प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 डिसेम्बर
  • वार्तालापका उचित विषयवस्तु रोज्नु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वार्तालापका उचित विषयवस्तु रोज्नु होस्‌
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरूको प्रयोग गर्दै अरूहरूलाई लाभ पुऱ्‍याउनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 डिसेम्बर

वार्तालापका उचित विषयवस्तु रोज्नु होस्‌

१ मानिसहरूलाई वाचटावर र अवेक! नियमित रूपमा पढने प्रोत्साहन दिनका निम्ति हामी के गर्न सक्छौं? अरूहरूलाई यी पत्रिकाहरू पढने प्रोत्साहन दिने बेलामा, वार्तालापका चाखलाग्दो विषयवस्तु हामीलाई थाह हुनु आवश्‍यक छ। हाम्रा इलाकामा बस्ने मानिसहरू सित हामी राम्ररी परिचित छौं र यी पत्रिकाहरू पढदा तिनीहरूलाई ध्यानमा राख्ने गर्छौं भने, तिनीहरूका ध्यान आकर्षित गर्ने वार्तालापका विषयवस्तुको हामी खोजी गर्न सक्छौं।

२ कुनै कुनै इलाकामा प्रायः एकै किसिमका मानिसहरू हुन्छन्‌। यस्तो भएको खण्डमा, झन्डै झन्डै सबैका निम्ति नै चाख लाग्दो हुने विषय फेला पार्न सजिलो हुन सक्छ। तर कुनै यस्तो इलाका पनि हुन्छन्‌ जहाँ बेग्ला बेग्लै प्रकारका मानिसहरू बसोबास गर्दछन्‌। यस्तो बेलामा, हामीसित वार्तालापका विभिन्‍न विषयवस्तु छ भने, प्रत्येक व्यक्‍तिलाई चट्ट सुहाँउदो विषयवस्तुको प्रयोग हामी गर्न सक्छौं।

३ नयाँ पत्रिकाहरू आउन साथै, पुराना पत्रिकाहरूलाई तुरुन्तै नफाल्नु होस्‌। एक जना भाइले अक्सर घरपट्टीको सामुन्‍ने वाचटावर पत्रिकाका तीन वा चार बेग्ला बेग्लै अङ्‌कहरू प्रस्तुत गर्छन्‌ र घरपट्टीले पढन रुचाएको अङ्‌क तिनलाई रोज्ने मौका दिने गर्छन्‌। आफूले वितरण गर्न सक्ने भन्दा धेरै पत्रिकाहरू हामीले लिने गरेका छौं जस्तो देखिन थाल्यो भने, हामीले आडर गरेका पत्रिकाहरूको मात्रा घटाउने विचार गर्नु पर्दछ।

४ सधैं नै वार्तालापका उपयुक्‍त विषयवस्तु प्रयोग गरेर, हामीले अरूहरूलाई हाम्रा पत्रिकाहरू पढन प्रोत्साहित गर्न सक्छौं। सम्भवतः तिनीहरूलाई जीवनको बाटोमा हिंड्‌न सुरु गर्न लगाउन पनि सक्नेछौं। (मत्ती ७:१४) यस महत्त्वपूर्ण विषयलाई ध्यान दिने गर्‌यौं भने, हामीले यहोवाबाट निश्‍चय नै आशिष पाउन सक्ने छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने