प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ८/१ pp. २५-२८
  • किन समयनिष्ठ हुने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन समयनिष्ठ हुने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा—समयनिष्ठ परमेश्‍वर
  • उपासनामा समयनिष्ठ हुनु महत्त्वपूर्ण
  • समयनिष्ठ हुनदेखि अवरोध खडा गर्ने कुराहरूको सामना गर्ने
  • उपासनामा समयनिष्ठ भएर लाभ उठाउने
  • समयनिष्ठ हुने बानी बसाल्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • परमेश्‍वरको भवनप्रति मूल्याङ्‌कन जाहेर गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • सुसमाचार योग्य चालचलन देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • हाम्रा पवित्र जमघटप्रति आदर देखाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ८/१ pp. २५-२८

किन समयनिष्ठ हुने?

समयनिष्ठ हुनु अथवा समयमै पुग्नु सधैं सजिलो हुँदैन। त्यसको लागि हामीले विभिन्‍न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। जस्तै: लामो दूरीको यात्रा, ट्राफिक जाम अनि व्यस्त तालिका। तैपनि, समयमै पुग्नु महत्त्वपूर्ण छ। उदाहरणको लागि, काम गर्ने ठाउँमा समयनिष्ठ व्यक्‍तिलाई मानिसहरू भरपर्दो र लगनशील व्यक्‍तिको रूपमा हेर्ने गर्छन्‌। अर्कोतिर, ढिलो पुग्ने व्यक्‍तिले अरूको कामलाई अनि उत्पादन तथा सेवाको गुणस्तरलाई असर गर्न सक्छ। ढिलो पुग्ने विद्यार्थीको पढाइ छुट्‌न सक्छ र त्यसले गर्दा उसको शैक्षिक उन्‍नतिमा बाधा पुग्छ। चिकित्सा वा दन्त सेवासम्बन्धी उपचारको लागि दिइएको समयभन्दा ढिलो पुग्दा सेवा पाउने व्यक्‍तिको उपचारलाई असर गर्न सक्छ।

तर कुनै-कुनै ठाउँमा समयनिष्ठ हुनुलाई त्यत्ति महत्त्व दिंइदैन। त्यस्तो वातावरणले गर्दा हामीमा पनि ढिलो गर्ने बानी सजिलै बस्न सक्छ। यदि त्यसो हो भने समयनिष्ठ हुने इच्छा खेती गर्नु महत्त्वपूर्ण छ। समयनिष्ठ हुनुको महत्त्वलाई बुझ्यौं भने त्यसले हामीलाई समयनिष्ठ हुन पक्कै मदत गर्नेछ। समयनिष्ठ हुनुपर्ने केही कारण के-के हुन्‌? समयनिष्ठ हुनदेखि अवरोध खडा गर्ने कुराहरूलाई हामी कसरी पन्छाउन सक्छौं? अनि समयमै पुग्दा कस्ता लाभहरू पाउने आशा गर्न सक्छौं?

यहोवा—समयनिष्ठ परमेश्‍वर

आफूले उपासना गर्ने परमेश्‍वरको हामी अनुकरण गर्न चाहन्छौं अनि यो नै हामी समयनिष्ठ हुन चाहनुको सबैभन्दा ठूलो कारण हो। (एफि. ५:१) समयनिष्ठ हुने सन्दर्भमा यहोवाले एकदमै राम्रो उदाहरण बसाल्नुहुन्छ। उहाँ कहिल्यै ढिलो गर्नुहुन्‍न। आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ तालिकाअनुरूपै चल्नुहुन्छ। उदाहरणको लागि, अभक्‍त संसार जलप्रलयद्वारा नाश गर्ने निर्णय गर्नुहुँदा उहाँले नूहलाई यसो भन्‍नुभएको थियो: “तैंले गोपेर काठको एउटा जहाज बनाउनू।” जलप्रलय हुने समय नजिकिएपछि यहोवाले नूहलाई जहाजभित्र पस्न भन्‍नुभयो र यस्तो जानकारी दिनुभयो: “अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी वर्षाउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्वीबाट म नष्ट गर्नेछु।” अनि उहाँले भन्‍नुभएजस्तै “ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो।” (उत्प. ६:१४; ७:४, १०) नूह र उसको परिवार समयमै जहाजभित्र नपसेका भए उनीहरूको हालत कस्तो हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त! आफूले उपासना गर्ने परमेश्‍वरजस्तै उनीहरू पनि समयनिष्ठ हुनुपरेको थियो।

जलप्रलय भएको करिब ४५० वर्षपछि यहोवाले कुलपिता अब्राहामलाई तिनले एउटा छोरो जन्माउनेछन्‌ र ऊबाट नै प्रतिज्ञा गरिएको सन्तान आउनेछ भनेर बताउनुभयो। (उत्प. १७:१५-१७) परमेश्‍वरले “आउँदो साल यही समयमा” इसहाकको जन्म हुनेछ भनी बताउनुभयो। के त्यस्तो भयो? धर्मशास्त्र यसो भन्छ: “सारा गर्भवती भइन्‌, र अब्राहामको वृद्धावस्थामा, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको समयमा तिनले एउटा छोरा जन्माइन्‌।”—उत्प. १७:२१; २१:२.

यहोवा समयनिष्ठ हुनुहुन्छ भन्‍ने थुप्रै उदाहरण बाइबलमा पाइन्छ। (यर्मि. २५:११-१३; दानि. ४:२०-२५; ९:२५) यहोवाको न्यायको दिन आउने बाटो हेर्दै बस भनेर बाइबल बताउँछ। मानिसको नजरमा यसले “ढीलो” गरेजस्तो लागे तापनि “त्यसले ढीलो गर्नेछैन” भनी हामीलाई आश्‍वासन दिइएको छ।—हब. २:३.

उपासनामा समयनिष्ठ हुनु महत्त्वपूर्ण

“परमप्रभुका तोकिएका चाडहरू” मनाउन रोजिएको स्थानमा सबै इस्राएली पुरुषहरू समयमै उपस्थित हुनुपर्थ्यो। (लेवी २३:२, ४, NRV) कतिखेर के बलिदान चढाउने हो, त्यो पनि परमेश्‍वरले निधो गरिदिनुभएको थियो। (प्रस्थ. २९:३८, ३९; लेवी २३:३७, ३८) के यसले यहोवा आफ्ना उपासकहरू समयनिष्ठ भएको चाहनुहुन्छ भन्‍ने कुरा सङ्‌केत गर्दैन र?

प्रथम शताब्दीमा प्रेरित पावलले कोरिन्थीहरूलाई कसरी सभा सञ्चालन गर्ने, त्यसबारे निर्देशन दिंदा यस्तो आग्रह गरेका थिए: “सबै काम शिष्टरूपले र नियमपूर्वक गर्नू।” (१ कोरि. १४:४०) त्यसैकारण उपासनाको लागि गरिने ख्रीष्टियान जमघटहरू तोकिएको समयमै सुरु गर्नुपर्थ्यो। समयनिष्ठ हुने सन्दर्भमा यहोवाको दृष्टिकोण बदलिएको छैन। (मला. ३:६) त्यसो हो भने ख्रीष्टियान जमघटहरूमा समयनिष्ठ हुन हामी के गर्न सक्छौं?

समयनिष्ठ हुनदेखि अवरोध खडा गर्ने कुराहरूको सामना गर्ने

कसै-कसैले अग्रिम योजना बनाएर ठूलो मदत पाएका छन्‌। (हितो. २१:५) मानिलिनुस्‌, तपाईंलाई तोकिएको समयमा कतै पुग्नु छ भने मुस्किलले पुगिने गरी मात्र समय छुट्ट्याएर पुग्ला त? बाटोमा नचिताएका “अवसरहरू” अर्थात्‌ घटनाहरू आइपरे तापनि ढिलो नहोस्‌ भन्‍नको लागि अलि बढी समय छुट्ट्याउनु बुद्धिमानी हुनेछैन र? (उप. ९:११) होसेa भन्‍ने समयनिष्ठ युवक भन्छन्‌, “समयमै पुग्नको लागि जो-कोहीलाई पनि मदत गर्न सक्ने कुरा भनेको यात्राको लागि कति समय लाग्छ, त्यसबारे राम्ररी विचार पुऱ्‍याउनु हो।”

ख्रीष्टियान सभाहरू सुरु हुनुभन्दा अगाडि नै पुग्नको लागि केहीले आफ्नो कामबाट अलि चाँडै छुट्टी लिने प्रबन्ध मिलाउनुपर्ने हुन सक्छ। काम गर्ने समय परिवर्तन भएकोले ख्रीष्टियान सभाहरूमा ४५ मिनेट ढिलो पुग्ने कुरा थाह पाएपछि इथियोपियाका एक साक्षीले त्यसै गरे। सभा हुने दिनमा आफू चाँडै जान सकियोस्‌ भनेर तिनले आफू पछि काममा आउने सहकर्मीलाई अलि चाँडो काममा बोलाए। त्यसको बदलामा आफ्नो सहकर्मीको लागि थप सात घण्टा काम गरिदिन तिनी राजी भए।

तपाईंका स-साना केटाकेटी छन्‌ भने सभामा समयमै पुग्नु विशेष चुनौती हुन सक्छ। केटाकेटीलाई तयार पार्ने जिम्मेवारी प्रायः आमालाई नै छोड्‌ने गरिन्छ तर परिवारका अरू सदस्यले पनि केटाकेटीलाई तयार पार्न मदत गर्न सक्छन्‌ र मदत गर्नु पनि पर्छ। इस्परान्जा नाउँ गरेकी मेक्सिकोकी एउटी आमाले आठ छोराछोरी एक्लैले हुर्काउँदैछिन्‌। तिनीहरू पाँचदेखि तेइस वर्षसम्मका छन्‌। आफ्नो परिवारले समयनिष्ठ हुन के-कसो गरिराखेका छन्‌, इस्परान्जा बताउँछिन्‌: “जेठी छोरीहरूले आफ्ना भाइबहिनीहरूलाई तयार पार्छन्‌। यसले गर्दा मैले आफ्नो घरधन्दा सिध्याउन र तोकिएको समयमै सभाको लागि निस्कन तयार हुन सकेकी छु।” यो परिवारले घरबाट निस्कने समय तोकेका छन्‌ अनि यसको लागि सबैले एकअर्कालाई सघाउँछन्‌।

उपासनामा समयनिष्ठ भएर लाभ उठाउने

समयमै ख्रीष्टियान सभाहरूमा पुग्दाका फाइदाहरूलाई विचार गऱ्‍यौं भने यसले समयनिष्ठ हुन सक्दो गर्ने हाम्रो इच्छा र संकल्पलाई अझै बलियो बनाउन सक्छ। सभा सुरु हुनुभन्दा अगाडि नै पुग्ने बानी बसालेकी सान्द्रा नाउँकी युवती यसो भन्छिन्‌: “भाइबहिनीहरूलाई अभिवादन गर्ने र उनीहरूसित कुरा गर्ने मौका पाउनुका साथै उनीहरूलाई अझै नजिकबाट चिन्‍न सकिने भएकोले मलाई सभामा छिट्टै पुग्न मन लाग्छ।” राज्यभवनमा चाँडै पुग्यौं भने त्यहाँ आउने भाइबहिनीले सहनशील र विश्‍वासी भई गरेको सेवाबारे सुनेर हामी लाभ उठाउन सक्छौं। आफ्नो उपस्थिति र उत्थानदायी कुराकानीद्वारा हामीले आफ्ना भाइबहिनीहरूलाई “प्रेम र सुकर्ममा उत्तेजित गराएर” राम्रो प्रभाव पार्न सक्छौं।—हिब्रू १०:२४, २५.

हरेक ख्रीष्टियान सभाको सुरुमा गाइने गीत र त्यसपछि गरिने प्रार्थना, हाम्रो उपासनाका महत्त्वपूर्ण भाग हुन्‌। (भज. १४९:१) हाम्रो गीतले यहोवाको प्रशंसा गर्छ, हामीले खेती गर्नुपर्ने गुणहरूको सम्झना गराउँछ अनि आनन्दित भई प्रचारकार्यमा भाग लिन प्रोत्साहन दिन्छ। अनि सुरुमा गरिने प्रार्थनाबारे चाहिं के भन्‍न सकिन्छ? प्राचीन समयमा यहोवाले आफ्नो मन्दिरलाई “प्रार्थनाको घर” भन्‍नुभयो। (यशै. ५६:७) आज पनि परमेश्‍वरलाई प्रार्थना चढाउन हामी सभाहरूमा भेला हुन्छौं। सुरुमा गरिने प्रार्थनामा केवल यहोवाको निर्देशन र पवित्र आत्मा मागिंदैन तर प्रस्तुत गरिने जानकारीहरू हाम्रो मन-मस्तिष्कमा राख्न पनि यसले तयार पार्छ। सुरुमा गाइने गीत र प्रार्थनाको लागि समयमै सभाहरूमा उपस्थित हुन हामी कटिबद्ध हुनुपर्छ।

सभामा चाँडै पुग्नुको कारणबारे बताउँदै २३ वर्षीया हेलेन यसो भन्छिन्‌: “मलाई लाग्छ, यहोवाप्रति प्रेम देखाउने यो एउटा तरिका हो। किनभने त्यहाँ प्रस्तुत हुने सम्पूर्ण जानकारी उहाँले नै हामीलाई दिनुहुन्छ अनि यसमा गीतहरू र सुरुको प्रार्थना पनि पर्छन्‌।” के हामीले पनि यस्तै दृष्टिकोण राख्नुपर्दैन र? हो, राख्नुपर्छ। त्यसैले आउनुहोस्‌, आफ्नो हरेक गतिविधिमा अझ विशेषगरि साँचो परमेश्‍वरलाई उपासना गर्ने सन्दर्भमा समयनिष्ठ हुने बानी बसाल्न यथासक्दो प्रयास गरौं। ( w10 -E 08/15)

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २६-मा भएको चित्र]

अग्रिम तयारी गर्नुहोस्‌

[पृष्ठ २६-मा भएको चित्र]

नचिताएको “अवसर” अर्थात्‌ घटनाको लागि समय छुट्ट्याउनुहोस्‌

[पृष्ठ २६-मा भएको चित्र]

सभामा चाँडै पुग्दाका लाभहरू प्राप्त गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने