प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 फेब्रुअरी pp. १८-२०
  • आनन्द नगुमाई यहोवाको सेवा गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्द नगुमाई यहोवाको सेवा गरिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कसै-कसैले किन आनन्द गुमाएका छन्‌?
  • ‘उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनुहोस्‌’
  • हार नमान्‍नुहोस्‌!
  • आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्द परमेश्‍वरबाट पाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवाको आनन्द हाम्रो गढ हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्दसाथ यहोवाको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 फेब्रुअरी pp. १८-२०

आनन्द नगुमाई यहोवाको सेवा गरिरहनुहोस्‌

तपाईंको जीवनको सबैभन्दा खुसीको क्षण कुन हो? विवाहको दिन वा पहिलो सन्तान जन्मेको दिन हो कि? अथवा यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गरेको दिन? सायद बप्तिस्मा गरेको दिन तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण र खुसीको दिन थियो होला। तपाईंले आफ्नो सारा मनले, सारा ज्यानले, सारा दिमागले र सारा बलले परमेश्‍वरलाई प्रेम गर्छु भनेर जनसमक्ष प्रकट गर्दा ख्रीष्टियन दाजुभाइ दिदीबहिनी निकै खुसी हुनुभएको थियो नि, होइन र?—मर्कू. १२:३०.

तपाईंले बप्तिस्मा गरेदेखि यता आनन्दित हुँदै यहोवाको सेवा गरिरहनुभएको होला। तर दुःखको कुरा, कसै-कसैले त्यो आनन्द गुमाएका छन्‌। कसरी त्यस्तो हुन्छ? आनन्द नगुमाई यहोवाको सेवा गरिरहनु पर्ने कस्ता कारणहरू हामीसित छन्‌?

कसै-कसैले किन आनन्द गुमाएका छन्‌?

यहोवा परमेश्‍वरले अब चाँडै यस दुष्ट रीतिरिवाजको अन्त गरेर नयाँ संसार ल्याउँछु भनेर प्रतिज्ञा गर्नुभएको छ। साँच्चै! यो कुराले हामीलाई आनन्दित बनाउँछ। साथै सपन्याह १:१४ ले पनि हामीलाई यसरी ढुक्क बनाउँछ, “परमप्रभुको भयानक दिन नजिकै छ, नजिकै, त्यो चाँडै आउँदैछ।” तर आशा गरेको समयभन्दा लामो समय कुर्नुपर्दा परमेश्‍वरको सेवामा हाम्रो आनन्द गुम्न सक्छ।—हितो. १३:१२.

यहोवाका सेवकहरूसितको असल सङ्‌गतले गर्दा हामी आनन्दित भई उहाँको सेवा गरिरहन प्रोत्साहन पाउँछौं। वास्तवमा भन्‍ने हो भने यहोवाका सेवकहरूको असल चालचलनले गर्दा नै हामी साँचो उपासनातर्फ आकर्षित भयौं र रमाउँदै उहाँको सेवा गर्ने बल पनि पायौं। (१ पत्रु. २:१२) तर कुनै व्यक्‍ति यहोवाको स्तरअनुसार चल्नदेखि चुक्छ र उसलाई अनुशासन दिइन्छ भने के हुन सक्छ? यस्तो अवस्थामा परमेश्‍वरको सेवकहरूको असल आचरण देखेर आकर्षित भएका कसै-कसैले आफ्नो आनन्द गुमाउन सक्छन्‌ र निरुत्साहित हुन सक्छन्‌।

सैतानको दुष्ट रीतिरिवाजले धनसम्पत्ति वा भौतिक चीजबीजलाई निकै बढावा दिइरहेको छ। यी कुराहरूको पछि लाग्दा पनि हाम्रो आनन्द गुम्न सक्छ। नानाथरीको विज्ञापन देखाएर सैतानले हामीलाई आवश्‍यक नै नभएको कुरा पनि अति आवश्‍यक छ भनेर सोच्न लगाउँछ। त्यतिबेला येशूले भन्‍नुभएका यी शब्दहरू सम्झनुपर्छ, “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन; किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ। तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।” (मत्ती ६:२४) संसारमा भएभरको कुरा हासिल गर्न खोज्ने अनि आनन्दित भई यहोवाको सेवा पनि गर्ने, यो कुरा त सम्भव नै छैन; एकैचोटि दुई नाउमा खुट्टा राख्न कहाँ सकिन्छ र?

‘उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनुहोस्‌’

यहोवालाई प्रेम गर्नेहरूले उहाँको सेवालाई कहिल्यै बोझिलो ठान्दैनन्‌। (१ यूह. ५:३) येशूले भन्‍नुभएको कुरा सम्झनुहोस्‌, “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिसहरू हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक, किनकि म कोमल स्वभाव र नम्र मनको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ती ११:२८-३०) साँचो ख्रीष्टियनको रूपमा येशूको जुवा बोक्दा हामी स्फूर्ति प्राप्त गर्छौं र आनन्दित हुन सक्छौं। यहोवाको सेवामा रमाउन सक्नुका थुप्रै कारणहरू छन्‌। आउनुहोस्‌, अब हामी ‘उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनु’ पर्ने तीनवटा कारण विचार गरौं।—हब. ३:१८.

हामी जीवन दिनुहुने, आनन्दित परमेश्‍वरको सेवा गर्छौं। (प्रेषि. १७:२८; १ तिमो. १:११) सृष्टिकर्ताले जीवन दिनुभएकोले हामी उहाँप्रति ऋणी छौं भन्‍ने कुरा हामी स्वीकार्छौं। त्यसैले बप्तिस्मा गरेको जतिसुकै समय बितेको किन नहोस्‌, हामी रमाउँदै उहाँको सेवा गरिरहन्छौं।

एक्टोर

परमेश्‍वरको राज्यले दिने आशामा ध्यान दिंदा र प्रचारमा सक्रिय हुँदा एक्टोर आनन्दित हुन सके

एक्टोरलाई विचार गर्नुहोस्‌। तिनले परिभ्रमण निरीक्षकको रूपमा ४० वर्ष सेवा गरे। “बुढेसकाल” लागे पनि तिनी यहोवाको सेवामा अझै जोसिला छन्‌। (भज. ९२:१२-१४) हुन त श्रीमती बिरामी भएकोले तिनले प्रचारमा धेरै समय बिताउन सकेका छैनन्‌ तैपनि आनन्दित भएर यहोवाको सेवा गर्दै छन्‌। तिनी यसो भन्छन्‌: “मेरी श्रीमतीको स्वास्थ्य दिनप्रतिदिन खस्कँदै गएको देख्दा मलाई धेरै दु:ख लाग्छ अनि उसको स्याहार-सुसार गर्न पनि सजिलो छैन; तर यो कुरामा घोत्लेर मैले यहोवाको सेवा गर्दा पाइने आनन्द गुमाएको छैन। यहोवा परमेश्‍वरले मानिसलाई राम्रो उद्देश्‍य राखेर सृष्टि गर्नुभएको थियो। उहाँ नहुनुहुँदो हो त, हाम्रो अस्तित्व नै रहने थिएन। त्यसैले पनि हामीले उहाँलाई मनको गहिराइदेखि प्रेम गर्नुपर्छ र तनमनको सेवा चढाउनुपर्छ। आफ्नो आनन्द गुम्न नदिन म नियमित रूपमा प्रचारमा भाग लिन्छु र परमेश्‍वरको राज्यले दिने आशालाई मनमा राख्छु।”

हामीले आनन्दित जीवन पाओस्‌ भनेर यहोवा परमेश्‍वरले हाम्रो लागि फिरौतीको बलिदानको प्रबन्ध गरिदिनुभएको हो। “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (यूह. ३:१६) परमेश्‍वरले प्रबन्ध गर्नुभएको येशूको फिरौतीको बलिदानमा विश्‍वास गर्दा हामीले पापको क्षमा पाउनुका साथै अनन्त जीवन पनि पाउनेछौं। हामी आभारी हुनुपर्ने कस्तो राम्रो कारण! अनि फिरौतीको बलिदानप्रति आभारी हुँदा यहोवाको सेवा आनन्दित भई गरिरहन के हामी उत्प्रेरित हुँदैनौं र?

केसुस

केसुसले आफ्नो जीवन सरल बनाए अनि यहोवाको सेवामा आनन्दित भएर वर्षौं बिताए

मेक्सिकोमा बस्ने भाइ केसुस यसो भन्छन्‌: “म त कामको दासै भइसकेको थिएँ। कुनै बाध्यता नभए पनि म कहिलेकाहीं लगातार पाँच वटा सिफ्ट भ्याउँथें। म धनी हुन चाहन्थें। पछि मैले यहोवाको विषयमा अनि उहाँले आफ्नो प्यारो छोरा मानिसजातिका लागि किन दिनुभयो भन्‍ने विषयमा सिकें। म उहाँको सेवा गर्न जुर्मुरिएँ। मैले यहोवालाई आफ्नो जीवन समर्पण गरें। त्यसपछि २८ वर्षसम्म काम गरेको कम्पनी छोडेर पूर्ण समय सेवा गर्ने निर्णय गरें।” तिनले यहोवालाई आनन्दित भई सेवा चढाउन थालेको वर्ष त्यही नै थियो।

हामीले फलाउने फलले दुःखी होइन, आनन्दित बनाउँछ। यहोवालाई चिन्‍नुअघि तपाईंको जीवन कस्तो थियो, सम्झनुभएको छ? प्रेषित पावलले रोमका ख्रीष्टियनहरूलाई “तिमीहरू पापका दास थियौ” तर अहिले “परमेश्‍वरको स्तरबमोजिमको असल कामको दास बन्यौ” भनेर सम्झाए। तिनीहरूले “पवित्र जीवन” पाउने फल फलाइरहेका थिए र पछि अनन्त जीवन पाउने थिए। (रोमी ६:१७-२२) हामी पनि यहोवा परमेश्‍वरको स्तरअनुसार पवित्र जीवन बिताउँछौं। त्यसैले अनैतिक अनि हिंसात्मक आचरणले निम्त्याउने दुःखदेखि हामी जोगिन सकेका छौं। हामी आनन्दित हुनुपर्ने कस्तो राम्रो कारण!

कोइमी

“यहोवाको सेवामा बिताएका हरेक पल मेरा लागि आनन्दित क्षणहरू हुन्‌।”—कोइमी

कोइमी बक्सिङ खेलाडी थिए। तिनी क्रमविकासमा विश्‍वास गर्थे। ईश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा तिनलाई फिटिक्कै विश्‍वास थिएन। तर पछि तिनी यहोवाका साक्षीहरूको सभामा जान थाले। त्यहाँ पाएको न्यानो मायाले तिनको मनमा अमेट छाप पाऱ्‍यो। आफ्नो पुरानो जीवनशैली त्याग्न यहोवालाई विश्‍वास गर्न सकूँ भनेर तिनले प्रार्थना गर्नुपऱ्‍यो। कोइमी यसो भन्छन्‌: “मायालु बुबा र दयालु परमेश्‍वर साँच्चै हुनुहुन्छ भनेर मेरो विश्‍वास बिस्तारै-बिस्तारै बढ्‌दै गयो। यहोवाको स्तरअनुसार जीवन बिताउँदा सुरक्षा पाएँ। यस्तो परिवर्तन नगरेको भए बक्सिङ खेल्ने अरू साथीहरूजस्तै म पनि मरिसक्थें होला। यहोवाको सेवामा बिताएका हरेक पल मेरा लागि आनन्दित क्षणहरू हुन्‌।”

हार नमान्‍नुहोस्‌!

यस दुष्ट रीतिरिवाजको अन्त हुनै लागेको समयमा बाँचिरहेको कारण तपाईंले कस्तो महसुस गर्नुपर्छ? याद गर्नुहोस्‌, हामीले “पवित्र शक्‍तिको लागि” छरेका छौं भने “अनन्त जीवनको कटनी” गर्नेछौं। त्यसैले “हामी हरेस नखाई असल काम गरिरहौं, किनकि थाकेनौं भने हामीले ठीक समयमा कटनी गर्नेछौं।” (गला. ६:८, ९) जस्तोसुकै गाह्रो अवस्था आए पनि यहोवामा भर परिरहौं। यसो गऱ्‍यौं भने हामीले हरेस खानेछैनौं, “महासङ्‌कष्ट” पार गर्न चाहिने गुणको खेती गर्न सक्नेछौं र आनन्दित भएर यहोवाको सेवा गर्न सक्नेछौं।—प्रका. ७:९, १३, १४; याकू. १:२-४.

हरेस नखाई यहोवाको सेवा गऱ्‍यौं भने उहाँले आशिष्‌ दिनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। किनभने हामीले गरेको काम अनि उहाँ र उहाँको नामप्रति हामीले देखाएको प्रेम उहाँलाई राम्ररी थाह छ। आनन्दित भएर यहोवाको सेवा गरिरह्‍यौं भने भजनरचयिता दाऊदले जस्तै यसो भन्‍न सक्नेछौं: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ। यसकारण मेरो हृदय आनन्दित र मेरो आत्मा हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित रहनेछ।”—भज. १६:८, ९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने