प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 अक्टोबर
  • फर्केर निश्‍चय पनि जानु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फर्केर निश्‍चय पनि जानु होस्‌
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिको परमेश्‍वरलाई प्रशंसा गर्नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • मानवजातिको सृष्टिकर्त्तामाथि विश्‍वास बढाउने
    हाम्रो राज्य सेवकाई—१९९४
  • हाम्रो सृजनहारको आदर गर्न अरूलाई मदत दिने
    हाम्रो राज्य सेवकाई—१९९४
  • सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?
    ब्यूँझनुहोस्‌!—२००६
हाम्रो राज्य सेवकाई—१९९२
km92 अक्टोबर

फर्केर निश्‍चय पनि जानु होस्‌

१ “विगत दुई वर्षहरूमा, मेलै [सृष्ट पुस्तक, Creation. नेपालीमा उपलब्घ छैन।] चार पटक पढी सकें र यसलाई तयार पार्दा गरिएको गहिरो अध्ययन, ज्ञानको सङ्‌कलन र त्यसलाई पुष्टि दिन प्रस्तुत भएको प्रमाणबाट अझै पनि प्रभावित भइ रहन्छु। यसको प्रकाशन जारी राख्नु होस्‌। यो पुस्तक संसारको प्रत्येक व्यक्‍तिको हातमा हुनु पर्ने। यसो भएको खण्डमा हाम्रा उत्पत्ति र नास्तिक विचारहरूको विषयमा उठ्‌ने सबै आलोचना र गोलमालको अन्त्य तुरुन्तै हुनेथ्यो।” अवकाश हुन लागेका एकजना वकीलले अप्रेल २२, १९९२-को अवेक! मा यो विज्ञप्ति दिए।

२ यो प्रकाशन प्रति कति राम्रो अनुमोदन जनाइएको छ। अतः चासो व्यक्‍त गर्ने सम्भवतः धेरै भन्दा धेरै मानिसहरूकहाँ यो पुस्तक पुऱ्‍याइ दिने कामलाई के हामीले हार्दिक समर्थन दिनु पर्दैन र? पर्छ भने, यो उत्कृष्ट प्रकाशनमा तिनीहरूको चासो जगाउन हामी निश्‍चय पनि तिनीहरूकहाँ फर्केर जानु पर्छ।

३ हामी मध्ये धेरै जनाले विकासवेत्ताहरूले समर्थन गरेका अनेकन्‌ सिद्धान्तहरूलाई गहरिएर अनुसन्धान गरेका छैनौं। तरै पनि, मानवजातिको सृष्टिकर्ता, यहोवा परमेश्‍वरलाई बदनाम गर्न शैतानले चलाएको यो अर्को तरिका हो भनेर शक्‍तिशाली प्रमाण पेश गर्नको निम्ति ती सबै अध्ययन गरिरहन आवश्‍यक छैन। कुनै कुनै घरपट्टीले पारिभाषिक प्रश्‍नहरू सोधेको खण्डमा त्यसको उत्तर दिन नसकौंला कि भन्‍ने डरले गर्दा फर्केर जान न हिचकिचाउनु होस्‌। यो प्रकाशन स्वयंले आफ्नो प्रत्येक वक्‍तव्यलाई पुष्टि दिने प्रशस्त ठोस प्रमाण उपलब्ध गराउँछ।

४ यस अतिरिक्‍त, मानवजातिको प्रारम्भण, यो पृथ्वी र मानिसका लागि परमेश्‍वरको उद्धेश्‍य, तथा मानवजातिले गर्नु परेका फैसलाहरू बारे शास्त्रको गहकिला शिक्षाहरूको प्रशस्त जानकारी यो पुस्तकको अध्याय १६ देखि सुरु हुँदै अध्याय २०-सम्ममा पाइन्छ। अतः पुनःभेटमा जाँदा प्रयोग गर्न सकिने निकै नै असल जानकारी यसमा उपलब्ध छ।

५ पुस्तक छाडनु भएको ठाउँमा फर्केर जान यदि तपाईंलाई अलिक अप्ठ्यारो लाग्छ भने, मण्डलीबाट बढी अनुभवी अथवा विकासवाद सम्बन्धी धेरै ज्ञान भएको एक जना व्यक्‍तिलाई तपाईंले आफूसँग लान सक्नु हुन्छ। यो व्यक्‍ति विद्यालय जाने उमेरका भाइ वा बहिनी हुन सक्छ जसले यस विषयमा अध्ययन गर्न विद्यालयमा केही समय बिताउन परेको हुन सक्छन्‌। अतः तिनी विकासवादको वर्तमान शिक्षाबारे अझ राम्ररी परिचित होलान्‌। अर्को तिर, तपाईंको मण्डलीमा यस्तो पनि कोही छन्‌ होला जो कुनै न कुनै समयमा विकासवादमा विश्‍वास गर्थ्ये। तर अब बाइबलका सत्य सिकेका हुनाकारण तिनी विकासवादको झूट्टा शिक्षाहरूलाई खण्डन गर्न अत्यन्तै मद्दतकारी हुन सक्छन्‌।

६ सृष्ट पुस्तकको अध्याय १९-लाई चलाउन न अनकनाउनु होस्‌ र भविष्यका लागि बाइबलमा पाइने आशालाई पुनःभेट गर्ने आधार बनाउनु होस्‌। कुनै पनि व्यक्‍तिलाई भविष्य सम्बन्धी बाइबलका प्रतिज्ञाहरू माथि ध्यान दिन प्रोत्साहित गर्ने उद्देश्‍यले चलाउन सकिने धेरै बुँदाहरू त्यस अध्यायमा पाइन्छन्‌। पृष्ठ २३६-को उपशीर्षक “परिवर्तन भएको पृथ्वी”-को लगतै पछि “दरिद्रताको अन्त” तथा पृष्टहरू २३८-९ को “अब उपरान्त कुनै रोग, कुनै मृत्यु हुने छैन” भन्‍ने भागहरूलाई सायद तपाईं चलाउन सक्नु हुन्छ।

७ यो असल प्रकाशनले धेरै मानिसहरूलाई जीवनतिर लैजाने बाटो भेट्टाउने मद्दत दिएको छ। जीवन तथा त्यो यहाँ कसरी आयो भन्‍ने विषयमा यो सृष्ट पुस्तकले के भन्दछ, सो पढेर विचार गर्ने प्रोत्साहन र मद्दत हामी अझ अन्य व्यक्‍तिहरूलाई दिन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने