प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 डिसेम्बर p. १८
  • के तपाईंले सम्झनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले सम्झनुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • चिन्ता गर्न छोडिहाल्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • आमाबुबाले यहोवाको सेवा नगरे तापनि तपाईँ उहाँको सेवा गर्ने छनौट गर्न सक्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 डिसेम्बर p. १८

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि?

मत्ती १८:१५-१७ मा येशूले कस्तो प्रकारको पापबारे कुरा गर्दै हुनुहुन्थ्यो?

सम्बन्धित व्यक्‍तिसित कुरा गरेरै सुल्झाउन सकिने मतभेदबारे उहाँले कुरा गर्दै हुनुहुन्थ्यो। तर तिनीहरूले मतभेद सुल्झाएनन्‌ भने बहिष्कार हुने हदसम्म पनि पुग्न सक्छन्‌। जस्तै: अरूको बदनाम गर्न निन्दा गर्ने वा जालसाजी गर्ने।—w१६.०५, पृ. ७.

बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन तपाईं के गर्न सक्नुहुन्छ?

यी तरिकाहरू अपनाउन सक्नुहुन्छ: फराकिलो सोचाइ राखेर पढ्‌नुहोस्‌, आफूले लागू गर्न सक्ने बुँदाहरू खोज्नुहोस्‌; ‘अरूलाई मदत गर्न म यो जानकारी कसरी चलाउन सक्छु?’ भन्‍ने जस्ता प्रश्‍नहरू आफैलाई सोध्नुहोस्‌; अनुसन्धान गर्न आफूसँग भएका स्रोत-सामग्रीहरू प्रयोग गर्नुहोस्‌।—w१६.०५, पृ. २४-२६.

इजकिएल अध्याय ९ मा वर्णन गरिएको मसीदानी भिर्ने मानिस र हतियार लिएको छ जना मानिसले कसलाई सङ्‌केत गर्छ?

तिनीहरूले यरूशलेमको विनाशमा संलग्न भएका र आरमागेडोनमा सैतानको दुष्ट संसार विनाश गर्नको लागि संलग्न हुने स्वर्गीय शक्‍तिलाई चित्रण गर्छ। आधुनिक समयमा, मसीदानी भिर्ने मानिसले येशू ख्रीष्टलाई चित्रण गर्छ, जसले मानिसहरूलाई बच्नको लागि चिन्ह लगाउने काम गर्नुहुन्छ।—w१६.०६, पृ. १६-१७.

ख्रीष्टियनहरूले आफ्नो जीवनशैली कसरी सरल बनाउन सक्छन्‌?

साँच्चै आवश्‍यक कुरा के हो, पत्ता लगाउनुहोस्‌ र फजुल खर्च कम गर्नुहोस्‌। व्यावहारिक बजेट बनाउनुहोस्‌। प्रयोगमा नआउने सामानहरू हटाउनुहोस्‌ र सबै ऋण चुक्‍ता गर्नुहोस्‌। काम कटौती गरेर समय निकाल्नुहोस्‌ र प्रचारकार्यमा अझ बढी समय बिताउन योजना बनाउनुहोस्‌।—w१६.०७, पृ. १०.

बाइबलले सुन अथवा चाँदीभन्दा बहुमूल्य कुरा के हो भन्छ?

अय्यूब २८:१२, १५ मा सुन अथवा चाँदीभन्दा बहुमूल्य कुरा परमेश्‍वरको बुद्धि हो भनेर बताइएको छ। परमेश्‍वरको बुद्धि खोज्दा नम्र अनि विश्‍वासमा बलियो रहन कडा प्रयास गर्नुहोस्‌।—w१६.०८, पृ. १८-१९.

दाह्री पाल्नु ख्रीष्टियनको लागि उचित हो?

कुनै-कुनै संस्कृतिमा चिटिक्क मिलाएको दाह्री स्वीकार्य हुन सक्छ अनि दाह्री पालेर राज्य सन्देश सुनाए तापनि मानिसहरूले अप्ठ्यारो नमान्‍न सक्छन्‌। तैपनि हाम्रा केही दाजुभाइले भने दाह्री नपाल्ने निर्णय गर्न सक्छन्‌। (१ कोरि. ८:९) कुनै-कुनै इलाका वा संस्कृतिमा भने ख्रीष्टियन सेवकहरूले दाह्री पालेको स्वीकार्य मानिंदैन।—w१६.०९, पृ. २१.

ज्ञान, समझ र बुद्धिमा के भिन्‍नता छ?

ज्ञान भएको व्यक्‍तिसित विभिन्‍न जानकारी, तथ्यहरू हुन्छ। समझ भएको व्यक्‍तिले आफूलाई थाह भएका कुराहरूबीच कस्तो सम्बन्ध छ भनेर बुझेको हुन्छ। बुद्धि भएको व्यक्‍तिले भने ज्ञान र समझ दुवै प्रयोग गरेर व्यावहारिक कदम चाल्छ।—w१६.१०, पृ. १८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने