सन् १९९६ “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” अधिवेशन
पुरातन समयमा यहोवाका जनहरूले वर्षेनी तीन प्रमुख चाडहरू मनाउने गर्थे। त्यसैगरि आधुनिक समयमा पनि यहोवाको नाउँ धारण गर्ने मानिसहरू वर्षमा तीन पटक हर्षमय अवसरहरूका लागि भेला हुन्छन्। तिनीहरू एक दिने विशेष सम्मेलन दिन, दुइ दिने क्षेत्रीय सम्मेलन र तीन वा चार दिने जिल्ला अधिवेशनमा भेला हुन रमाइलो मान्छन्। यस वर्ष जिल्ला अधिवेशनको शीर्षक “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” हो।
कत्ति सुहाउँदो शीर्षक! हाम्रा परमेश्वर यहोवा “शान्तिका परमेश्वर” हुनुहुन्छ। हो, “उहाँ शान्ति दिनुहुने परमेश्वर” हुनुहुन्छ। हाम्रो नेता येशू ख्रीष्ट “शान्तिका राजकुमार हुनुहुन्छ” अनि यहोवाका सेवकहरूले दिने समाचार ईश्वरीय शान्तिको समाचार हो। (फिलिप्पी ४:९ NW; रोमी १५:३३; यशैया ९:६; नहूम १:१५) ईश्वरीय शान्तिको महत्त्वलाई अझै पूर्णतया मूल्यांकन गर्न सबैलाई मदत दिने एउटा राम्रो अधिवेशन कार्यक्रमको प्रबन्ध गरिएको छ।
यो वर्ष भारतमा मात्रै १५ वटा अधिवेशनहरू हुनेछन्। सम्भवतः तपाईं बस्नुहुने ठाउँ नजीकै पनि अधिवेशन हुनेछ। त्यसोभए तपाईंको टोलछिमेकका साक्षीहरूलाई भेटेर अधिवेशन कहिले र कहाँ हुनेछ त्यो पक्का गरेर त्यहाँ उपस्थित हुन योजना बनाए कसो होला? वास्तविक र चिरकालीन शान्ति रुचाउने सबैले त्यस अधिवेशनमा न्यानो स्वागत अनुभव गर्नेछन्।