प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 २/१ पृ. ८
  • लाट्‌भियाले सुसमाचार स्वीकार्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाट्‌भियाले सुसमाचार स्वीकार्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यवक्‍ताहरूको मनोवृत्ति अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९४
  • बप्तिस्मा गर्न ढिलासुस्ती नगर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 २/१ पृ. ८

राज्य उद्‌घोषकहरूको रिपोर्ट

लाट्‌भियाले सुसमाचार स्वीकार्छ

“सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा हो भनी बाइबलले स्पष्टै देखाउँछ। (१ तिमोथी २:४) धेरै वर्षसम्म सुसमाचार सुन्‍ने सुअवसरबाट वञ्चित भएकाहरूले अहिले सुन्दै छन्‌! संसारका अन्य भागहरूमा जस्तै लाट्‌भियामा पनि सबै उमेर र विभिन्‍न पृष्ठभूमिका मानिसहरूले यो सन्देश स्वीकार्दैछन्‌ भनेर निम्न अनुभवहरूले देखाउँछ।

• पूर्वी लाट्‌भियाको रज्जेकने नाउँ गरेको शहरमा एउटी आमा र तिनकी किशोरी छोरीले एउटी स्त्रीलाई बाटो सोधेछन्‌। यो स्त्री यहोवाको साक्षी रहिछिन्‌ र तिनीहरूलाई बाटो बताइदिएपछि साक्षीहरूको सभामा उपस्थित हुन आमन्त्रित गरिन्‌।

आमा छोरी दुवैको धार्मिक झुकाउ भएको कारण तिनीहरूले सभामा जाने निर्णय गरे। तिनीहरूले बाटोमा जाँदा जाँदै सभामा केही चित्त नबुझ्दा कुराहरू भएमा तुरुन्तै त्यहाँबाट निस्कने सल्लाह मिलाइसकेका थिए। तथापि, सभा असाध्यै चाखलाग्दो भएकोले तिनीहरूको मनमा त्यहाँबाट निस्कने कुरा कहिल्यै आएन। तिनीहरूले बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारे र नियमित तवरमा सभाहरू धाउन थाले। तीन महिना नबित्दै तिनीहरूले प्रचारकार्यमा भाग लिने चाहना व्यक्‍त गरे र बप्तिस्मा लिन उत्सुक छन्‌।

• पश्‍चिमी लाट्‌भियाको एउटा शहरमा एक जना साक्षीले ८५ वर्षीया आन्‍नालाई भेटिन्‌। तिनले साँचो चासो देखाइन्‌ र बाइबल अध्ययन गर्न राजी भइन्‌। तिनकी छोरी र परिवारका अन्य सदस्यहरूले तिनको असाध्यै विरोध गरे। तर आन्‍नाले बाइबल अध्ययन गर्न विरोध तथा वृद्धावस्था वा अस्वस्थतालाई बाधक हुन दिइनन्‌।

एक दिन, आन्‍नाले आफ्नी छोरीलाई आफूले बप्तिस्मा लिन लागेको कुरा बताइन्‌। आन्‍नाकी छोरीले यसो भनिन्‌, “बप्तिस्मा लिनुभयो भने म तपाईंलाई वृद्धाश्रममा पठाइदिन्छु।” तथापि, यो धम्कीले पनि आन्‍नालाई हतोत्साहित पारेन। तिनको शारीरिक अवस्थाको कारण तिनले आफ्नै घरमा बप्तिस्मा लिइन्‌।

आन्‍नाकी छोरीले कस्तो प्रतिक्रिया देखाइन्‌? तिनको मन बदलियो र बप्तिस्मापछि आमाको निम्ति तिनले विशेष भोजन तयार पारिन्‌। त्यसपछि, तिनले आफ्नी आमालाई सोधिन्‌, “बप्तिस्मा लिएपछि तपाईंलाई कस्तो महसुस भइरहेको छ?” आन्‍नाको जवाफ? “नवजात शिशुजस्तो!”

• डिसेम्बर १९९८ मा दुई जना साक्षीहरूले भूतपूर्व सोभियत संघका अवकाश प्राप्त सैनिक अधिकारीलाई भेटे। सृष्टिकर्तामाथि विश्‍वास गर्ने व्यक्‍ति भएको हुँदा तिनी बाइबल अध्ययन गर्न राजी भए र पछि तिनकी श्रीमती पनि अध्ययनमा बस्न थालिन्‌। तिनीहरूले चाँडचाँडो प्रगति गरे र चाँडै बप्तिस्मा अप्राप्त प्रकाशक भए। त्यसपछिको सालको गर्मी याममा भूतपूर्व सैनिक अधिकारीले बप्तिस्मा लिए। आध्यात्मिक कुराहरूप्रति यस दम्पतीको प्रेम मण्डलीका सबैको निम्ति प्रोत्साहनको स्रोत भएको छ। साथै, स्थानीय घरलाई सुन्दर राज्यभवनमा परिणत गर्ने काममा पनि तिनीहरूले सघाए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने