प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 नोभेम्बर p. ८
  • “अनन्त जीवन यही [हो]”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अनन्त जीवन यही [हो]”
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान फैलाउने
    हाम्रो राज्य सेवकाई—१९९६
  • साँचो परमेश्‍वरको ज्ञानले जीवनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—१९९६
  • जीवनतर्फ डोऱ्‍याउने सही ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 नोभेम्बर p. ८

“अनन्त जीवन यही [हो]”

१ यूहन्‍ना १७:३ मा लिपिबद्ध येशूका शब्दहरूलाई गम्भीरतासाथ लिनुपर्छ। उहाँले जे भन्‍नुभयो त्यसको अर्थ गहन थियो अर्थात्‌ परमेश्‍वर र ख्रीष्टको ज्ञान लिनु नै अनन्त जीवन हो! तर के यहोवा र येशूको ज्ञान हुँदैमा हामीले इनामस्वरूप अनन्त जीवन पाउने हौं र? होइन। इस्राएलीहरूलाई यहोवा तिनीहरूका परमेश्‍वर हुनुहुन्छ भनेर थाह थियो तर तिनीहरूको जीवनशैलीले त्यो विश्‍वासलाई प्रतिबिम्बित गरेन। परिणामस्वरूप, तिनीहरूले उहाँको अनुग्रह गुमाए। (होशे ४:१, २, ६) आज लाखौं मानिसहरूसित “परमेश्‍वरका निम्ति जोश त” हुनसक्ला “तर समझअनुसारको [“सही ज्ञानअनुसारको,” NW] होइन।” (रोमी १०:२) तिनीहरूले “एक मात्र साँचो परमेश्‍वर” यहोवालाई चिन्‍नु र उहाँलाई सही तरिकाले कसरी सेवा गर्ने, त्यो सिक्नु आवश्‍यक छ। त्यसैकारण नोभेम्बर महिनामा हामी ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रस्तुत गर्नेछौं। ज्ञान पुस्तक प्रस्तुत गर्दा तपाईं कुन तरिका प्रयोग गर्नुहुनेछ? तपाईंलाई मदतकारी हुनसक्ने केही सुझाउहरू यहाँ दिइएका छन्‌।

२ तपाईंको इलाकाका धेरैजसो मानिसहरूसित कुराकानी गर्दा प्रयोग गर्न चाहनुहुने एउटा प्रस्तुति यसप्रकार छ:

▪“आज संसारमा थरि थरिका धर्महरू किन छन्‌ भनी हामी छर-छिमेकीहरूसित कुरा गरिरहेका छौं। हाम्रै देशमा पनि धेरै थरिका धार्मिक मार्गहरू छन्‌ र विश्‍वभरि त झन्‌ १०,००० भन्दा धेरै धार्मिक सम्प्रदायहरू छन्‌। तपाईंको विचारमा यति धेरै धर्महरू किन भएका होलान्‌? [जवाफ दिने मौका दिनुहोस्‌। ज्ञान पुस्तकको अध्याय ५ पल्टाउनुहोस्‌ र अनुच्छेद १ पढ्‌नुहोस्‌।] यो अध्याय पढेर तपाईंले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनुहुनेछ। जाँच्न चाहनुहुन्छ भने यो पुस्तक तपाईंलाई खुशीसाथ दिनेछु।” पुस्तक लिएमा फेरि भेट्‌ने निश्‍चित प्रबन्ध मिलाउनुहोस्‌ र यसो भन्‍नुहोस्‌: “अर्को पटक तपाईंकहाँ आउँदा सबै धर्महरू एउटै ठाउँमा पुऱ्‍याउने फरक फरक बाटोहरू मात्र हुन्‌ कि होइनन्‌, छलफल गर्नसक्छौं।”

३ थरि थरिका धर्महरू किन छन्‌ भनी छलफल गर्न फेरि जानुहुँदा तपाईं यसो भन्‍न सक्नुहुन्छ:

▪“तपाईंसित अघिल्लो भेटमा कुरा गर्दा मैले सबै धर्महरू केवल एउटै ठाउँमा पुऱ्‍याउने फरक फरक बाटोहरू हुन्‌ कि होइनन्‌ भन्‍ने प्रश्‍न गरेको थिएँ। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] येशूले यस विषयमा के भन्‍नुभएको थियो, मैले तपाईंलाई दिएको पुस्तकबाट म देखाउन चाहन्छु। [ज्ञान पुस्तकको अध्याय ५ पल्टाउनुहोस्‌ र अनुच्छेद ६-७ लगायत मत्ती ७:२१-२३ पढ्‌नुहोस्‌।] परमेश्‍वरको इच्छा खासमा के रहेछ त्यो बुझ्नु त्यत्तिको महत्त्वपूर्ण किन छ भनेर तपाईं अचम्म मान्‍नुहुन्छ होला। तपाईंले यसपछिका अरू अनुच्छेदहरू निकै जानकारीमूलक पाउनुहुनेछ। कृपया यस अध्यायका बाँकी अनुच्छेदहरू पढ्‌नुहोस्‌। अर्को पटक आउँदा उपासनाको सन्दर्भमा सही ज्ञान पाउनुको महत्त्व तपाईंलाई खुशीसाथ देखाउनेछु।”

४ मसीही हुँ भनी दाबी गर्ने अधिकांश व्यक्‍तिहरूका लागि पनि पृथ्वीमा सधैंभरि जीवन बिताउने कुरा नौलो लाग्ने भएकोले यो परिचयले तिनीहरूको ध्यानाकर्षण गर्नेछ:

▪“हामी छर-छिमेकीहरूलाई एउटा प्रश्‍न सोध्दैछौं। तपाईंले यसप्रकारको संसारमा सधैंभरि जीवन बिताउने निम्तो पाउनुभयो भने के तपाईं स्वीकार्नुहुनेछ? [ज्ञान पुस्तकको पृष्ठ ४-५ को चित्र देखाउनुहोस्‌। जवाफ दिने मौका दिनुहोस्‌।] वास्तवमा तपाईं पनि यो आनन्द उठाउन सक्नुहुन्छ। तर यो वास्तविक हुन तपाईंको विचारमा तपाईंले के गर्नुपर्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌।] यूहन्‍ना १७:३ अनुसार कस्तो पाइला चाल्नु आवश्‍यक छ, ध्यान दिनुहोस्‌। [पढ्‌नुहोस्‌।] यस पुस्तकले धेरैलाई यस्तो विशेष प्रकारको ज्ञान हासिल गर्न मदत दिइरहेको छ। पढ्‌नको लागि के तपाईं एक प्रति राख्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यसै पृथ्वीमा हामीले अनन्त जीवन प्राप्त गर्नसक्छौं भनेर विश्‍वास गर्नु किन युक्‍तिसंगत छ, त्यसबारे अर्को पटक छलफल गर्नसक्छौं।”

५ यूहन्‍ना १७:३ बाट छलफल गर्नुभएकाहरूलाई भेट्‌न जानुहुँदा तपाईं यसप्रकार कुरा अघि बढाउन सक्नुहुन्छ:

▪“अघिल्लो पटक मैले तपाईंलाई यूहन्‍ना १७:३ मा पाइएका येशूका मनमोहक शब्दहरू पढेर सुनाएको थिएँ। उक्‍त पदमा येशूले परमेश्‍वर र उहाँको ज्ञान लिनु नै अनन्त जीवन हो भनेर हामीलाई आश्‍वस्त गराउनुभएको छ। तर उत्तम जीवन त स्वर्गमा मात्रै प्राप्त गर्न सकिन्छ भन्‍ने विश्‍वास धेरै मानिसहरूको छ। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] मैले तपाईंलाई दिएको पुस्तक यतै छ भने पृथ्वीमा प्रमोदवन पुनर्स्थापित हुनेछ भनी प्रमाणित गर्ने बाइबलका केही पदहरू तपाईंलाई देखाउन चाहन्छु। [ज्ञान पुस्तकको पृष्ठ ९-१० का अनुच्छेदहरू ११-१६ छलफल गर्नुहोस्‌।] बाइबलमा पाइने यी प्रतिज्ञाहरूमा तपाईं किन भरोसा गर्न सक्नुहुन्छ, त्यो अर्को पटक आउँदा देखाउन चाहन्छु। त्यतिञ्जेल तपाईं अध्याय २ पढ्‌दै गर्न सक्नुहुन्छ।”

६ बाइबलमा अलिकता भए पनि आस्था राख्ने व्यक्‍तिहरूसित बाइबल अध्ययन गर्ने प्रस्ताव सोझै राख्नु अक्सर सफल साबित हुन्छ। “तर्क” (अंग्रेजी) पुस्तक, पृष्ठ १२ मा दिइएको सुझावित परिचय यसप्रकार छ:

▪“म तपाईंकहाँ निश्‍शुल्क गृह बाइबल कार्यक्रमको प्रस्ताव लिएर आएको छु। अनुमति दिनुहुन्छ भने केही २०० मुलुकहरूमा पारिवारिक समूहको हैसियतमा घरैमा बाइबल छलफल कसरी गरिन्छ त्यो देखाउन तपाईंसित केही मिनेट लिन चाहन्छु। हामी यी विषयहरूमध्ये कुनै एउटालाई छलफलको आधार बनाउनसक्छौं। [ज्ञान पुस्तकको विषयसूची देखाउनुहोस्‌।] खासगरि तपाईंलाई चासो लाग्ने विषय कुन चाहिं हो?” तिनलाई छान्‍न दिनुहोस्‌। तिनले छानेको अध्याय पल्टाउनुहोस्‌ र पहिलो अनुच्छेदबाटै अध्ययन थाल्नुहोस्‌।

७ बाइबलको ज्ञान थाह नपाएका व्यक्‍तिहरूसित बाइबल अध्ययन गर्ने प्रस्ताव सोझै राख्नु सफल हुन्छ। यो सफल तरिका यस्तो छ:

▪“धेरै व्यक्‍तिहरू बाइबल बुद्धिले भरिएको एउटा पवित्र पुस्तक हो भन्ठान्छन्‌। यद्यपि, तिनीहरूले यसबाट सिक्ने मौका पाएका छैनन्‌। म सित्तैमा बाइबल पढाउँछु र थप विद्यार्थीहरूलाई पनि पढाउन मसित समय छ। हामीले चलाउने बाइबल अध्ययन सहायक यो हो। [ज्ञान पुस्तक देखाउनुहोस्‌।] यो अध्ययन केही महिनामै सिद्धिन्छ। परमेश्‍वरले दुःखकष्ट किन रहिरहन दिनुहुन्छ? हामी किन बूढो हुन्छौं र मर्छौं? हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ? भन्‍नेजस्ता प्रश्‍नहरूको जवाफ बाइबलले कसरी दिन्छ त्यो पनि यो कार्यक्रमले देखाउँछ। यो अध्ययन कसरी गरिन्छ, म देखाऊँ?” अध्ययन गर्ने प्रस्ताव अस्वीकार गऱ्‍यो भने ज्ञान पुस्तक प्रस्तुत गर्नुहोस्‌ र उक्‍त पुस्तक व्यक्‍तिगत तवरमा अध्ययन गर्न प्रोत्साहन दिनुहोस्‌।

८ परमेश्‍वर र ख्रीष्टको सही ज्ञान प्राप्त गर्ने प्रत्येकको लागि यो ज्ञान एउटा बहुमूल्य सम्पत्ति हो! यो ज्ञान लिनुको अर्थ सिद्ध परिस्थितिमा साँच्चै अनन्त जीवन बिताउनु हो। त्यसकारण अरूलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान बाँड्‌न नोभेम्बर महिनामा हरेक अवसरको उपयोग गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने