स्मरणार्थ पश्चात पनि पिच्छा नछोड्नु होस्
१ “मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) येशू मसिहले मानवजातिको लागि गर्नु भए सरह पृथ्वीमा आएका अरु कुनै पनि मानिसले गर्न सकेनन्। उहाँको जीवन यात्रा र अन्ततोगत्व शासनाको काठमा मृत्युद्वारा, कसैले प्राप्त गर्न सक्ने सबैभन्दा महान वरदान पाउँने बाटोतर्फ हामीलाई डोऱ्याइएको छ, अर्थात् अनन्त जीवन। तैपनि, अधिकांश मानिसहरुको मनमा मसिहले गर्नु भएको कार्य प्रति मूल्याङ्कन कमै छ।
२ विचार गरौं दश कोरीहरुसँग भएको येशूको जंकाभेट। जब तिनीहरुले येशूलाई देखे, तब तिनीहरु चर्को सोरले कराउँन थाले: “हे येशू, गुरुज्यू, हामीमाथि दया गर्नुहोस्!” (लू. १७:१३) उहाँले तिनीहरु माथि दया नै गर्नु भयो, व्यवस्था अनुसार, तिनीहरुलाई शिक्षा दिंदै, उक्त कुरोबारे पूजाहारीकहाँ सूचना पुऱ्याउँनु लगाउँनु भयो। जाँदा जाँदै बाटैमा, दशैजना कोरीहरु निको भए।
३ तर येशूलाई धन्यवाद ज्ञापन गर्नको लागि एकै जना मात्र फर्केर आयो। बाकी नौ जना नि? आफ्नो उपकारकलाई धन्यवाद दिने विचारै पनि नराखी तिनीहरु आफ्नो बाटो लागे। (लू. १७:१५-१७) हामीहरु कसको सारुप छौं? हामी त्यो फिर्ता जाने मानिसझैं हुन चाहन्छौं। तिनीकहाँ साँच्चो मूल्याङ्कन थियो। मसिहको मृत्युबारे के हामीकहाँ त्यही प्रकारको भावना छ?
४ हाम्रो मूल्याङ्कन देखाउँदा: प्रत्येक वर्ष सोसाइटीले स्मरणार्थ मितिको अघिल्लो सप्ताहमा बाइबलबाट केही विशेष पदहरु पढियोस् भनेर सुझाव दिने गर्दछ। यस वर्षको लागि सुझावित बाइबल पढाइ १९९२ क्याʹलेन्डर् ॲफ जेहोʹवाज़ ह्वीट्ʹनेसस्–को अप्रिल महिनाको मितिहरु १२-१७ अन्तर्गत पाइन्छन्। के तपाईंले येशूको मृत्युभन्दा केही समय अगावै उहाँको जीवनमा भएका घटनाहरुलाई पढेर तथा त्यसमाथि मनन् गरेर आफ्नो मूल्याङ्कन व्यक्त गर्नु भयो?
५ हाम्रो क्षेत्र सेवाको क्रियाकलाप स्मरणार्थ प्रतिको हाम्रो मूल्याङ्कनसित संबन्धित छ। अवश्यै पनि प्राचीनहरुले राम्ररी–व्यवस्थित प्रबन्धहरु मिलाए होलान् जसद्वारा अग्रगामीहरु तथा प्रकाशकहरुले अप्रिल दौरान बढ्दो क्षेत्र कार्यकलापको लागि योजना बनाउँन सके जुन मे महिनासम्म जारी रहने छ। यी महिनाहरुमा धेरै जसोले सहायक अग्रगामी कार्यमा भाग लिन्छन्। गत वर्षको अप्रिल महिनामा ८७७ जना सहभागी भए, जबकि मे महिनामा १०५२ जनाले गरे। यो वर्षबारे नी? मे महिनामा के तपाईं सोहि प्रकारले गर्न सक्नु हुन्छ? अर्को हातमा, यदि तपाईं सहायक अग्रगामी कार्य गर्नु सक्नु हुन्न भने, परिस्थितिले दिए अनुसार प्रचार कार्यकलापमा आफ्नो सहभागितालाई बढाउँनको लागि योजना बनाउँनु होला।
६ अरुहरुमा मूल्याङ्कनलाई निर्माण गर्नु होस्: प्रत्येक वर्ष स्मरणार्थको उत्सवमा, कैयन् चासो राख्ने मानिसहरुसँग हाम्रो भेटघाट हुने गर्दछ। उदाहरणका लागि, स्मरणार्थको लागि गत वर्षको अप्रिल महिनामा विश्वभरि उपस्थित भएका १,०६,५०,१५८ जना मध्ये, ६३,७०,००० जना चासो देखाउँने व्यक्तिहरु थिए। यसले सङ्गठनमा अरु महान बढोत्तरी हुने संभावना देखाउँदछ।
७ स्मरणार्थको उत्सव पश्चात उक्त कुरोको पिच्छा गर्नको लागि के गरौं त? त्यसताका कतिपय नौलो मानिसहरुसँग हामीले भेटघाट गऱ्यौं। तिनीहरुकोमा भएको चासोको झिल्कोलाई मर्न नदिनु होस्। चाँडै उहाँकहाँ जानु होला। हुन सक्छ चासो देखाउने व्यक्तिलाई हाम्रो अगाडि राखिएका विलक्षण आशालाई प्रकाश गर्नको लागि तपाईंले प्रकाशको पुस्तकको ७:९, १४–लाई चलाउन सक्नु हुन्छ। पुरानो संसारको अन्त हुँदा बाँच्नेहरुबाट कुन प्रकारको प्रत्युत्तर पाउने आशा राख्न सकिन्छ? प्रकाशको ७:१०–लाई पुनःउल्लेख गर्नु होस् तथा तिनीहरुलाई यो बुझ्न मदत् दिनुहोस् कि सबैले ‘विश्वास गर्नु’ आवश्यक छ र मसिहको स्मरणार्थको लागि वर्षमा एकपटक उपस्थित हुँदैमा पर्याप्त हुँदैन।—यू. ३:१६.
८ यसमा कुनै प्रश्न छैन, कि मसिहको मृत्युको अवसरमा प्रत्येक वर्ष मनाइने स्मरणार्थ एउटा अत्यन्तै विशेष घटना हो। यसको निमित्त पूरापूर तयारी गरेर, हामी देखाउँदछौं कि यहोवा तथा मसिहले हाम्रो लागि जेजत्ति गर्नु भएको छ त्यसको हामी साँच्चै नै मूल्याङ्कन गर्दछौं। आफ्ना बाइबल शिक्षार्थीको तथा अन्य चासो राख्ने मानिसहरुको मनमा यसै प्रकारको मूल्याङ्कनलाई निर्माण गरि रहनु होला किनकि यसले येशू मसिह मार्फत यहोवाले प्रबन्ध गर्नु भएको छुडौतीको बलिदानमा विश्वास गर्न तिनीहरुलाई पनि, मदत दिने छ।