तपाईंले यसलाई गुमाउन चाहनुहुनेछैन!
के नगुमाउने? चाँडै सम्पन्न हुन लागेको यहोवाका साक्षीहरूको “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन! अधिकांश ठाउँमा यो अधिवेशन शुक्रबार बिहान ९:३० बजे सांगीतिक धुनसहित आरम्भ हुनेछ। तपाईंले “शान्तिका जोशिला उद्घोषकहरूबाट सुन्ने” विषयक भाषणमा विश्वासलाई दरिलो पार्ने अन्तरवार्ताहरू सुन्नुभएपछि “परमेश्वरले हामीबाट के चाहनुहुन्छ?” शीर्षक भएको प्रोत्साहनदायी भाषणबाट रसपान गर्नुहुनेछ।
“ईश्वरीय शान्तिका सन्देशवाहकहरूको हैसियतमा हाम्रो भूमिका” विषयक प्रेरणादायी मुख्य भाषण शुक्रबार अपराह्नको कार्यक्रमको विशिष्ट भाग हुनेछ। त्यसपछि अर्को भाषण “अरूलाई परमेश्वरको आवश्यकताहरू सिक्न मदत गर्ने”-ले नयाँ व्यक्तिहरूलाई सिकाउनेसम्बन्धी सुझाउहरू प्रस्तुत गर्नेछ। यसपछि समयानुकूल गोष्ठी भाषण “मनोरञ्जनका गोप्य फन्दाहरूबाट जोगिनुहोस्” प्रस्तुत हुनेछ। शुक्रबारको कार्यक्रम “शैतानको विरोध गर्नुहोस्—प्रतिद्वन्द्वलाई नसहनुहोस्” र “परमेश्वरको वचनप्रति वफादारीसाथ निष्ठा कायम राख्ने” भाषणहरूपश्चात् विसर्जन हुनेछ।
शनिबार बिहानको कार्यक्रमअन्तर्गत “शान्तिको सुसमाचार ल्याउने सन्देशवाहकहरू” विषयक तीन भाग भएको गोष्ठी भाषणमा चेला बनाउने कामको महत्त्वमाथि जोड दिइनेछ। कार्यक्रमको यो भाग “यहोवाको संगठनभित्र प्रसन्नदायी कुरा दिने” र “समर्पण र बप्तिस्माद्वारा जीवन र शान्ति” भाषणहरूपश्चात् समाप्त हुनेछ। त्यसपछि नयाँ चेलाहरूले बप्तिस्मा लिने मौका पाउनेछन्।
शनिबार अपराह्नको भाषण “कामकुराहरू गर्दा यहोवाका विचारहरूलाई ध्यान दिनुहोस्”-ले ‘के आज मसीहीहरू छुट्याउने काममा भाग लिंदैछन्?’ र ‘मृत्युदण्डप्रति बाइबलको दृष्टिकोण कस्तो छ?’ जस्ता प्रश्नहरूको जवाफ दिनेछ। तपाईंले दुइ भाग भएको हृदयस्पर्शी गोष्ठी भाषण “शान्तिको परमेश्वरले तपाईंको हेरचाह गर्नुहुन्छ” र विशेषतः “पारिवारिक जीवनमा ईश्वरीय शान्ति प्राप्त गर्नुहोस्” विषयक समापन भाषणबाट आनन्द उठाउनुहुनेछ।
आइतबार बिहानको कार्यक्रममा तीन भाग भएको गोष्ठी भाषण “सही प्रकारका सन्देशवाहकहरूलाई चिन्ने” र “परमेश्वरको वचन ध्यान दिएर सुन्नुहोस् र पालन गर्नुहोस्” शीर्षक भएको भाषण समावेश हुनेछन्। पूर्ण नाटकीय वेशभूषासहितको नाटकपछि बिहानको कार्यक्रम विसर्जन हुनेछ। त्यस नाटकले न्यायकर्ता गिदोनबारे बाइबलमा लिपिबद्ध विवरणबाट मूल्यवान् पाठहरू प्रकाश पार्नेछ।
अधिवेशनको अन्तिम दिन आइतबार अपराह्न “अन्ततः साँचो शान्ति!—तर कुन स्रोतबाट?” शीर्षक भएको जनभाषण हुनेछ। अन्तमा “ईश्वरीय शान्तिका सन्देशवाहकहरूको हैसियतमा अघि बढ्ने” विषयक प्रेरणादायी भाषणपछि अधिवेशन समापन हुनेछ।
अधिवेशनमा उपस्थित हुन अहिल्यै योजना बनाउनुहोस्। सबैभन्दा नजीकको अधिवेशन स्थान पत्ता लाउन यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनमा सम्पर्क राख्नुहोस् वा यस पत्रिकाका प्रकाशकहरूसित पत्राचार गर्नुहोस्। ब्यूँझनुहोस्!-को (अंग्रेजी) जून ८ अंकमा भारतमा सम्पन्न हुने सबै अधिवेशन स्थानहरू सूचीबद्ध गरिनेछ।