पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा मे
“स्वर्गदूतबारे मानिसहरूको धारणा फरक-परक छ। हाम्रो जीवनमा स्वर्गदूतले कस्तो भूमिका खेल्छन् जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यसबारे परमेश्वरको विचार कस्तो छ, के तपाईं थाह पाउन चाहनुहुन्छ? [जवाफ सकारात्मक आएमा र थप कुराकानी गर्न घरधनीले चासो देखाएमा हिब्रू १:१४ पढ्नुहोस्।] परमेश्वरप्रति साँच्चै भक्त मानिसलाई स्वर्गदूतहरूले गर्ने मदतबारे यस लेखले बताएको छ।” [पृष्ठ २३ मा भएको लेख देखाउनुहोस्।]
प्रहरीधरहरा जून
कसै-कसैलाई परमेश्वरप्रति विश्वास गर्न गाह्रो लाग्नुको कारण के होला? [जवाफ दिने मौका दिनुहोस्। घरधनीले चासो देखाएको जस्तो लागेमा अझै भन्नुहोस्।] विश्वास किन महत्त्वपूर्ण छ, यसबारे म तपाईंलाई एउटा बाइबल पद देखाऊँ? [हिब्रू ११:६ पढ्नुहोस्।] हाम्रो विश्वास बलियो बनाउन चाल्नुपर्ने चारवटा कदमबारे यस पत्रिकाले बताएको छ।”