प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१५ पृ. ४-७
  • डरको अन्त कहिले हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डरको अन्त कहिले हुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको नयाँ संसारमा सुरक्षा
  • चोररहित एउटा संसार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • एउटा भद्रगोल संसारमा अपराधको सामना गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • अपराधको अन्त अब नजिक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • के डराउनै नपर्ने समय आउला?
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१५ पृ. ४-७

डरको अन्त कहिले हुनेछ?

आजभन्दा २,००० वर्षअघि जीवित मानिससित साँचो सुरक्षा सम्बन्धित छ भनेर थाह पाउँदा के तपाईं छक्क पर्नुहुनेछ? येशूले प्रेमको आवश्‍यकता देखाउनुहुँदै यस उल्लेखनीय दृष्टान्त बताउनुभयो: “कोही एउटा मानिस यरूशलेमबाट यरीहोतिर गइरहँदा डाँकूहरूको फेला पऱ्‍यो, तिनीहरूले त्यसलाई नांगै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।” यस व्यक्‍तिलाई दुइ यात्रुहरूले बेवास्ता गरे तापनि एक दयालु सामरीले दया देखाए। तर आज अपराधका शिकार हुनेहरूप्रति कसले चासो देखाउँछ? हामी डरबाट कस्तो छुटकारा आशा गर्नसक्छौं?—लूका १०:३०-३७.

धेरैले परमेश्‍वरमा विश्‍वास राख्ने दाबी गरे तापनि नियम कानुन त मानिसले नै लागू गर्नुपर्छ भनी सोच्छन्‌। तर कडा कैद सजायहरू लागू गर्दैमा र अत्यधिक प्रहरी भर्ती गरेर तिनीहरूलाई बढी तलब दिंदैमा के हिंसात्मक अपराध अन्त हुनेछ? नियम लागू गराउने निकायहरूको सुरक्षा स्थापना गर्ने निष्कपट प्रयास- हरूलाई ध्यानमा राख्दा तिनीहरूले लागू पदार्थको दुर्व्यसन, सुनियोजित अपराध र गरिबीजस्ता कुराहरू निर्मूल गर्नेछन्‌ भनी के तपाईं साँच्चै विश्‍वास गर्नुहुन्छ? यद्यपि, धार्मिकताको लागि हाम्रो भोक र तिर्खा व्यर्थमा जानेछैन।—मत्ती ५:६.

भजन ४६:१ यसो भन्छ: “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, संकष्टमा अति सजिलैसँग पाइने सहायक।” हामीले यी शब्दहरू सुन्दर काव्य मात्रै होइनन्‌ भनेर बुझ्नेछौं।

तपाईंलाई थाह भएकै कुरा हो, समाचार माध्यमले दिनहुँ गृहयुद्ध तथा आतंककारी आक्रमणहरूमा हुने अमानवीय नरसंहारबारे बताउँछ। संसारका केही मुलुकहरूमा घरबारविहीन केटाकेटीहरू वा अपराधका प्रत्यक्षदर्शीहरूलाई मार्नु सामान्य कुरा भइसकेको छ। जीवन किन यतिको मूल्यहीन भएको? त्यस्ता अपराधहरूका थुप्रै कारणहरू भए तापनि हामीले बिर्सनै नहुने एउटा कारण छ।

परमेश्‍वरको वचन, बाइबलअनुसार “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) भनौं भने, येशू ख्रीष्टले शैतान अर्थात्‌ दियाबललाई झूट मात्र होइन तर “हत्यारा” भनेर चिनाउनुभयो। (यूहन्‍ना ८:४४) मानवजातिमाथि विभिन्‍न ढंगमा नियन्त्रण जमाएर यस शक्‍तिशाली आत्मिक प्राणीले आज व्याप्त अपराधको वृद्धिलाई प्रवर्धन गरिरहेको छ। प्रकाश १२:१२ यसो भन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” तर आनन्दको कुरा, यस दुष्ट रीतिरिवाजलाई “नयाँ स्वर्ग र नयाँ पृथ्वी[ले]” प्रतिस्थापन गर्नेछ “जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.

नयाँ संसारको यस अद्‌भुत आशाको अलावा अहिले हाम्रो निम्ति कस्तो मदत उपलब्ध छ?

यस प्रश्‍नको सकारात्मक जवाफ पाउनअघि एउटा कुरा मनमा राख्नु बेस हुन्छ। त्यो हो, साँचो मसीहीहरूसमेत अपराधबाट बच्नेछन्‌ भन्‍ने कुनै ग्यारेन्टी छैन। प्रेरित पावलले व्यक्‍तिगत तवरमा भोगेका केही खतराहरू वर्णन गरे। तिनी “नदीहरूका जोखिममा, डाँकूहरूका जोखिममा, आफ्नै जातिबाटका जोखिममा, अन्यजातिहरूबाटका जोखिममा, शहरमा जोखिममा, सूनसान स्थानका जोखिममा, समुद्रका जोखिममा” परेका थिए। (२ कोरिन्थी ११:२६) यद्यपि, पावल ती खतराहरूबाट उम्के। आज पनि त्यही कुरा लागू हुन्छ; हामी सतर्क भएर यथासम्भव सामान्य ढंगमा आफ्ना कामकुराहरू चलाउनसक्छौं। आउनुहोस्‌, केही मदतकारी बुँदाहरूमा ध्यान देऔं।

यदि तपाईं खतरनाक टोलछिमेकमा बस्नुहुन्छ भने असल आचरणले सुरक्षा प्रदान गर्नसक्छ किनभने मानिसहरूले अरूलाई ध्यान दिएर हेरिरहेका हुन्छन्‌। डाँकूहरूले योजना बनाएर अपराध गरे तापनि धेरैले आफूलाई साधारण मानिसहरूजस्तै ठान्छन्‌। त्यसकारण अरूको कामकुरालाई आलोचना नगर्नुहोस्‌ र तिनीहरूले के के गर्छन्‌ भनेर खोजीनिती गर्न नखोज्नुहोस्‌। यसरी प्रत्याक्रमणको शिकार हुनसक्ने सम्भाव्यतालाई कम पार्न सक्नुहुन्छ। नबिर्सनुहोस्‌, कसले नयाँ मालताल किनेको छ वा को चाहिं बिदा मनाउन जाने भएकोले घरमा हुनेछैन भनेर चोरहरूले पत्ता लगाउन खोज्छन्‌। अतः, अरूलाई आफ्नो सबै कुरा बताउनअघि चनाखो हुनुहोस्‌।

यहोवाका धेरैजसो साक्षीहरूले प्रचारकहरू भन्‍ने नाउँले गर्दा निकै हदसम्म सुरक्षा पाएका छन्‌। अपराधीहरूले त्यस्ता मसीहीहरूलाई प्रायजसो आदर गरेको पाइएको छ। किनभने ती मसीहीहरूले निष्पक्ष भई आफ्नो समुदायका मानिसहरूलाई मदत गर्छन्‌। यहोवाका साक्षीहरू हत्यारा वा चोर होइनन्‌ र तिनीहरूले ‘अर्काको कुरामा हात हाल्दैनन्‌।’ यसर्थ, तिनीहरू खतरा होइनन्‌।—१ पत्रुस ४:१५.

परमेश्‍वरको नयाँ संसारमा सुरक्षा

येशू ख्रीष्टले भविष्यवाणी गर्नुभएअनुसार ‘अधर्म वृद्धि’ भएकोमा हामी अफसोच गर्छौं। तर हामी अचाक्ली चिन्तित हुनुको साटो परमेश्‍वरले यस दुष्ट रीतिरिवाजलाई चाँडै निर्मूल गर्नुहुनेछ भनेर विश्‍वस्त हुनसक्छौं। येशूले “राज्यको यो सुसमाचार” विश्‍वभरि प्रचार गरिनेछ भनेर भविष्यवाणी गर्नुबाहेक आफ्ना अनुयायीहरूलाई यसप्रकार सम्झाउनुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती २४:१२-१४.

कहिलेकाहीं असोचनीय क्रूरताका साथ अरूलाई आफ्नो शिकार बनाउने व्यक्‍तिहरू हटाइनेछन्‌ भनेर हामी निर्धक्क हुनसक्छौं। हितोपदेश २२:२२, २३ यसो भन्छ: “असहाय छ भनेर गरीब मानिसलाई कहिल्यै नलूट्‌, अदालतमा गरीब-दुःखीसित कुव्यवहार नगर्‌। किनभने परमप्रभुले तिनीहरूको पक्ष लिनुहुनेछ, र उहाँले तिनीहरूको जीविका लुट्‌नेहरूलाई लुट्‌नुहुनेछ।” यहोवाले डाँकू, हत्यारा वा यौन प्रवृत्त कुकर्मीहरूलाई नामेट गर्नु- हुनेछ। यसबाहेक, उहाँले त्यस्ता अपराधहरूमा पर्ने निर्दोष व्यक्‍तिहरूलाई भुल्नुहुनेछैन। उहाँले तिनीहरूको क्षतिपूर्ति गर्नुहुनेछ र पूर्ण स्वास्थ्य प्रदान गर्नुहुनेछ।

निस्सन्देह, ‘खराबी गर्न छोडेर भलाइ गर्नेहरूले’ आउँदै गरेको महासंकष्ट पार गरेर वा पुनरुत्थानद्वारा अनन्त जीवन प्राप्त गर्नेछन्‌। “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२७-२९) येशूको छुडौतीको बलिदानले गर्दा त्यस्ता लाभहरू उपलब्ध हुनेछन्‌। (यूहन्‍ना ३:१६) तर पुनःस्थापित प्रमोदवनमा कस्तो प्रकारको जीवन हुनेछ?

परमेश्‍वरको राज्यअन्तर्गत जीवन साँच्चै आनन्दमय हुनेछ। यहोवाले यस्तो भविष्यवाणी गर्नुहुन्छ: “मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्‌।” (यशैया ३२:१८) अनन्त जीवन पाउने सबैले आफ्नो व्यक्‍तित्वमा छाँटकाँट गरिसकेको हुनेछ। कोही दुष्ट वा अन्यायी हुनेछैनन्‌ नता कोही त्यस्तो व्यक्‍तिको सम्भाव्य शिकार हुनेछन्‌। भविष्यवक्‍ता मीका यसो भन्छन्‌: “हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (मीका ४:४; इजकिएल ३४:२८) आजका खतरनाक टोलछिमेकहरूभन्दा कति भिन्‍न!

[पृष्ठ ६-मा भएको पेटी]

चनाखो हुनुहोस्‌

धेरैजसो अपराधीहरू हर समय अपराधी क्रियाकलापहरूमा संलग्न हुन्छन्‌ र त्यसलाई आफ्नो पेशा नै बनाएका हुन्छन्‌। तपाईंलाई एक जनाले मात्र बन्दुक तेर्साए तापनि तिनीहरू दुइ या तीन जनाको समूहमा हुनसक्छन्‌। अपराधी जति कम उमेरको हुन्छ उति नै बढी खतरनाक हुन्छ भनेर दिन प्रतिदिन स्पष्ट हुँदै गइरहेको छ। तपाईं अपराधीको शिकार हुनुभयो भने के गर्न सक्नुहुन्छ?

शान्त रहनुहोस्‌ ताकि चोर नअत्तालिओस्‌। उसको अनुभवको अभावले गर्दा तपाईंको ज्यानसमेत जानसक्छ। यदि तपाईं यहोवाको साक्षीमध्ये एक हुनुहुन्छ भने आफूलाई चिनाउनुहोस्‌। यद्यपि, चोरले मागेको सबै कुरा दिन तयार हुनुहोस्‌। ढिलासुस्ती गर्नुभयो भने खतरा झनै बढ्‌छ। पछि आफ्नो परिचयपत्रहरू वा बस भाडा तिर्न पैसा माग्नु ठीकै पनि हुनसक्छ।

प्रायजसो तपाईंले अपराधीलाई चिन्‍न सक्नुहुन्‍न। केही चोरहरू लागू पदार्थको दुर्व्यसनी वा पेशेवर अपराधीहरू हुनसक्छन्‌ भने केही केवल खानेकुरा किन्‍न पैसा चाहन्छन्‌। जेसुकै होस्‌, धेरै पैसा नबोक्नुहोस्‌। गरगहना, सुनको औंठी वा महँगो घडीहरू देखाएर नहिंड्‌नुहोस्‌। डराएजस्तो नगरी सरासर हिंड्‌नुहोस्‌। शंकास्पद व्यक्‍तिलाई चिन्‍न खोजेझैं तिनीहरूलाई ट्‌वाल्ल नहेर्नुहोस्‌। सडकमा गोली हानाहान भयो भने जमीनमा लम्पसार पर्नुहोस्‌; लुगाफाटा पछि धुन सकिन्छ।—रियो दे जेनेरोका भूतपूर्व प्रहरी।

[पृष्ठ ५-मा भएको चित्र]

शान्त रहनुहोस्‌ र चोरले मागेको सबै कुरा दिनुहोस्‌। ढिलासुस्ती गर्नुभयो भने खतरा बढ्‌छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने