प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 मे pp. ३-५
  • अझ धेरै बाइबल अध्ययन चाहियो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अझ धेरै बाइबल अध्ययन चाहियो
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • निश्‍चय नै फर्केर जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • बाइबल अध्ययन थाल्न के तपाईं अघि सर्नु हुँदै छ?
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 मे pp. ३-५

अझ धेरै बाइबल अध्ययन चाहियो

१ यहोवा परमेश्‍वरले आफ्नो पार्थिव संगठनलाई वृद्धि गराइरहनुभएर आशिष्‌ दिइरहनुभएको छ। गत सेवा वर्षमा विश्‍वभरि ३,७५,९२३ जनाले बप्तिस्मा लिए। अर्को शब्दमा भन्‍ने हो भने प्रतिदिन सरदर १,००० भन्दा धेरै वा प्रतिघण्टा झन्डै ४३ जना नयाँ चेलाहरू! संसारका विभिन्‍न भागमा रहेका हाम्रा भाइहरूले दशकौंसम्म कठिनाइहरू भोगे होलान्‌। त्यसको बावजूद राज्यको काम मौलाइरहेको र असामान्यरूपले विस्तार भइरहेको छ। यसरी सुसमाचार फैलाउने काम फस्टाइरहेको कुरा पढ्‌नु कत्ति रोमाञ्चक!

२ गत सेवा वर्षको दौडान भारत शाखामा हामीले औसतन प्रकाशक र सहायक अग्रगामी, प्रचारमा बिताएको घण्टा अनि प्रस्तुत गरिएको पुस्तक, सानो पुस्तिका, पुस्तिका तथा पत्रिकाहरूको संख्यामा पनि वृद्धि भएको देख्यौं। त्यसरी नै, बप्तिस्मा संख्या बढेको र स्मरणार्थ उपस्थितिले अघि कहिल्यै ननाघेको शिखर नाघेको थियो। तर पुनःभेट र बाइबल अध्ययन नि? प्रकाशक संख्या आठ प्रतिशतले बढे तापनि पुनःभेटको वृद्धि भने नाउँ मात्रको भयो। भन्‍नुको तात्पर्य, केवल ०.५ प्रतिशत वृद्धि। बाइबल अध्ययन चाहिं चार प्रतिशतले झऱ्‍यो। र पनि सेवकाईका यी नै पक्षहरू चेला बनाउँदा नभई नहुने कुरा हुन्‌। खस्कँदै गइरहेको पुनःभेट र बाइबल अध्ययनलाई उकास्न हामी प्रत्येकले के गर्नसक्छौं?

३ अध्ययन संचालन गर्ने इच्छा सशक्‍त पार्नुहोस्‌: पहिला आफू आध्यात्मिक तवरमा बलियो र सक्रिय हुनुपर्छ भनेर नभुलौं। ख्रीष्टका सच्चा अनुयायीहरू “सुकर्ममा जोशिलो” हुन्छन्‌। (ती. २:१४) आफ्नो सेवकाईलाई फर्केर हेर्दा के हामी आफूले क्षेत्रमा साहित्यहरू प्रस्तुत गरेका सबै मानिसहरूलाई पुनःभेट गर्न अति इच्छुक छौं भनेर भन्‍नसक्छौं? चासो देखाउनेहरूसित गृह बाइबल अध्ययनको प्रस्ताव राख्न के हामी उत्साही छौं? (रोमी १२:११) कि हामीले पुनःभेट गर्ने र गृह बाइबल अध्ययन थाल्ने आफ्नो इच्छालाई अझ बढाउनुपरेको छ?

४ व्यक्‍तिगत बाइबल पढाइ, सभामा नियमित उपस्थिति र प्रकाशनहरूको अध्ययनले हामीलाई आध्यात्मिक स्फूर्ति दिनेछ र हामी परमेश्‍वरको आत्माद्वारा सशक्‍त हुनेछौं। (एफि. ३:१६-१९) यसले यहोवामाथिको हाम्रो विश्‍वास र भरोसा अनि सँगीमानवप्रतिको प्रेम बलियो बनाउनेछ। हामी अरूलाई सत्य सिकाउन उत्प्रेरित हुनेछौं। त्यसो हुँदा हाम्रो सेवकाई रोचक, सार्थक र प्रेरणादायी हुन्छ। हो, हामीले अझ धेरै बाइबल अध्ययन गर्ने चाहना गर्नुपर्छ!

५ पहिला परिवारसित अध्ययन गर्नुहोस्‌: छोराछोरीहरू घरमै भएका मसीही आमाबाबु पारिवारिक बाइबल अध्ययन गर्न जागरूक हुनुपर्छ। (व्यव. ३१:१२; भज. १४८:१२, १३; हितो. २२:६) आमाबाबुले छोराछोरीलाई बप्तिस्मा अप्राप्त प्रकाशक हुन अनि समर्पण र बप्तिस्मा लिन योग्यको बनाउन तिनीहरूसित पहिला चाहनुहुन्छ पुस्तिका अनि त्यसपछि ज्ञान पुस्तक अध्ययन गर्नु अत्यन्त फाइदाजनक हुन्छ। अनि, बच्चाको आवश्‍यकता र उमेरअनुसार थप कुरा पनि छलफल गर्न सकिन्छ। मे १९८७, हाम्रो राज्य सेवकाई (अंग्रेजी), प्रश्‍न पेटीमा बताएअनुसार आमाबाबुले बप्तिस्मा अप्राप्त बच्चासित गरेको अध्ययन, पुनःभेट र त्यतिबेला बिताएको घण्टा सेवकाई रिपोर्टमा जोड्‌नसक्छन्‌।

६ अझ सुव्यवस्थित हुनुहोस्‌: प्रस्तुत गरिएका पत्रिका, पुस्तिका र किताबहरूको संख्या विचार गर्दा अधिक मात्रामा बीउ छरिंदैछ भन्‍नुमा दुई मत नहोला। यी रोपिएका सत्यका बीउहरूले पक्कै पनि नयाँ चेलाहरू उमार्छन्‌। तर किसान वा मालीले मरिमेटी लगाएको बालीको कटनी गरेनन्‌ भने के तिनी साँच्चै सन्तुष्ट हुन्छन्‌ र? अहँ, हुँदैनन्‌। त्यस्तैप्रकार, सेवकाईमा भेटेकाहरूलाई पुनःभेट गर्नु अत्यावश्‍यक छ।

७ पुनःभेट गर्न के तपाईं नियमित समय छुट्याउनुहुन्छ? इच्छुक व्यक्‍तिहरूकहाँ तुरुन्तै फर्केर गइहाल्नुहोस्‌। पुनःभेटमा जानुहुँदा बाइबल अध्ययन थाल्ने लक्ष्य राख्नुहोस्‌। के तपाईं पुनःभेटको रेकर्ड सफा, ताजा र व्यवस्थित राख्नुहुन्छ? घरधनीको नाउँ र ठेगानाको साथमा प्रथम भेटको मिति, प्रस्तुत गर्नुभएको प्रकाशनको नाम, छलफल गरिएको कुराको संक्षिप्त विवरण र अर्को भेटमा छलफल गर्न सकिने बुँदा पनि लेख्न नबिर्सनुहोस्‌। हरेक पल्ट पुनःभेट गर्दा थप जानकारी लेख्न रेकर्ड कार्डमा ठाउँ राखिछोड्‌नुहोस्‌।

८ कसरी पुनःभेट गर्ने, सोचविचार गर्नुहोस्‌: इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्दा याद राख्नुपर्ने केही बुँदाहरू के हुन्‌? (१) स्नेही, मित्रैलो, जोसिलो र आत्मीय हुनुहोस्‌। (२) तिनलाई चाख लाग्ने विषय वा प्रश्‍नहरू छलफल गर्नुहोस्‌। (३) छलफललाई सरल र धर्मशास्त्रमा आधारित बनाउनुहोस्‌। (४) प्रत्येक भेटमा घरधनीलाई यस्तो कुरा सिकाउनुहोस्‌ जसलाई तिनले मूल्यवान्‌ ठानून्‌। (५) अर्को भेटमा छलफल गर्नुपर्ने विषयलाई पूर्वतयारी गर्नुहोस्‌। (६) धेरै बेर नबस्नुहोस्‌। (७) घरधनीलाई असजिलो वा अप्ठ्यारोमा पार्ने प्रश्‍न नसोध्नुहोस्‌। (८) घरधनीले आध्यात्मिकताको मूल्यांकन गर्नसक्ने नभइञ्जेल तिनको गलत दृष्टिकोण वा खराब आनीबानीको निन्दा हुन नपाओस्‌ भन्‍ना खातिर समझ पुऱ्‍याएर कुरा गर्नुहोस्‌।—पुनःभेट र बाइबल अध्ययनमा सफलता पाउन थप मदतको लागि मार्च १९९७ हाम्रो राज्य सेवकाई परिशिष्ट हेर्नुहोस्‌।

९ अध्ययन गर्न चाहनेहरू होलान्‌, पत्ता लगाउनुहोस्‌: एउटा मण्डलीले कडा सुरक्षा व्यवस्था भएको भवनमा डेरा बस्नेहरूको नाउँ र अपार्टमेन्ट नम्बर प्राप्त गर्नसक्यो। प्रत्येक अपार्टमेन्टका व्यक्‍तिहरूलाई दुई दुइटा पर्चासहित व्यक्‍तिगत पत्र पठाइयो। पत्रको अन्तमा गृह बाइबल अध्ययनको प्रस्ताव राखेर फोन नम्बर दिइएको थियो ताकि पाउने व्यक्‍तिले जवाफ दिन सकोस्‌। केही दिनभित्रै एक जवानले फोन गरेर अध्ययन गर्ने चाहना व्यक्‍त गरे। त्यसको भोलिपल्टै तिनलाई भेट्‌न गइयो र ज्ञान पुस्तकबाट अध्ययन थालियो। त्यही रात तिनी मण्डली पुस्तक अध्ययनमा आए र सबै सभाहरू नियमित धाउन थाले। तुरुन्तै, तिनले दिनहुँ बाइबल पढ्‌न थाले र बप्तिस्मा लिन खुरुखुरु उन्‍नति गरे।

१० केही प्रकाशकहरूले सँगसँगै पुनःभेट गर्ने योजना बनाए। एक बहिनी आफ्नो पुनःभेटकहाँ जाँदा त्यो व्यक्‍ति घरमा थिएन तर अर्को युवतीले यसो भनिन्‌: “म तपाईंहरूलाई नै पर्खिरहेकी।” ती घरधनीले चिनजान व्यक्‍तिबाट पहिल्यै ज्ञान पुस्तक पाएकी रहेछिन्‌। हाम्री ती बहिनी त्यसरी त्यहाँ पुग्नअघि नै उक्‍त आइमाईले त्यो किताब दुईचोटि पढिसकेकी र त्यसमा भएको जानकारीले हुनसम्म प्रभावित भएकी रहेछिन्‌। तिनले बताइन्‌ कि त्यसरी साक्षीहरूलाई देख्दा तिनलाई अचम्म लागेन अरे किनभने साक्षीहरू आऊन्‌ र बाइबल अध्ययन गरून्‌ भनेर तिनी प्रार्थना गरिरहेकी थिइन्‌ रे। अध्ययन सुरु भयो, तिनले मण्डलीका सभाहरू धाउन थालिन्‌ अनि फटाफट उन्‍नति गरिन्‌।

११ बप्तिस्मा लिएको झन्डै २५ वर्ष पुगिसकेकी एक बहिनीले भर्खरै आफ्नी आमालाई ज्ञान पुस्तक दिइन्‌। उनले दुई अध्याय पढिसकेपछि छोरीलाई बोलाएर यसो भन्दा छोरी तीन छक परिन्‌: “म पनि यहोवाको साक्षी हुन चाहन्छु।” आमाले अध्ययन थालिन्‌ र अहिले त बप्तिस्मा पनि लिइसकिन्‌।

१२ यी सुझाउहरू कस्तो लाग्छ: कहिल्यै सीधै बाइबल अध्ययनको प्रस्ताव राख्नुभएको छ? यसो भन्‍नुभए पनि हुन्छ: “यदि तपाईं निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने त्यो कसरी गरिन्छ, एक दुई मिनेटभित्रै तपाईंलाई देखाउनसक्छु। तपाईंलाई मन परे लगातार अध्ययन गर्न पनि सक्नुहुन्छ।” थुप्रै मानिसहरू यस्तो प्रस्ताव स्वीकार्न हिचकिचाउँदैनन्‌ र खुसी हुँदै बाइबल अध्ययन पारख गरेर हेर्छन्‌।

१३ अध्ययनको सुरुसुरुमा विद्यार्थीलाई छापिएका प्रश्‍नहरूको उत्तर दिन उल्लिखित शास्त्रपदहरू पढ्‌दै र मूल शब्दहरूमा कच तान्दै कसरी पूर्वतयारी गर्नुपर्छ, देखाउनुहोस्‌। मुख्य मुख्य बुँदाहरूमा मात्र ध्यानकेन्द्रित गर्नुहोस्‌। सुरुसुरुमा छलफल गर्दा लचकदार हुनुपर्ला। तैपनि, बाइबल अध्ययन नियमित हुनु महत्त्वपूर्ण छ। प्रार्थना अध्ययनको अत्यावश्‍यक अंश हो भनेर विद्यार्थीलाई कसरी बुझाउनुहुन्छ र कसरी तिनीहरूलाई विरोधको सामना धर्मशास्त्रीय ढंगमा गर्न तयार पार्नुहुनेछ, सो कुरा मनमा राख्नुहोस्‌। हरतरहले अध्ययनलाई चाखलाग्दो बनाउनुहोस्‌!

१४ हो, सबै बाइबल विद्यार्थीले एकै गतिमा प्रगति गर्दैनन्‌। कोही कोही अरू जति आध्यात्मिक झुकाउका हुँदैनन्‌। साथै सिकाइएको कुरा टपक्क टिपेर दिमागमा थपक्क राख्न नसक्ने हुन्छन्‌। कतिपयलाई चाहिं जहिलेतहिले असारको पन्ध्र परिरहेको हुन्छ र तिनीहरूले हरेक हप्ता सग्लो एक अध्याय अध्ययन गर्ने समय नपाउलान्‌। तसर्थ, कुनै कुनै स्थितिमा पूरै अध्याय सिध्याउन हप्ताको दुई तीन पटक र पूरै किताब सिध्याउन थप महिना अध्ययन गराउनुपर्ने हुनसक्छ। कहिलेकाहीं चाहिं हामी चाहनुहुन्छ पुस्तिका पहिला अनि त्यसपछि ज्ञान किताब अध्ययन गराउनसक्छौं। यसका साथै प्रत्येक विद्यार्थीले मण्डलीका सभाहरू धाएर सत्यको जग बलियो बनाउने मदत पाउनेछन्‌।

१५ सबैभन्दा महत्त्वपूर्ण, बाइबल अध्ययनको लागि प्रार्थना गर्नुहोस्‌! (१ यूह. ३:२२) कसैलाई येशू ख्रीष्टको चेला बनाउन आफूलाई यहोवाले चलाउनु नै एक मसीहीको सबैभन्दा ठूलो आशिषित्‌ अनुभवमध्ये एउटा हो। (प्रेरि. २०:३५; १ कोरि. ३:६-९; १ थिस्स. २:८) अझ धेरै अध्ययनहरू थाल्ने हाम्रो प्रयासमा यहोवाले मुठी खोलेर आशिष्‌ दिनुहुन्छ भनेर पूर्ण विश्‍वस्त हुँदै बाइबल अध्ययनमा खूब जोस देखाउनुपर्ने समय अहिल्यै हो!

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

के तपाईं नयाँ बाइबल अध्ययन थाल्न प्रार्थना गरिरहनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने