प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १२/१५ पृ. २४-२५
  • “म यहोवाको लागि मूल्यवान्‌ छु!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म यहोवाको लागि मूल्यवान्‌ छु!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १२/१५ पृ. २४-२५

“म यहोवाको लागि मूल्यवान्‌ छु!”

यी “आखिरी दिनमा डरलाग्दो समय[ले]” गर्दा यहोवाका थुप्रै विश्‍वासी सेवकहरूले निकम्मा हुनुको भावनासित निरन्तर संघर्ष गर्छन्‌। (२ तिमोथी ३:१) यो अनौठो होइन किनभने शैतानका “धूर्त युक्‍तिहरू[मध्ये]” एक, हामीलाई कसैले प्रेम नगरेको र सृष्टिकर्तासमेतले प्रेम गर्नुहुन्‍न भनेर महसुस गराउनु हो! (एफिसी ६:११, न्युव, पादटिप्पणी) अतः अप्रिल १, १९९५ को प्रहरीधरहरा-को अंकमा मण्डलीको अध्ययनको लागि त्यही विषयमा दुइटा लेखहरू छापिनु उपयुक्‍त थियो। ती हुन्‌, “तपाईं परमेश्‍वरको नजरमा मूल्यवान हुनुहुन्छ!” र “प्रेम र सुकर्ममा उत्तेजित गराउनुहोस्‌—कसरी?” यहोवाले हाम्रा प्रयासहरू मूल्यवान्‌ ठान्‍नुहुन्छ भनेर सम्झाउन यी लेखहरू छापिएका हुन्‌। प्राप्त केही मूल्यांकनपत्रहरू यसप्रकार छन्‌:

“म यहोवाको साक्षी भएको २७ वर्ष भइसक्यो। यति लामो समयको दौडान यो पत्रिकाले जति मलाई कुनैले प्रभावित गरेको छैन। मैले आँसु थाम्नै सकिनँ। यी लेखहरूले मलाई हलुको पाऱ्‍यो। म अब यहोवाले प्रेम गर्नुभएको महसुस गर्छु। एउटा ठूलो बोझ नै हटाइदिएको जस्तो लाग्यो।”—सि. एच.

“मैले यो पत्रिका एक दिनमा चार चोटिसम्म पढें। तपाईं निकम्मा महसुस गर्नुहुन्छ भने तपाईंलाई झूट सिकाइएको थियो भनेर उक्‍त लेखले बताएको तरिका मलाई साह्रै मन पऱ्‍यो। म यो लेख गोठालोकार्य र घर-घरको सेवकाईमा प्रयोग गर्नेछु।”—एम. पी.

“यहोवालाई प्रेम गर्नेहरूलाई समेत निकम्मा र तिनीहरूलाई कसैले प्रेम गर्दैनन्‌ भनेर महसुस गराउन शैतान निकै सफल भएको छ। यहोवाले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ र हामीले उहाँको लागि गर्ने सानो कामसमेत मूल्यांकन गर्नुहुन्छ भनेर ‘विश्‍वासी दासवर्गले’ सम्झाएको मलाई निकै प्रोत्साहनदायी लाग्यो। मैले यी लेखहरूमा व्यक्‍त गरिएका जस्तै भावनाहरू महसुस गरेको धेरै वर्ष भइसक्यो। मैले आफूलाई कहिल्यै यहोवाको प्रेमको योग्य महसुस गरिनँ। त्यसकारण मैले त्यो प्रेम प्राप्त गर्न उहाँको झन्‌ झन्‌ बढी सेवा गर्न खोज्थें। तर मैले ग्लानि र लाजले गर्दा त्यसो गरेको थिएँ। अतः मैले सेवकाईमा जतिसुकै घण्टा बिताएँ वा जति नै मानिसहरूलाई मदत गरे तापनि पर्याप्त भएजस्तो महसुस गर्दिनथें। मैले आफूमा कमी मात्र देख्थें। अब प्रेमको खातिर यहोवालाई सेवा गर्दा उहाँ मुस्कुराउनुभएको र मेरो गर्व गर्नुभएको कल्पना गर्छु। यसले गर्दा म अझ बढी प्रेम गर्न प्रेरित हुन्छु र अझै बढी गर्न चाहन्छु। अब यहोवाको सेवाबाट निकै आनन्द महसुस गर्छु।”—आर. एम.

“यी निस्सन्देह अत्युत्तम, असाध्यै उत्थानदायी लेखहरू हुन्‌। मैले अहिलेसम्म पढेका लेखहरूमध्ये यसले जति अरूले मानिसको हृदय छोएन होला! मैले प्रहरीधरहरा पढ्‌दै आएको ५५ वर्ष भइसक्यो र थुप्रै उल्लेखनीय अंकहरू प्रकाशित भएका छन्‌। तर यो लेखको दाँजोमा अरू कुनै आउँदैन। हामी ‘निकम्मा’ र ‘अप्रिय’ छौं र यहोवाको प्रेम ‘पाउन’ कहिल्यै पर्याप्त गर्न सक्दैनौं भन्‍ने सन्देह, आशंका तथा डरलाई यस लेखले कम गऱ्‍यो। यस प्रहरीधरहरा-मा हाम्रा भाइहरूलाई नभई नहुने आध्यात्मिक मदत समावेश छ। गोठालोकार्यमा यी लेखहरूलाई बारम्बार प्रयोग गर्ने मेरो मनसाय छ।”—एफ. के.

“न्यून आत्मसम्मान वा आत्मघृणाका भावनाहरू विरुद्ध संघर्ष गर्ने हामीजस्ता व्यक्‍तिहरूलाई सच्चाइमा लागिरहने बल प्राप्त गर्न असाध्यै कठिन हुनसक्छ। यो लेखमा त्यस्तो गहिरो अनुकम्पा र समझ व्यक्‍त गरिएको थियो। त्यो त, हृदयलाई सञ्चो गर्ने मलमजस्तै भयो। प्रहरीधरहरा-मा त्यस्ता शब्दहरू पढ्‌नु र निस्सन्देह यहोवाले बुझ्नुहुन्छ भनेर थाह पाउनु कति सान्त्वनादायी हुन्छ! यहोवाले आफ्ना जनहरूलाई दोष, लाज वा भयले उत्प्रेरित गर्न खोज्नुहुन्‍न भनेर सम्झाउनुभएकोमा धन्यवाद। हाम्रो परिवारको आर्थिक तथा स्वास्थ्य समस्याहरूले गर्दा मैले प्रचारकार्यमा त्यति धेरै योगदान पुऱ्‍याउन सकेकी छैन। तैपनि आफूले सकेजति गर्न म आनन्दित छु। प्रेमबाट उत्प्रेरित भई सेवा गर्दा म अझ बढी खुशी हुन्छु।”—डी. एम.

“मैले भर्खरै ‘तपाईं परमेश्‍वरको नजरमा मूल्यवान हुनुहुन्छ!’ शीर्षकको लेख पढ्‌न सिध्याएँ। हरेक अनुच्छेद पढ्‌दा मेरा आँखा रसाए। मेरो परिवारमा उस्तो प्रेम देखाइँदैनथ्यो। मेरो अपमान गरिन्थ्यो, जिस्क्याइन्थ्यो र खिल्ली उडाइन्थ्यो। अतः सानै छँदा मैले निकम्मा महसुस गर्न थालें। मैले विपत्ति भोग्नु पर्दा अझै पनि अतीतका ती भावनाहरूले दबिएको महसुस गर्छु। मैले मण्डलीको प्राचीनको हैसियतमा सेवा गर्न छोड्‌दा परमेश्‍वर, मेरो परिवार र मण्डलीका भाइहरूसमक्ष आफू असफल भएको महसुस गरें। यी भावनाहरू रातारात हराउँदैनन्‌ तर यस सामयिक लेखले मलाई निकै हदसम्म सन्तुलन कायम गर्न मदत गरेको छ। यसले मेरो दृष्टिकोणलाई उज्ज्वल बनाएको छ।”—डि. एल.

“तपाईं परमेश्‍वरको नजरमा मूल्यवान हुनुहुन्छ!” लेखको लागि धन्यवाद। मप्रति भएको बाल दुर्व्यवहारले गर्दा आत्मघृणा र निकम्मापनका भावनाहरूसित म संघर्ष गर्छु। यस टेढो सोचाइलाई शैतानको धूर्त युक्‍ति सम्झनु साँच्चै उपयुक्‍त छ। यसले बाँच्ने चाहनालाई नै निस्सासी दिनसक्छ। म अप्रिय छु भन्‍ने झूट विरुद्ध लड्‌न मैले दिनहुँ संघर्ष गर्नुपर्छ। यो लेख मलाई कत्तिको अर्थपूर्ण लाग्छ भनेर तपाईं ठम्याउन सक्नुहुन्‍न होला।”—सि. एफ.

“बाध्यता र दबाबले नभई प्रेमले उत्प्रेरित सेवालाई यहोवाले मूल्यांकन गर्नुहुन्छ भन्‍ने दृष्टिकोणलाई आजकल भाइहरूले विशेषगरि स्वीकार्छन्‌। यहोवाको न्यानो तथा स्नेही व्यक्‍तित्व, अरू व्यक्‍तिहरूप्रति उहाँले देखाउनुहुने व्यक्‍तिगत चासो र उहाँले अरूलाई निमन्त्रणा दिनुहुने मायालु ढंगलाई विचार गर्नु निकै स्फूर्तिदायी तथा उत्प्रेरणादायी हुन्छ। यसैकारण ‘तपाईं परमेश्‍वरको नजरमा मूल्यवान हुनुहुन्छ!’ भन्‍ने लेख पाउनेबित्तिकै धेरैले मूल्यांकन व्यक्‍त गरे। यसले धेरैलाई यहोवासित व्यक्‍तिगत सम्बन्ध विकास गर्न बाटो खोलेको जस्तो देखिन्छ। हालैका प्रहरीधरहरा-मा प्रयोग गरिएको लेखनशैली तथा संवेदनशीलताको लागि म र मेरी पत्नी धन्यवाद व्यक्‍त गर्न चाहन्छौं। विभिन्‍न मण्डलीहरूमा जाँदा यी बुँदाहरू प्रयोगमा ल्याउन हामीले प्रयास गरिरहेका छौं।”—परिभ्रमण निरीक्षकबाट।

“मैले यी पत्रिकाहरू नटुटाई पढ्‌ने गरेको झन्डै ३० वर्ष भइसक्यो तर मैले यो जत्तिको उत्प्रेरणादायी र उत्थानवर्धक लेख भने कहिल्यै पढेको थिइनँ। प्रभावशाली तथा निपुणपूर्वक प्रयोग गरिएका शास्त्रपदहरूले मेरा भावनाहरूमा लुकेको झूट उखेल्न मदत गरेको छ। फलतः म यहोवासित नजीक हुन सकेकी छु। धेरै वर्षसम्म मैले यहोवालाई दोषी भावनाले सेवा गरें। छुडौतीको बलिदान र परमेश्‍वरको प्रेमबारे मसित बौद्धिक ज्ञान मात्र थियो। अन्तरदृष्टि तथा समझ प्रदान गर्ने लेखहरूका लागि धन्यवाद। आशा छ, भविष्यमा पनि यस्तै प्रकारका लेखहरू पढ्‌न पाउनेछु।”—एम. एस.

“सच्चाइमा भएको २९ वर्ष भइसक्यो तर यो लेखले जति कृतज्ञता र गहिरो भावना अरू कुनै लेखले जगाएको छैन। निकै प्रेम तथा हेरचाह गर्ने परिवारमा हुर्किएकी भए तापनि मैले कहिल्यै पनि आफू बाँच्न योग्यको महसुस गरिनँ। यहोवाको सेवा गर्ने कुरा त परै जाओस्‌। यो लेख पढेपछि मैले घुँडा टेकेर यहोवालाई गहिरो रोदनका साथ धन्यवाद चढाएँ। म यो लेखलाई सधैं मूल्यांकन गर्नेछु। आफूप्रति अबदेखि बेग्लै दृष्टिकोण राख्नेछु किनभने अब मैले बुझें, म यहोवाको लागि मूल्यवान्‌ छु।”—डि. बी.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने