प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर p. १
  • परमेश्‍वरको भवनप्रति मूल्याङ्‌कन जाहेर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको भवनप्रति मूल्याङ्‌कन जाहेर गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पवित्र जमघटप्रति आदर देखाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • किन समयनिष्ठ हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मसीही जमघटहरूको मूल्यांकन गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • सुसमाचार योग्य चालचलन देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर p. १

परमेश्‍वरको भवनप्रति मूल्याङ्‌कन जाहेर गर्नुहोस्‌

१ बाइबलकालमा यहोवाले आफ्ना जनहरूलाई परमेश्‍वरको भवनमा एकसाथ नियमित रूपले जम्मा हुने आज्ञा दिनुभयो। (लेवी २३:२) यस्ता जमघटहरूले तिनीहरूलाई मनन गर्ने, सङ्‌गत गर्ने अनि यहोवाका व्यवस्थाहरू छलफल गर्ने समय प्रदान गरेर तिनीहरूको मन परमेश्‍वरको वचनमाथि राख्न मदत गर्थ्यो। तिनीहरूको मन परमेश्‍वरका विचारहरूले भरिन्थे र त्यसले तिनीहरूलाई प्रशस्त आध्यात्मिक आशिष्‌हरू ल्यायो। त्यस्ता अवसरहरू साँच्चै नै आनन्ददायी हुन्थे। त्यस प्रबन्धले तिनीहरूको एकता र साँचो उपासनालाई प्रवर्धन गर्थ्यो। आज पनि परमेश्‍वरको भवनमा भेला हुनु कम महत्त्वको छैन।

२ सभाहरूप्रति मूल्याङ्‌कन गर्छौं भनी कसरी जाहेर गर्नसक्छौं? केही मण्डलीहरूले कम उपस्थिति सङ्‌ख्या रिपोर्ट गरेका छन्‌। कहिलेकाहीं व्यक्‍तिविशेषको परिस्थितिले गर्दा सभामा उपस्थित हुन नमिल्न सक्छ। तर तुलनात्मक रूपमा सानातिना समस्याहरू आइपर्दा के त्यसलाई नियमित तवरले सभामा उपस्थित नहुने कारण बनाउनुहुन्छ? हल्का टाउको दुख्दा वा दिनभरिको व्यस्त कामले थकाइ लाग्दा शायद केही व्यक्‍तिहरू घरमै बस्ने निर्णय गर्लान्‌। अरू चाहिं विश्‍वासमा नभएका नातेदारहरू भेटघाट गर्न आउँदा तिनीहरूको खातिरदारी गर्न बाध्य महसुस गर्छन्‌। केही व्यक्‍तिहरूले आफूलाई मनपर्ने टिभि कार्यक्रम वा खेल हेर्न सभाहरू समेत छुटाएका छन्‌। यस्तो बेलामा देखाएको मूल्याङ्‌कन निस्सन्देह कोरहवंशीले व्यक्‍त गरेको यस हृदयग्राही चाहनाको बराबरीमा आउन सक्दैन: “परमप्रभुका दरवारका निम्ति मेरो आत्माले अति इच्छा गर्छ, मुर्छा पनि खान्छ।”—भजन. ८४:२.

३ सभाहरूमा प्रचुर आध्यात्मिक आहारको प्रबन्ध गरिएको भए तापनि उपस्थित हुने केही व्यक्‍तिहरूलाई ध्यान दिन कठिनाइ परिरहेको हुन्छ। शायद तिनीहरू दिनभरिका फिक्रीहरूबारे सोचेर दिवास्वप्न देखिरहेका होलान्‌ वा झुलिरहेका समेत होलान्‌। छोटो टिपोटहरू लिंदा चनाखो भएर बस्न र वक्‍ताले भनेका कुराहरूमाथि ध्यान केन्द्रित गर्न मदतकारी भएको निकै व्यक्‍तिहरूले महसुस गरेका छन्‌। सुनेका कुराहरू लेख्दा ती जानकारीहरू मनमा पनि ठप्प बस्छन्‌। यस बाहेक पूर्वतयारी गर्नाले सभाहरूबाट भरपूर फाइदा उठाउन अझ सजिलो हुन्छ। राम्ररी तयारी गऱ्‍यौं भने, “झन्‌ बढ़ी उत्कट ध्यान” दिनसक्नेछौं।—हिब्रू २:१.

४ केटाकेटी लगायत वयस्कहरूले सभाहरूमा प्रबन्ध गरिएका निर्देशन ग्रहण गर्नु आवश्‍यक छ। बच्चाहरूलाई व्यस्त बनाएर शान्त पार्न आमाबाबुले तिनीहरूको हातमा खेलौना वा रङ्‌ग भर्ने किताबहरू ठम्याइदिन्छन्‌ भने तिनीहरूले सिक्ने कुरा झन्‌ सीमित हुनेछ। सँगै बसेकाहरूको ध्यान भङ्‌ग हुने गरी केटाकेटीहरूलाई खेल्न, कुरा गर्न, रून वा अन्य काम गर्न दिइन्छ भने त्यसको अर्थ त्यहाँ उचित अनुशासन पुगेको छैन। सभा चलिरहेको बेला पानी पिउन वा शौचालय जानु परेमा आमा वा बाबु सधैं आफूसँगै आउँछन्‌ भनी बच्चालाई थाहा भएमा घरिघरि अनावश्‍यक रूपमा त्यहाँ जान उसले कम गर्नेछ।

५ समयनिष्ठता आवश्‍यक: टार्न नसकिने परिस्थितिहरूले गर्दा कहिलेकाहीं समयमै सभामा नपुग्न सक्छौं तर प्रारम्भिक गीत अनि प्रार्थनापछि पुग्ने बानी नै परिसकेको छ भने त्यसले सभाहरूको पवित्र उद्देश्‍य तथा अरूको ध्यान भङ्‌ग नगर्ने हाम्रो जिम्मेवारीप्रति अनादर देखाउँछ। मण्डलीका सभाहरूमा हाम्रा भाइहरूसँग गीत गाउनु र प्रार्थना गर्नु हाम्रो उपासनाको भाग हो भनी नबिसर्नुहोस्‌। प्रायः कामकुरालाई राम्ररी व्यवस्थित नगर्दा वा पूर्वयोजना नबनाउँदा ढिला हुने बानी परेको हुन्छ। समयनिष्ठ छौं भने त्यसले सभाहरूप्रति हाम्रो आदर तथा मूल्याङ्‌कन जाहेर गर्छ।

६ दिन नजीक नजीक आइपुगेकोले सभामा एकसाथ भेला हुने आवश्‍यकता अब बढ्‌न मात्र सक्छ। (हिब्रू १०:२४, २५) पूर्वतयारीका साथ समयनिष्ठ भएर नियमित रूपले सभामा उपस्थित हुनुको साथै सभामा ध्यानमग्न हुँदै सिकेका कुराहरूलाई प्रयोग गरेर हामी आफ्नो मूल्याङ्‌कन जाहेर गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने