पर्चामा भएका कुराहरूलाई पत्रिकाहरूसँग जोड्नुहोस्
१ आज प्रकाशित हुने सबै पत्रिकाहरूमध्ये द वाचटावर र अवेक!-ले मात्र सच्चा पाठकहरूलाई अनन्त जीवनको मार्ग भेट्टाउन मदत दिनसक्छ। अप्रिल र मई महिनाको दौडान तपाईंले मानिसहरूसँग कुरा गर्नु हुँदा कसै कसैले राज्य समाचारप्रति स्पष्ट चासो देखाउनेछन्। तपाईं सिधै ताजा पत्रिकाहरूतर्फ तिनीहरूको ध्यान खिच्न र ग्राहक बन्ने प्रस्ताव प्रस्तुत गर्न सक्नुहुन्छ। अरूहरूले भने सुरु-सुरुमा अलि-अलि चासो देखाउन सक्छ। यस अवस्थामा कुनै एउटा पर्चाबाट एक-दुईवटा बुँदाहरू छलफल गर्न सक्नुहुन्छ; त्यसपछि पर्चामा भएका कुराहरूलाई पत्रिकासँग जोड्नुहोस् र अन्तमा ग्राहक बन्ने प्रस्ताव राख्नुहोस्।
२ तपाईं भन्न सक्नुहुन्छ:
▪ “आज संसारमा समाधान भन्दा समस्याहरू नै धेरै छन् भनेर धेरैजना मानिसहरू मानिलिन्छन्। हाम्रा सबै समस्याहरूको अन्त हुनेछ भनेर बाइबलले अगमवाणी गरेको थियो भनेर के तपाईंलाई थाहा थियो?” त्यसपछि शान्तिमय नयाँ संसारमा जीवन भन्ने पर्चाको तेस्रो र चौथौ पृष्ठ देखाउन सक्नुहुन्छ र बाइबलका केही प्रतिज्ञाहरूबारे छलफल गर्न सक्नुहुन्छ।
३ यदि तपाईं अप्रिल १-को अङ्ग्रेजी वाचटावर प्रस्तुत गर्नुहुँदैछ भने “संसारको ज्योतिलाई पछ्याउनु होस्” भन्ने लेख देखाउन सक्नुहुन्छ र अन्ततोगत्वा येशू ख्रीष्टले कसरी सबै मानिसहरूको समस्याहरूलाई समाधान गर्नु हुनेछ भन्ने कुरालाई वर्णन गर्न सक्नुहुन्छ। अप्रिल १-को जातीय भाषाको वाचटावर-ले “के संसारलाई एकजना मसीहको खाँचो छ?” नामक प्रश्न अन्तर्गत त्यही लेखहरूलाई प्रस्तुत गर्दछ। धेरै मानिसहरू ‘मसीह’ शब्दको अर्थ ‘मुक्तिदाता’ हो भनेर ठान्छन्। तथापि, ‘मसीह’-को अर्थ ‘अभिषिक्त’ भए तापनि येशू ख्रीष्ट मानवजातिको एकमात्र मुक्तिदाता हुनुहुन्छ भनेर तिनीहरूलाई देखाउन सकिन्छ। पृष्ठ १२-को “मसीहले पृथ्वीमा कहिले शासन गर्नुहुन्छ?” भन्ने उपशीर्षक मुनि अनुच्छेद १४ देखि १६ पल्टाएर उहाँको शासनले ल्याउने केही फाइदाहरू देखाउनुहोस्।
४ त्यसपछि घरधनीलाई पृष्ठ १३-मा “तपाईंलाई उहाँको शासनले कसरी असर गर्छ” भन्ने अर्को उपशीर्षक देखाउनुहोस्। द वाचटावर-ले कसरी नियमित रूपमा बाइबलका अद्भुत प्रतिज्ञाहरूको छलफल गर्छ र त्यसलाई हामीले कसरी प्राप्त गर्न सक्छौं भन्ने कुरालाई देखाउनुहोस्। हुलाकद्वारा आफ्नै घरमा नियमित रूपमा उसले त्यो पत्रिका प्राप्त गर्न सक्छ भन्ने कुरालाई वर्णन गर्नुहोस्। अन्तमा त्यो व्यक्तिले ग्राहक बन्न वा पत्रिका लिन स्वीकार गरे वा नगरे तापनि यदि उसले चासो देखाउँछ भने त्यस विषयमा अझ छलफल गर्न उपुयक्त समयमा फेरि फर्केर आउने प्रस्ताव प्रस्तुत गर्नुहोस्।
५ यदि अप्रिल ८-को “अवेक!”-लाई चलाइँदै छ भने दोस्रो अनुच्छेदमा दिएको परिचयलाई तपाईं चलाउन सक्नुहुन्छ र त्यसपछि यसरी कुरा थप्न सक्नुहुन्छ:
▪ “धर्म र राजनीतिले हाम्रा समस्याहरूलाई समाधान गर्न सक्लान् र भनेर धेरैजना मानिसहरू अनिश्चित छन् तर विज्ञानसँग पनि यसको उत्तर होला र भनेर पनि तिनीहरू शङ्का गर्छन्।” त्यसपछि “के विज्ञानले २१-वौं शताब्दीको चुनौतीहरूको सामना गर्नसक्छ?” भन्ने लेखको उपयुक्त बुँदाहरू पढ्नुहोस्। धेरैजसो जवान मानिसहरूलाई विशेषगरी विद्यार्थीहरूलाई यो लेख मनपर्न सक्ने सम्भावना धेरै छ।
६ “हाम्रो परिवर्तनशील पृथ्वी—हामी कुन दिशा तर्फ जाँदैछौं?” भन्ने प्राय धेरैजसो मानिसहरूले सोध्ने प्रश्न अप्रिल ६-को जातीय भाषाको अवेक!-को बाहिरी आवरणमा दिइएको छ। यसको उत्तरका लागि त्यसै अङ्कको पृष्ठ ११-मा दिएको “हाम्रो परिवर्तनशिल पृथ्वी—साँच्चै नै हाम्रो भविष्य कस्तो छ? भन्ने लेखमाथि तपाईं घरधनीको ध्यान खिच्न सक्नुहुन्छ। पृष्ठ ११ देखि १३-को उपशीर्षकहरू देखाएर आजको “डरलाग्दो समयमा” बाइबल “भरपर्दो जानकारीको अतुलनीय स्रोत” हो, यसले “एउटा उत्तम विकल्प” दिन्छ, र “आशावादी हुने कारणहरू” प्रदान गर्दछ भनेर तपाईं देखाउन सक्नुहुन्छ। “मद्यपान गर्नाले के म साँच्चै नै लतमा पर्न सक्छु र?” भन्ने ‘जवान मानिसहरू सोध्छन् . . . ’ लेख जवान मानिसहरूलाई देखाउन सकिन्छ। त्यसपछि अवेक! वा अवेक! र वाचटावर दुवैको ग्राहक बन्ने प्रस्ताव प्रस्तुत गर्नुहोस्।
७ यदि तपाईं नयाँ प्रकाशक हुनुहुन्छ भने निस्सन्देह तपाईं सरल ढङ्गमा कुरा सुरु गर्न नै रुचाउनुहुन्छ। त्यसोभए शान्तिमय नयाँ संसारमा जीवन भन्ने पर्चा वा अरू कुनै पर्चा एकमुष्ट लिएर माथि अनुच्छेद २-मा दिएको सुझावहरूलाई किन चलाउनु हुन्न?
८ मनिसहरूका घरहरूमा उद्धारको समाचार ल्याउन पाएकोमा हामी गौरवान्वित महसुस गर्छौं। आउनुहोस् ‘योग्य व्यक्ति’-को खोजीमा हामी सबैजना पर्चाहरूको सदुपयोग गरौं र त्यसमा भएका कुराहरूलाई अप्रिल र मई महिनाको दौडान ग्राहक बनाउने प्रस्तावसँग जोडौं।—मत्ती १०:१३.