पुस्तिकाहरूको प्रयोग गर्न नबिर्सनुहोस्
घर-घर गएर अथवा अनौपचारिक साक्षी दिंदा हाम्रो वार्तालाप प्रायजसो हामीसँग भएको आर्कषक पुस्तिकाहरू मध्ये एउटा विषयमा केन्द्रित हुन्छ। मई महिनामा वाचटावर र अवेक!-को ग्राहक बन्ने प्रस्तावना राख्दा हामीले यो कुरा ध्यानमा राख्न सक्छौं। सेवकाईमा प्रस्तुत गर्नको लागि पत्रिकाको साथसाथै विभिन्न पुस्तिकाहरू पनि साथमा लग्नाले चाहिएको बेलामा हामी एउटा प्रभावकारी साक्षी दिन सक्षम हुन सक्छौं। विशेषगरि हाम्रा समस्याहरू भन्ने पुस्तिका हाम्रै क्षेत्रको निम्ति सुहाँउदो किसिमले तयार गरिएको छ। यदि घरधनीले ग्राहक बन्न इच्छुकता देखाएन भने मई महिनामा (स्कूल पुस्तिका बाहेक) कुनै एउटा पुस्तिका रू० ४.००-मा दिन नहिच्किचाउनुहोस्। तपाईंले प्रस्तुत गर्नु हुने पत्रिकाको साथमा अथवा त्यो बिना पनि यो पुस्तिका दिन सक्नुहुन्छ।—हितोपदेश १५:२३ तुलना गर्नुहोस्।