ख्रिष्टियन जीवन
के तपाईँले तयारी गर्नुभएको छ?
तपाईँको इलाकामा प्राकृतिक प्रकोप आयो भने के तपाईँ तयार अवस्थामा हुनुहुन्छ? भूकम्प, आँधीहुरी, वन-जङ्गलमा आगलागी र बाढी अचानक आउन सक्छ र विध्वंसकारी हुन सक्छ। साथै एक्कासि आतङ्ककारी हमला, हिंसा र महामारी जहाँ पनि हुन सक्छ। (उप ९:११) हामी बसिरहेको ठाउँमा यस्तो घटना कहिल्यै घट्दैन भनेर सोच्नु हुँदैन।
हामी प्रत्येकले प्रकोपको लागि तयारी गर्न कदम चाल्नै पर्छ। (हित २२:३) हुनत यहोवाको सङ्गठनले प्रकोपको बेला केही हदसम्म मदत त गर्छ तर हामीले आफ्नो तर्फबाट तयारी भने गर्नुपर्छ।—गला ६:५, फुटनोट।
के तपाईँले प्राकृतिक प्रकोपको लागि तयारी गर्नुभएको छ? भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
यहोवासितको घनिष्ठ सम्बन्धले हामीलाई प्राकृतिक प्रकोपको सामना गर्न कसरी मदत गर्छ?
यसो गर्नु किन महत्त्वपूर्ण छ?
• प्रकोप आउनुअघि, त्यस दौडान र त्यसपछि एल्डरहरूसित सम्पर्कमा रहनु।
• झटपट झोला तयार पार्नु।—g१७.५ पृ.६
• कस्तो किसिमको प्रकोप आउन सक्छ भनेर विचार गर्नु र हरेक अवस्थामा के गर्ने भनेर सोच्नु।
प्रकोपमा परेकाहरूलाई मदत गर्न कुन तीन कदम चाल्न सक्छौँ?