पुण: भेट गर्ने जिम्मेवारीलाई स्वीकार्नुहोस्
१ पुणः भेटमा यथासंभव पूरापूर सहभागी हुनको लागि अनेकन् उत्प्रेरनादायक कारणहरु छन्। जसरी पावलले गर्नुभयो, त्यसैगरि हामीलाई दिएको कामलाई हामीले पूर्णतया सम्पादन गर्न चाहन्छौं। (प्रे० २०:२१, २४) यदि चासो भएका सबै व्यक्तिहरुलाई पुणः भेट्नको लागि हामीहरु कटिबद्ध छौं भने, आफ्नो सेवकाइलाई पूर्णतया संपादन गर्नको लागि बलगर्दै जाँदा हामीले स्वच्छ विवेक कायम राख्नेछौं।—२ तिमो० ४:५.
२ ज्ञानले हामीलाई जवाफदेही बनाउँछ: ज्यानहरु दावमा छन् भन्ने तत्थ्यले हामीलाई पुणः भेटगर्नको निम्ति लगनशील हुन चलाउँनु पर्छ। (य० १७:३) दुष्टहरुलाई चेतावनी दिनु मात्र होइन तर पृथ्वीमा भएका ‘सबै घिनलाग्दा कामहरु देखेर शोक र विलाप गर्नेहरुलाई’ मदत दिनको लागि पनि यहोवाको निसाफको ज्ञान र आरमागेड्डनको समिपताले हामीलाई उक्साउनु पऱ्यो। (इज० ९:४) तिनीहरुलाई यहोवाको दृष्य संगठनभित्र ल्याउनु पर्ने खाँचो छ।
३ सहिप्रकारले सत्य बुझ्नको लागि मानिसहरुलाई सहायताको खाँचो पर्छ। (प्रे० ८:३०, ३१; १८:२६) जुन सत्यको बिउ हामीले रोपेका थियौं त्यसमा फर्केरगई ‘पानी हाल्ने’ जिम्मेवारीलाई हामीले स्वीकारनुपर्ने यो अर्को पनि कारण हो। हामीले आआफैमा कत्तिको आध्यात्मिक उन्नति ल्याउने थियौं होला यदि कोही वारंवार फर्केर हामीलाई यहोवाबारे सहि ज्ञान र उहाँको उदेकलाग्दो उद्देश्यहरुबारे बताउनको लागि तिनी हामीकहाँ फर्केर नआएको भएदिए?—मत्ती ७:१२.
४ प्रेम र जोश देखाउनुहोस्: मानिसहरुप्रति आफ्नो प्रेमलाई प्रदर्शन गर्नुको निम्ति पुणः भेट गर्ने काम एउटा उत्तम काइदा हो। नियमित अग्रगामी भएर सेवा गरिरहेका एकजना नेत्रहीन भाइले भन्नुभयो: “जबदेखि मेरो बप्तिस्मा भयो, तबदेखि बाइबलबाट मैले जे जे सिकें त्यो अरुहरुलाई भन्ने मेरो अभिलाषा रहेको छ। म खुसी थिएँ कि मेरो असमर्थताले यसो गर्नबाट मलाई रोकेन, . . . साथै सडकमा भएका प्रत्येक घरबारे मैले दिमागी रिपोर्ट राख्न सिके, र यसप्रकार, बाइबल अध्ययनमा चासो भएका मानिसहरुको मा गएर मैले पुणः भेट गर्न सकें।” यो नेत्रहीन भाइले साँच्चै नै आफ्नो हृदयमार्फत हेर्न सक्छन्, र पुणः भेट गर्न र अरुहरुप्रति आफ्नो मसीही प्रेमलाई व्यक्त गर्नबाट तिनले आफूलाई रोक्दैनन्।
५ पुणः भेटमा जाँदा, प्राय: बाइबलको राम्ररी उपयोगगर्न र हामीमा भएका आशाबारे कारण बताउनको लागि हामीले निकै अवसर पाउने गर्छौं। (१ पत्रु० ३:१५) यसले घरपट्टीको सहायता मात्र होइन तर सत्यको लागि हाम्रा आफ्नो जोश र मूल्याङ्कनलाई पनि दन्काउँछ। पुणः भेटबाट हामीलाई त्यो प्रकारको आनन्द हासिल हुन्छ जुन अरु कुनै तरिकाबाट पाउन सकिन्दैन। अनि त्यो आनन्दको गुणस्तर कहिल्यै कुनै रीतिमा घट्नुपर्ने खाँचो छैन। यसको नित्य नवीकरण हाम्रो जोशपूर्वक पुणः भेटद्वारा गरिरहन सकिन्छ।—हितो० १०:२२.
६ हाम्रो पुणः भेटगर्ने जिम्मेवारीलाई हामीले गम्भीरतासाथ लिनुपर्छ। यहोवाका मानिसहरुले राम्रा कुरोहरु अरुबाट रोकेर राख्दैनन्, र यस कुरोलाई १९९१ सेवा सालमा भएका हाम्रा विश्वव्यापी क्रियाकलापबाट देख्न सकिन्छ। (हितो० ३:२७) हामीहरुले ३४,४९,२६,९५२ पुणः भेटहरु गऱ्यौं र ३९,४७,२६१ गृह बाइबल अध्ययनहरु सञ्चालन गऱ्यौं। साथै त्यहाँ ३,००,९४५ नयाँ चेलाहरु थिए जस्ले आफूलाई यहोवामा समर्पण गरेर बप्तिस्मा लिए। यदि पुणः भेटगर्ने जिम्मेवारीलाई स्वीकार्न हामी इच्छुक नभइदिएको भए यो अद्भूत वृद्धि कदापि हुनसक्ने थिएन।—१ थिस्स० २:८.