तपाईंको राज्य आशा बाँड्न ब्रोश्यरहरू चलाउनु होस्
१ जसै हामी बाइबलका अग्रवाणीहरू पूरा भएको देख्छौं, हामीमा भएको राज्यको आशामा हामी रमाउछौं, तथा सुन्न चाहने जोसुकै सँग यसको विषयमा बोल्न हामी प्रेरित हुन्छौं। (लू० ६:४५; रो० १२:१२) येशुको आदेश अनुसार अरुहरू सित आफ्नो राज्यको आशा बाँड्ने एउटा तरिका अगस्त महिनाको क्षेत्र सेवामा ब्रोश्यर चलाउनु हो।—मत्ती २४:१४.
२ छानी छानी चलाउनका लागि हामीकहाँ अनगन्ती रङ्गीन एवं सूचनाप्रद ब्रोश्यरहरू भएको हुनाले, यी मध्ये कुन चाहिं ले हाम्रो इलाकामा बस्नेहरूको आवश्यकतालाई उत्तम रूपले पूरा गर्छ तथा तिनीहरूको चासोलाई बढाउँछ होला? यी ब्रोश्यरहरूलाई यथासंभव उत्तम ढङ्गमा प्रयोग गर्न, त्यसभित्रका विषयसामग्री हामीलाई थाहा हुनु पर्छ। निम्नलिखित छोटो पुनर्विचारले हामीलाई यस संर्दभमा मद्दत दिने छ।
३ हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?: अगस्त महिनामा यो ब्रोश्यर चलाउँने तरिकामाथि हामी यथासंभव मनन गर्ने छौं। यो पुस्तिकालाई हिन्दू पृष्ठभूमिका मानिसहरूलाई ध्यानमा राखेर विशेष रूपले तयार गरिएको हो तथा हाम्रो इलाकाको लागि सुहाउँदो छ। धेरै मानिसहरू बाइबलको समाचारसित अपरिचित छन्। यिनीहरूलाई यो ब्रोश्यरले परमेश्वरको वचनका आधारभूत शिक्षाहरूसित सरल ढङ्गमा परिचित गराउँदछ तथा राज्यको अदभूत आशा प्राप्त गर्न अझ अध्ययन गर्ने प्रोत्साहन दिन्छ।
४ त्यो राज्य जसले प्रमोदवन ल्याउने छ: येशू पृथ्वीमा हुनु हुँदा, परमेश्वरको राज्य नै उहाँको प्रचारको ध्येय थियो। त्यो राज्य एउटा वास्तविक सरकार हो तथा आज जीवनलाई कठिन तुल्याउने समस्याहरूको समाधान यसले कसरी गर्ने छ यो ब्रोश्यरले देखाउँछ।
५ पृथ्वीमा संघै जीवनको आनन्द उठाउनु होस्!: परमेश्वरले मानिसलाई किन बनाउँनु भयो र हामीले पृथ्वीमा सधैंभरि बाँच्ने आनन्द कसरी उठाउन सक्छौं यो ब्रोश्यरले व्याख्या गर्छ। तरूण लगायत सीमित पढ्ने क्षमता हुनेहरूले यो ब्रोश्यरका वर्णनात्मक चित्रहरू तथा छोटो-छोटो व्याख्याहरू मन पराउने छन्। कान कम सुन्नेहरूकहाँ पनि बाइबलका आधारभूत शिक्षा पुऱ्याउँनका लागि यसको प्रयोग गर्न सकिन्छ।
६ त्यो ईश्वरीय नाउँ जो सदा सर्वदासम्म रहि रहने छ (The Divine Name That Will Endure Forever. नेपालीमा उपलब्ध छैन।): यो नाउँ जान्न तथा आफ्नो उपासनामा मसीहीहरूलाई यसको प्रयोग गर्नु किन आवश्यक छ देखाउँदै, परमेश्वरको नाउँलाई यो पुस्तकले एउटा शास्त्रीय एवं ऐतिहासिक दृष्टिकोणबाट छलफल गर्छ।
७ “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”: यो ब्रोश्यरले प्रमोदवनको वर्णन गर्दछ तथा बाइबल र सृष्टिकर्ता प्रति हाम्रो मूल्याङ्कन बढाउँदछ। परमेश्वरले दुष्ट्याँइलाई रहिरहने अनुमति किन दिनु भयो भन्ने विषयको छलफल गरेपछि, बाइबलका तीनवटा निम्न आधारभूत शिक्षाहरूमाथि यसले ध्यान केन्द्रित गर्छ: छुट्काराको बलिदान, पुनःरुत्थान, र राज्य। बाइबल अध्ययन सञ्चालन गर्न हामीलाई सजिलो होस् भनेर, यसका पानाहरूको तल्लो भागमा प्रश्नहरू पनि छन्।
८ के तपाईंले त्रीएकमा विश्वास गर्नु उचित हो? (Should You Believe in the Trinity? नेपालीमा उपलब्ध छैन।): मानिसहरूले त्रीएकमा विश्वास गर्ने दाबी गरे तापनि, यसको अर्थवारे तिनीहरूको धारणा बेग्ला बैग्लै हुन सक्छ। त्रीएक के हो? यो कुरा के बाइबलले सिकाउँछ र? के येशू ख्रीष्ट त्रीएकको एउटा हिस्सा एवं सर्वशक्तिमान परमेश्वर हुनु हुन्छ? पवित्र आत्मा के हो?
९ चलाउन मन लागेका ब्रोश्यर हामीले रोजी सके पछि, हाम्रो राज्य सेवकाई-को यस अंकको पछिल्लो पानाका लेखहरूलाई दोहोऱ्याएर पढ्नु पर्छ। चासोलाई बढाउन एवं बाइबल अध्ययन थाल्ने उद्देश्य लिएर साहित्य प्रस्तुत गर्ने र पुनःभेटमा जाने सुझावहरू हामी ती लेखहरूमा पाउने छौं।
१० कति पटक त, असरदायक साक्षी दिने काम कुनै एउटा ब्रोश्यरले नै गर्न सक्तछ। तथापि, हामी तयार बस्नु पर्छ, आफूसित पर्याप्त मात्रामा ब्रोश्यरहरू हुनु पर्छ, तिनमा लेखिएका कुराहरू थाहा हुनु पर्छ, तथा विवेकी हुनु पर्छ। हाम्रो जोशीलो सेवकाईलाई यहोवाले आशिष दिऊन् र यसको परिणामस्वरूप यो राज्य आशामा अरु धेरै जना हामीसित रमाउन सकून्!—प्रे० १३:४७, ४८.