न सक्ने छौं। (भजनसंग्रह ३७:५, २५, ३९) हामी सधैं पावलको यो सल्लाह मान्‍नेगरौं: “यसकारण हामी हरेस खाँदैनौं, . . . हामी देखिने कुरालाई होइन, तर नदेखिने कुरालाई हेर्दैरहन्छौं, किनभने देखिने कुराहरू लौकिक मात्र हुन्‌। तर न देखिने कुरा चाहिं अनन्त हुन्‌।”—२ कोरिन्थी ४:१६-१८.

२०. विश्‍वासको आँखाले हामी के देख्दछौं र यसले हामीलाई के गर्ने प्रेरणा दिन्छ?

२० हाम्रो विश्‍वासको आँखाले हामी यहोवाको नया रीतिरिवाज सामने देख्न सक्छौं। त्यहाँ तुलना गर्नै नसकिने आनन्द र आशिषहरू हुनेछन्‌! (भजनसंग्रह ३७:३४; ७२:१, ७; १४५:१६) त्यो गौरवमय समयको तयारी गर्दै, हामी भजनसंग्रह १००:२ का यी शब्दहरूलाई ध्यान दिने गरौं: “आनन्दसाथ परमप्रभुको [यहोवाको NW] सेवा गर, भजन गाएर उहाँको सामने आओ।” (w91 1/1)

[फुटनोट]

a “आर्य श्रेष्ठता” बारे, फरवरी १७, १९४० को दी न्यु योर्क टाइम्समा, जर्ज टाउन विश्‍वविद्यलायको एउटा क्याथोलिक रिजेन्टले एसो भनेको कुरा दिएको थियो: “यो पवित्र रोमी साम्राज्य अथवा जर्मन साम्राज्यको पुनःस्थापना हुनै पर्छ भनेर एडोल्फ हिटलरले भनेको मैले सुनेको छु।” तर इतिहासकार, विलियम शररले त्यो साम्राज्यको नतिजाको वर्णन यस प्रकार गरेको पाउँछौं: “तेस्रो रायख्‌ले (सम्पूर्ण जर्मन राष्ट्रमण्डल) जनवरी ३०, १९३३ मा जन्म लियो र यसले हजार वर्ष सम्म राज्य गर्नेछ भनेर हिटलरले धाँक लगायो। र नात्सीहरू आपसमा बोल्दा, यसलाई ‘हजार वर्षे रायख्‌’ भन्‍ने गर्थिए। तर यो केवल बाह्र वर्ष र चार महिनासम्म कायम रहयो।”

पुनरावलोकन:

◻ जातीय भेद-भावमाथि के आनन्दमय विजय आज देखिन्छ?

◻ परमेश्‍वरका प्राचीन जनहरू के कारणले गर्दा आनन्दसाथ चर्को सोरमा गाउँदै कराए?

◻ आधुनिक समयहरूमा साँचो आनन्दको बृद्धि कसरी भएको छ?

◻ धैर्य र आनन्द साथ साथै कसरी हिड़छन्‌?

◻ हामीले आफ्नो आनन्द कसरी कायम राख्न सक्नेछौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने