तपाईं किन उपस्थित हुनुपर्छ
संसारभरिका शहरहरूमा यस गर्मीमा हुने “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनहरूमा तपाईंले चार दिनसम्म लाभप्रद आत्मिक निर्देशन पाउनु हुनेछ। जून, जुलाई, र अगस्त महिनाहरूमा संयुक्त राज्यमा मात्र १५० भन्दा बढी ठाउँहरूमा यी भेलाहरू हुनेछन्। साधारणतया कार्यक्रम बिहिवार दिउँसो १ बजेर २० मिनेटमा सुरु हुनेछ र आइतवार दिउँसो ४ बजेर १५ मिनेटमा समाप्त हुनेछ। यस सुखद् अवसरका लागि आ-आफ्ना देश फर्किएका मिसनरीहरूको रिपोर्टहरू केही सम्मेलनहरूको विशेषता हुनेछ।
तपाईं वृद्ध या जवान—पति, पत्नी, आमा, बाबु, किशारे-किशोरी वा बालक जे भए तापनि—तपाईंलाई लाभ हुने खालका शिक्षा स्पष्ट र चित्त बुझ्दो ढङ्गमा तपाईंले पाउनु हुनेछ। उदाहरणका लागि, आज धेरै जना सोध्छन्, जीवनको उद्देश्य के हो? शुक्रवार बिहान यो प्रश्न छलफल गरिएको सुन्न पाउँदा र अरूहरूलाई यो विषय बुझाउने मदत पाएकोमा तपाईं आनन्दित हुनुहुनेछ।
शुक्रवार दिउँसोको कार्यक्रममा “विवाहलाई अनन्त बन्धन बनाउनु,” “आफ्ना घर-परिवारको उद्धारका निम्ति कडा मेहनत गर्नु,” र “आमा-बाबुहरू—तपाईंहरूका छोरा-छोरीहरूलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता छ” जस्ता विषयहरू हुनेछन्। यसपछि तुरुन्तै युवाजनहरूको समस्याहरू र तिनको सामना तिनीहरूले कसरी गर्न सक्ने छन् भन्ने विषयमाथि विशेष ध्यान केन्द्रित गरिनेछ। आफ्ना सृष्टिकर्त्तालाई अहिले सम्झिने युवाहरू भन्ने आधुनिक नाटकबाट तिनीहरू प्रोत्साहित हुनु पर्छ।
येशूले आखिरी दिनका सम्बन्धमा भन्नु भएको भविष्यवाणी, खासगरी उहाँका यी शब्दहरू, “ती सङ्कटका दिनको तुरुन्त पछि सूर्य अँध्यारो हुनेछ” भन्ने विषय शनिवारको कार्यक्रमको एउटा विशेषता हुनेछ। (मत्ती २४:२९) त्यो “सङ्कट” कहिले आउनेछ भन्ने विषयको छलफल तपाईं सुन्न चाहनु हुनेछ। शनिवारको कार्यक्रममा आधुनिक समयमा यहोवाका साक्षीहरूको गतिविधिको पुनःरावलोकन गरिनेछ र तिनीहरूले के सम्पन्न गर्न सके भनी देखाइनेछ।
आइतवारका दिन आजकलका प्रचलित भिडियोहरू र सङ्गीतले गर्दा मसीही निष्ठालाई हुन सक्ने चुनौति कसरी सामना गर्ने भन्ने विषयलपाई धोकामा नपर वा परमेश्वरको ठट्टा नगर भन्ने अर्को नाटकले बताउनेछ। दिउँसो हुने जनभाषणमा “हाम्रा कठिन दिनहरूका लागि स्वस्थप्रद शिक्षा” भन्ने विषयमा भाषण दिइनेछ। “ईश्वरीय शिक्षामा बलियो गरी अडी रहनुहोस्” भन्ने सल्लाहपूर्ण भाषणबाट कार्यक्रम टुङ्गिनेछ।
अवश्य पनि, तपाईंले चारै दिन उपस्थित रहेर लाभ उठाउनु हुनेछ! उपस्थित हुनका लागि तपाईलाईं हार्दिक निमन्त्रणा छ। तपाईंको घरको पाइक पर्ने ठाउँबारे पत्ता लगाउन यहोवाका साक्षीहरूको स्थानीय राज्य-सभागृहसङ्ग सम्पर्क राख्नुहोस् अथवा यो पत्रिकाका प्रकाशकलाई लेखिपठाउनु होस्। (w93 6⁄1)