स्मरणार्थको तयारी गर्दा
के वक्ता सहित अरू सबैलाई स्मरणार्थ हुने पक्का समय र स्थानको जानकारी दिइएको छ? के वक्तासँग आवतजावत्को कुनै प्रबन्ध छ?
के स्मरणार्थका प्रतीकहरू प्राप्त गर्ने र त्यसलाई उपयुक्त समयमा ठीक ठाँउमा राख्ने प्रबन्ध गरिसकेको छ?
टेबललाई ढाक्ने एउटा सफा कपडा र पर्याप्त मात्रामा गिलास र प्लेटका साथ समयमै टेबललाई तयार पार्नका लागि तयारी गरिएको छ कि छैन?
समयमै राज्य भवनलाई सफा गर्न के प्रबन्धहरू गरिएको छ?
के परिचारकहरू र टक्य्राउने व्यक्तिहरू खटाइसकिएको छ? स्मरणार्थका दिन आफ्नो काम सुरु गर्नुभन्दा अघि के तिनीहरूसँग भेट गर्ने तालिका मिलाइएको छ? सबैलाई कुशलतापूर्वक टक्राइनेछ भनेर निश्चित गर्न कुन तरिकालाई प्रयोगमा ल्याइनेछ?
के वृद्ध र अशक्त भाइहरू र बहिनीहरूलाई मदत गर्ने पूरा प्रबन्धहरू छन्? हिंडडुल गर्न नसक्ने हुनाले मण्डलीमा उपस्थित हुन असक्षम भएका कुनैपनि अभिषिक्त व्यक्तिका निम्ति प्रतीक टक्य्राउने प्रबन्धहरू भएको छ कि छैन?