प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ३/१ p. ६
  • के परमेश्‍वरको नाउँ छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के परमेश्‍वरको नाउँ छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • ईश्‍वरको नाम थाह पाउनुहोस्‌ र प्रयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको नाम—यसको प्रयोग अनि अर्थ
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ३/१ p. ६

के परमेश्‍वरको नाउँ छ?

साधारणतया पाइने जवाफ:

▪ “उहाँको नाउँ प्रभु-परमेश्‍वर हो!”

▪ “उहाँको व्यक्‍तिगत नाउँ नै छैन!”

▪ “उहाँको एउटा मात्र नाउँ भए पो!”

येशूले के भन्‍नुभयो?

▪ “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) परमेश्‍वरको नाउँ छ भनेर येशूले विश्‍वास गर्नुहुन्थ्यो।

▪ “मैले तिनीहरूलाई तपाईंको नाउँ परिचित गराएँ, औ परिचित गराउनेछु, र जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा होस्‌, र म तिनीहरूमा होऊँ।” (यूहन्‍ना १७:२६) येशूले परमेश्‍वरको नाउँ परिचित गराउनुभयो।

▪ “अब उप्रान्त तिमीहरूले मलाई फेरि देख्नेछैनौ, जहिलेसम्म ‘धन्य हुन्‌, तिनी, परमप्रभुको [अर्थात्‌, “यहोवाको,” Nw ] नाउँमा आउने’ भन्दैनौ।” (लूका १३:३५; भजन ११८:२६) येशूले परमेश्‍वरको नाउँ प्रयोग गर्नुभयो।

परमेश्‍वर आफै हामीलाई उहाँको नाउँ बताउनुहुन्छ। उहाँले भनेको कुरा यसरी लिपिबद्ध गरिएको छ: “अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रूपमा देखा परें, तर मेरो परमप्रभु [“यहवे,” पादटिप्पणी] नाउँले ता तिनीहरूकहाँ प्रकट भइनँ।”a (प्रस्थान ६:३) नेपालीमा चलाइएको यहोवा शब्द हिब्रू भाषाबाट लिइएको हो। तपाईंलाई अचम्म लाग्ला यो अतुलनीय हिब्रू नाउँ पुरानो बाइबल पाण्डुलिपिहरूमा हजारौं चोटि उल्लेख गरिएको छ। वास्तवमा, अन्य नाउँहरूको तुलनामा परमेश्‍वरको नाउँ बाइबलमा कति हो कति धेरै उल्लेख गरिएको छ।

“परमेश्‍वरको नाउँ के हो?” भनेर सोध्दा कसै-कसैले “प्रभु-परमेश्‍वर” भन्लान्‌। तर त्यस्तो जवाफ दिनु भनेको त “चुनाव कसले जित्यो?” भनेर सोध्दा “उम्मेदवारले” भने जस्तो अर्थ न बर्थको हुन्छ। यो स्पष्ट जवाफ होइन किनभने “प्रभु-परमेश्‍वर” र “उम्मेदवार” भनेको व्यक्‍तिगत नाउँ होइन।

परमेश्‍वरले हामीलाई किन आफ्नो नाउँ थाह दिनुभएको? ताकि उहाँलाई राम्ररी चिन्‍न सकोस्‌। उदाहरणको लागि, एक जना मानिसलाई सर, हाकिम, बुबा, हजुरबुबा भनेर बोलाइन सक्छ। यी पदवीहरूले तिनीबारे केही कुरा बताउँछ। तर त्यो व्यक्‍तिको नाउँले भने तिनीबारे हामीलाई जे जति थाह छ त्यो सबै याद दिलाउँछ। त्यसैगरि प्रभु, सर्वशक्‍तिमान्‌, पिता र सृष्टिकर्ता जस्ता पदवीले परमेश्‍वरको फरक-फरक काममा हाम्रो ध्यान खिच्छ। तर उहाँको व्यक्‍तिगत नाउँ यहोवाले मात्र हामीलाई उहाँबारे थाह भएको सबै कुराको याद दिलाउँछ। परमेश्‍वरको नाउँ थाह नपाई तपाईं कसरी उहाँलाई चिन्‍न सक्नुहुन्छ र?

तर परमेश्‍वरको नाउँ थाह पाएर मात्र पुग्दैन, त्यो प्रयोग गर्नु पनि महत्त्वपूर्ण छ। किन? किनभने बाइबल हामीलाई यसो भन्छ: “[यहोवाको] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”—रोमी १०:१३; योएल २:३२. (w 09 2/1)

[फुटनोट]

a परमेश्‍वरको नाउँको विस्तृत जानकारीको लागि साथै किन कुनै-कुनै बाइबलले यो नाउँ प्रयोग गरेका छैनन्‌ त्यो जान्‍न चाहनुहुन्छ भने यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ १९५-१९७ हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

कुनै एक जना मानिसलाई सर, हाकिम, बुबा, हजुरबुबा भनेर बोलाइन सक्छ। तर तिनको व्यक्‍तिगत नाउँले भने तिनीबारे हामीलाई जे जति थाह छ त्यो सबै याद दिलाउँछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने