राज्य प्रचारकहरूले रिपोर्ट गर्छन्
भारतमा तिनीहरूले आफ्नो ज्योतिलाई चम्कनु दिएका
भारतमा ११,५२४ जना आनन्दित साक्षीहरूद्वारा राज्यको सुसमाचार प्रचार गरिदैछ। (मत्ती २४:१४) सेवा वर्ष १९९१-को दौडानमा बप्तिस्मा लिने १,०६६ जना राज्य प्रचारकहरू हुन् जो अरूहरू प्रति आफ्नो ज्योति चम्कन दिन्छन्। ख्रीष्टको मृत्युको स्मरणार्थमा २८,८६६ जनालाई भेला भएक देख्न पाएकोमा सबैजना कत्ती खुशी थिए।
▫ धेरैले सुरुमा अनौपचारिक गवाहीद्वारा नै राज्य आशा बारे सिक्तछन्। उदाहरणका लागि एकजना साक्षीले आफूसङ्गै काम गर्ने ऊ जस्तै सिकर्मी साथीहरूलाई राज्यको विषयमा कुरा गरे छन्। तिनीहरू मध्ये एकजना साथीले चासो देखायो र आफ्नो ज्योति परिवार र आफ्ना मित्रहरू माथि चम्काउन सुरु गऱ्यो। समयमा यी व्यक्तिहरूले अरूहरूलाई पनि राज्यको यो उदेकलाग्दो समाचार खुशीसाथ बाँड्न थाले। एउटा रिपोर्ट अनुसार केही वर्ष भित्रमा ‘३० जना भन्दा बढीले सत्यलाई स्वीकारी सकेका थिए।’ यसरी आफ्नो ज्योति चम्कनु दिएको हुनाकारण तिनलाई र आत्मिक तवर्मा तिनका नयाँ भाइ पर्नेहरूलाई यहोवाले आशिष दिनुभयो।
▫ अर्को मण्डलीका एक जवान भाइले स्कूलमा आफ्नो सहपाठीहरूलाई अनौपचारिक गवाही दिएर आफ्नो ज्योति चम्काए। तिनीहरूमध्ये केहीले राज्य आशाबारे जान्ने उत्सुकता देखाए। अतः यस जवान भाइ अक्सर आधा रातसम्म तिनीहरूलाई बाइबलको बारेमा बताउने गर्दथे। ती मध्येका एक जना क्याथोलिक थिए। ती साक्षीसङ्ग हेमखेम गरेमा त्यसको नतिजा नराम्रो हुने छ भनेर पादरीबाट कडा चेतावनी पाए तापनि सत्यका लागि तिनी अटल भएर बसे। साक्षीहरूद्वारा आफूले साँचो कुरा सिकी रहेछु भनेर यस विद्यार्थीलाई पक्का विश्वास थियो र अझ बढी ज्ञान लिन तिनले बन्द गरेनन्। अंतत समयमा तिनले बप्तिस्मा पनि लिए र आज तिनी मण्डलीमा सहायक सेवकको रूपमा सेवा गर्दैछन्। सत्यको अद्भुत ज्योतिद्वारा आउने आशामा तिनी हर्षित छन्।—रोमी १२:१२.
▫ सोही जवान साक्षीले भनेको कुरा सुन्ने अर्को व्यक्ति, एक जना सुप्रसिद्ध विद्यार्थी थियो। ईश्वरमा विश्वास गर्छु भनेर दाबी गर्नेहरूको ठट्टा गर्ने तिनी एक जना नास्तिक थिए। तर एक दिन तिनी छलफलमा सामेल भए र थुप्रै प्रश्नहरू सोधे। आफ्ना सबै प्रश्नहरूको व्यावहारिक जवाफ पाउदा तिनी चकित भए र बाइबलनै परमेश्वरको वचन हो भन्ने टुङ्गोमा आइपुगे। बाइबल सम्बन्धी ज्ञान लिनमा तिनले उन्नती गर्दै गए र अंतमा बप्तिस्मा पनि लिए। तर तिनका पिताले, जो हिन्दु थिए यसको विरोध गर्दै तिनलाई घरबाट निकाली दिनेसम्मको धम्की दिए। तैपनि समयमा यो जवान मानिसले आफ्नो दृढ निर्णयको कारण राम्रो इनाम पाए। तिनका आफ्नै दुईजना भाइहरू र दुईजना मित्रहरूले सत्यलाई स्वीकारे र बप्तिस्मा समेत लिए। अहिले तिनको एकजना भाइ भारतको शाखा दफ्तरमा सेवा गर्दैछन्।
▫ त्यस्तैगरी एकजना विद्यार्थी आयोजक पनि त्यो जवान साक्षीसङ्ग छलफलमा सामेल भएछ। तिनी पहिला अति नै बढी पिउने गर्थे र चुरोट बिना तिनी एकछिन पनि बस्न सक्तैन थिए। एक पटक त साक्षीहरूद्वारा सत्य पाएका दुईजना आफ्ना सहपाठीहरूलाई तिनले पिट्न समेत खोजेका थिए। सत्यलाई स्वीकारेका हुनाले ती दुई सहपाठीहरूले कलेज हडतालमा भाग लिन इन्कार गरेका थिए र साथै त्यस विद्यार्थी आयोजकद्वारा सञ्चालित रक्त सङ्कलन अभियानमा रक्तदान गर्न पनि मानेका थिएनन्। तर आज यस जवान मानिस ज्योति चम्काउने यहोवाको एक जना साक्षी हुन पाएकोमा आनन्दित छ।
▫ आफ्नो ज्योतिलाई चम्काउन दिने त्यो प्रथम विद्यार्थीले अनौपचारिक गवाहीद्वारा जम्माजम्मी १५ जना आफ्ना मित्रहरूलाई समर्पण र बप्तिस्मा गर्ने मद्दत दिन सके।
यस विशाल मुलुकमा धेरैले यसरी परमेश्वरले ल्याउनु हुने नयाँ संसार सम्बन्धी बाइबलको आशालाई स्वीकारेको र यहोवा परमेश्वरले आफ्नो राज्यमा अनन्तसम्म बाँच्नका लागि जम्मा गरिरहनु भएका विश्वव्यापी भातृत्वमा सामेल भएको देख्न पाउनु ज्यादै खुशीको कुरा हो। (w92 8/1)