प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १२/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • कहिल्यै दुःखकष्टको अन्त होला?
    कहिल्यै दुःखकष्टको अन्त होला?
  • तपाईंलाई कस्तो लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १२/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

छोराछोरीले कसरी ईश्‍वरलाई माया गर्न सिक्न सक्छन्‌?

छोरालाई सृष्टिका कुराहरूबाट सिक्न सकिने पाठ बताउँदै गरेका एक बुबा

सृष्टिका कुराहरूबारे बताएर ईश्‍वरलाई चिन्‍न र माया गर्न छोराछोरीलाई सिकाउनुहोस्‌

छोराछोरीले ईश्‍वर वास्तवमै हुनुहुन्छ र तिनीहरूलाई माया गर्नुहुन्छ भन्‍ने कुराको ठोस प्रमाण पाएमा मात्र ईश्‍वरलाई माया गर्न सिक्नेछन्‌। यसो गर्न तिनीहरूले ईश्‍वरलाई चिन्‍नुपर्छ। (१ यूहन्‍ना ४:८) उदाहरणको लागि, तिनीहरूले यी प्रश्‍नहरूको जवाफ थाह पाउनु आवश्‍यक छ: ईश्‍वरले कुन उद्देश्‍यले मानिस सृष्टि गर्नुभयो? ईश्‍वरले किन दुःखकष्ट हटाउनुहुन्‍न? ईश्‍वरले भविष्यमा मानिसहरूका लागि के गर्नुहुनेछ?—फिलिप्पी १:९ पढ्‌नुहोस्‌।

ईश्‍वरलाई माया गर्न छोराछोरीलाई सिकाउने हो भने पहिला तपाईं आफैले उहाँलाई माया गरेको देखाउनु आवश्‍यक छ। यसो गर्नुभयो भने तिनीहरूले तपाईंको उदाहरण अनुकरण गर्नेछन्‌।—व्यवस्था ६:५-७; हितोपदेश २२:६ पढ्‌नुहोस्‌।

तपाईं कसरी छोराछोरीको मनसम्म पुग्न सक्नुहुन्छ?

ईश्‍वरको वचन शक्‍तिशाली छ। (हिब्रू ४:१२) त्यसैले आफ्ना छोराछोरीलाई ईश्‍वरको वचनका मुख्य-मुख्य शिक्षाहरू बुझ्न मदत गर्नुहोस्‌। येशूले मानिसहरूको मनसम्म पुग्न प्रश्‍न सोध्नुभयो, तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुभयो र शास्त्रपदको व्याख्या गर्नुभयो। छोराछोरीको मनसम्म पुग्न तपाईंले येशूको सिकाउने तरिका अनुकरण गर्न सक्नुहुन्छ।—लूका २४:१५-१९, २७, ३२ पढ्‌नुहोस्‌।

साथै ईश्‍वरले कसरी मानिसहरूसित व्यवहार गर्नुहुन्छ भनेर देखाउने बाइबल विवरणहरूबाट पनि छोराछोरीले ईश्‍वरलाई चिन्‍न र माया गर्न सिक्नेछन्‌। यसै उद्देश्‍यको लागि तयार पारिएका प्रकाशनहरू www.jw.org /ne मा उपलब्ध छ।—२ तिमोथी ३:१६ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १४ हेर्नुहोस्‌

www.jw.org /ne मा उपलब्ध छ अथवा पृष्ठ २ मा भएको कुनै पनि ठेगानामा पत्राचार गरी निश्‍शुल्क प्राप्त गर्न सक्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने