“परमेश्वरको वचनमा विश्वास” जिल्ला अधिवेशनमा स्वागत छ!
विश्वभरिका अधिवेशन स्थानहरूमा लाखौं मानिसहरू उपस्थित हुनेछन्। संयुक्त राज्यमा मात्र १९३ वटा अधिवेशन सम्पन्न हुनेछन्। प्रथम अधिवेशन मे २३-२५ मा र अन्तिम चाहिं सेप्टेम्बर १२-१४ मा हुनेछ। सम्भवतः, शुक्रबारदेखि आइतबारसम्मका यी तीन दिने जमघटहरूमध्ये कुनै एउटा त तपाईंलाई पायक पर्ने शहरमा हुनेछ।
तपाईंले त्यहाँ यथेष्ट मात्रामा व्यवहारिक बाइबल शिक्षा पाउनुहुनेछ। अधिकांश ठाउँहरूमा संगीतको धुनसहित बिहान ९.३० बजे कार्यक्रम सुरु हुनेछ। परमेश्वरको वचनले असाध्यै ओतप्रोत भएका मानिसहरूसित शुक्रबार बिहान २५ मिनेटसम्म अन्तरवार्ता लिइनेछ। त्यस दिनको बिहानको कार्यक्रम, “हामी दृष्टिले होइन तर विश्वासले हिंड्छौं” विषयक मुख्य भाषणपछि समाप्त हुनेछ।
शुक्रबार अपराह्नको प्रथम भाषणले मसीही मण्डलीमा युवाहरूको महत्त्वपूर्ण भूमिकाबारे छलफल गर्नेछ। त्यसपछिको तीन भाग भएको गोष्ठीमा मसीही बोली, आचरण र व्यक्तिगत पहिरनजस्ता बाइबल स्तरहरू छलफल गरिनेछ। त्यसपछि हुने “अविश्वासी हुनदेखि सावधान हुनुहोस्” र “परमेश्वरको वचन जीवित छ” विषयक भाषणहरूले हिब्रू अध्याय ३ र ४ का उत्तम चेताउनीमाथि प्रकाश पार्नेछन्। शुक्रबारको कार्यक्रम “सबैका लागि उपयोगी किताब” शीर्षक भाषणको साथसाथै समाप्त हुनेछ।
शनिबार बिहान “विश्वास कामबिना मरेको हुन्छ” विषयक भाषण हुन्छ। त्यस बिहानको अर्को महत्त्वपूर्ण भाषण “सत्यमा गहिरिनुहोस् र दृढ हुनुहोस्”-ले कसरी आध्यात्मिक प्रगति गर्न सकिन्छ, बताउँछ। त्यस दिनको कार्यक्रमको यो भाग प्रत्येक अधिवेशनमा हुने विशेषता, “परमेश्वरको वचनमा विश्वास गर्नाले बप्तिस्मातर्फ डोऱ्याउँछ” शीर्षक भाषणपछि नयाँ चेलाहरूलाई बप्तिस्मा दिइन्छ।
शनिबार अपराह्नको प्रारम्भिक भाषण “विश्वासको निम्ति उत्कटतासाथ कम्मर कस्नुहोस्” भाषणमा बाइबल पुस्तक यहूदाको चेताउनी छलफल गरिनेछ। “यहोवाको भवनमा जाऔं” शीर्षक एक घण्टा लामो गोष्ठीमा मसीही सभाहरूबाट पाइने लाभहरू छलफल गरिनेछ। त्यस दिनको कार्यक्रम “तपाईंको विश्वासको जाँच गर्ने समय अहिल्यै हो” भाषणको साथै समापन हुन्छ।
आइतबार बिहानको कार्यक्रममा तीन भाग भएको गोष्ठी हुनेछ र त्यसमा बाइबल पुस्तक योएल र हाम्रो समयमा त्यसको उपयोगिताबारे छलफल गरिनेछ। त्यसपछि “आँखा निर्मल राख्नुहोस्” शीर्षक बाइबल नाटक हुनेछ। “विश्वास र तपाईंको भविष्य” शीर्षक जनभाषण नै अधिवेशनको विशेष भाग हुनेछ।
निस्सन्देह, तपाईं त्यहाँ उपस्थित हुनुभएर आध्यात्मिक तवरमा समृद्ध हुनुहुनेछ। प्रत्येक दिन तपाईंलाई हार्दिक स्वागत छ। त्यहाँ उपस्थित हुन अहिल्यै योजना बनाउनुहोस्। तपाईं बस्नुभएको ठाउँबाट नजीक सम्पन्न हुने अधिवेशनको लागि यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनमा सम्पर्क राख्नुहोस् वा यस पत्रिकाका प्रकाशकहरूलाई पत्राचार गर्नुहोस्। संयुक्त राज्य, क्यानाडा, बेलाइत र आइरल्याण्डमा हुने अधिवेशन ठेगानाहरू पनि ब्यूँझनुहोस्! जून ८ को अंकमा पाउन सक्नुहुन्छ।