हाम्रा छिमेकीहरूले सुसमाचार सुन्नु आवश्यक छ
१ “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन्” भन्ने इच्छा परमेश्वरको छ। (१ तिमो. २:४) “सबै मानिसहरू” भन्नाले हाम्रा सम्पूर्ण छिमेकीहरू बुझिन्छ। ती मानिसहरूलाई सुसमाचार सुनाउन विभिन्न प्रकारका प्रस्तुतिहरू चाहिनुका साथै तिनीहरूलाई भेट्नु अगावै तिनीहरूका के कस्ता रुचि होलान् भनेर चासो राख्नुपर्छ। (१ कोरि. ९:१९-२३) यहोवाको संगठनले हामीलाई “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[को]” हृदय छुन मदत गर्नसक्ने सामग्रीहरू जुटाइदिएको छ। (प्रेरि. १३:४८) आउनुहोस्, हाम्रा छिमेकीहरूको आध्यात्मिक आवश्यकता पूरा गर्न हामी जुलाई र अगस्त महिनामा कसरी विभिन्न पुस्तिकाहरू प्रयोग गर्नसक्छौं, हेरौं।
२ आकर्षक पुस्तिकाहरू: तपाईंले कुनै पुस्तिकाहरू प्रस्तुत गर्नुहुँदा तल दिइएको सूचीमा काम लाग्नसक्ने सुझाउहरू पाउनुहुनेछ। प्रत्येक सुझाउमा (१) वार्तालाप थाल्ने विचारोद्दीपक प्रश्न, (२) कुराकानी गर्ने बुँदाहरू पुस्तिकामा कहाँ पाइन्छ सो देखाउने सन्दर्भ सामग्री र (३) छलफलको दौडान पढ्न सकिने मिल्दो शास्त्रपद समावेश छन्। त्यसपछि, तपाईंले व्यक्तिविशेषको प्रतिक्रियाअनुसार प्रस्तुतिलाई आफ्नै शब्दहरूमा अघि बढाउन सक्नुहुनेछ। धेरैजसो पुस्तिकाहरूका लागि, हाम्रो राज्य सेवकाई-को अघि अघिका अंकहरू उद्धरण गरिएका छन् जसमा तपाईंले पुस्तिका प्रस्तुतिबारे अझ विस्तृत जानकारी पाउनुहुनेछ।
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
दुर्व्यवहार भोग्ने मानिसहरूलाई मदत दिन के सम्भव छ जस्तो तपाईंलाई लाग्छ?—पृष्ठ २७-८, अनुच्छेद २३-७; यशै. ६५:१७, १८; km-NP ७/९७ पृ. ८.
जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
आज थुप्रै मानिसहरू आफ्नो जीवनसित सन्तुष्ट नदेखिनुको कारण के हो?—पृष्ठ २९-३०, अनुच्छेद २, २५-६; भज. १४५:१६; km-NP ७/९६ पृ. ४.
पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!
येशू ख्रीष्ट अहिले के गरिरहनुभएको छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?—चित्रहरू ४१-२; प्रका. ११:१५; km-NP ८/९६ पृ. ८.
त्यो राज्य जसले प्रमोदवन ल्याउने छ।
येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभएको राज्यबारे के तपाईं जान्न चाहनुहुन्छ?—पृष्ठ ३; मत्ती ६:९, १०.
तपाईंको प्रिय जनको मृत्यु हुँदा।
आफ्ना प्रियजन गुमाउनेहरूलाई कसरी सान्त्वना दिने भनेर के कहिल्यै सोच्नुभएको छ?—पृष्ठ २६, अनुच्छेद २-५; यूह. ५:२८, २९; km-NP ७/९७ पृ. ८.
के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो?
के परमेश्वरको साँचो स्वरूप बुझ्नुमा नै हाम्रो भविष्य निर्भर छ?—पृष्ठ ३, अनुच्छेद ३, ७-८; यूह. १७:३.
३ अन्य पुस्तिकाहरू: फेब्रुअरी १९९८, हाम्रो राज्य सेवकाई-को परिशिष्टमा पुस्तिकाहरूलगायत अन्य प्रकाशनहरू सूचीबद्ध गरिएका छन्। ती विशेषगरि बौद्ध, हिन्दू, यहूदी र मुसलमानहरूलाई साक्षी दिन तयार पारिएका हुन्। उपयुक्त भएमा, भेटेका मानिसहरूलाई यी पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ। तपाईंले त्यस परिशिष्टको पृष्ठ ४-६ र तर्क पुस्तकको पृष्ठ २१-४ का सुझाउहरू चलाएर मानिसहरूको चासो जगाउने छोटो प्रस्तुति बनाउन सक्नुहुन्छ।
४ शिक्षित तर बाइबलबारे कम ज्ञान भएका मानिसहरूलाई मदत दिन अर्को पुस्तिका तयार पारिएको छ। तिनीहरूलाई परमेश्वरको वचन जाँच्न उत्प्रेरित गराउनु यो पुस्तिकाको उद्देश्य हो। मौका हेरी, तल दिइएका पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ:
सबैका लागि उपयोगी किताब।
सुशिक्षित हुन बाइबलको ज्ञान पनि लिनुपर्छ भनेर के तपाईं मानी लिनुहुन्छ?—पृष्ठ ३, अनुच्छेद १-३ र पृष्ठ ३०, अनुच्छेद २; उप. १२:९, १०.
५ बाइबल अध्ययन पुस्तिका: प्रथम भेटमा होस् या पुनःभेट गर्दा, सेवकाईमा जाँदा हाम्रो उद्देश्य बाइबल अध्ययन थाल्ने हुनुपर्छ। त्यसको लागि, गृह बाइबल अध्ययन थाल्न र संचालन गर्न चलाउन सजिलो निम्न पुस्तिका हामीसित छ:
परमेश्वर हामीबाट के चाहनुहुन्छ?
के तपाईंलाई थाह छ, हप्ताको ३० मिनेट वा त्योभन्दा कम समय लिएर १६ हप्ताभित्र तपाईंले बाइबलका आधारभूत ज्ञान हासिल गर्न सक्नुहुन्छ?—पाठ २, अनुच्छेद ६; २ तिमो. ३:१६, १७; km-NP ३/९७ पृ. ४.
६ येशूले छिमेकी सामरीको दृष्टान्तमा अरूलाई दुःख पर्दा मायालु र दयालु मदत दिने नै साँचो छिमेकी हो भनेर स्पष्ट पार्नुभयो। (लूका १०:२७-३७) हाम्रा छिमेकीहरू आध्यात्मिक हाहाकारमा परेका छन्। तिनीहरूले सुसमाचार सुन्नुपरेको छ। त्यसैले, येशू ख्रीष्टका साँचो चेला हौं भन्ने प्रमाण दिंदै तिनीहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी लेऔं।—मत्ती २४:१४; गला. ५:१४.