जवानहरू—आफ्ना पाइलाहरूलाई निपुणतापूर्वक डोऱ्याउनुहोस्
१ जवान व्यक्तिहरूको आध्यात्मिक प्रगतिमा हाम्रो पिता, यहोवाले व्यक्तिगत चासो लिनुहुन्छ। उहाँका मायालु आज्ञाहरू सुन्नाले जवानहरूले केवल उहाँको हृदयलाई आनन्दित तुल्याउने मात्र होइन तर आफ्नै आत्माको लागि पनि ताजगी पाउँछन्। (हितो० २७:११; मत्ती ११:२८-३०) आफ्ना पाइलाहरू डोऱ्याउन तिनीहरू यहोवातर्फ निपुण सल्लाहका लागि हेर्छन्।—हितो० १६:९.
२ येशूले आफ्नो जवानीमा परमेश्वर र मानिस दुवैको अनुमोदन प्राप्त गर्ने एकजना व्यक्तिको उदाहरण बनेर देखाउनुभयो। (लूका २:५२) आज जवानहरूले त्यस्तै गर्ने प्रयास गर्नुपर्छ। एकजना जवान व्यक्तिले आफ्नो पाइलालाई निपुणतापूर्वक डोऱ्याइरहेको छ कि छैन भन्ने कुरा ऊ आध्यात्मिक कुराहरूमा कत्तिको लागिरहन्छ त्यसैबाट प्रमाणित हुन्छ। बाह्र वर्षको उमेरमा यहोवाबारे अरूहरूसित कुरा गर्न उहाँले देखाएको इच्छाको लागि येशू चिनिनु हुन्थ्यो। (लूका २:४६, ४७) आफ्नो विश्वासबारे अरूहरूलाई सुनाउन आजका जवान व्यक्तिहरूले त्यस्तै इच्छा देखाएका छन्।—w90 7⁄1 pp. 29-30; w87 12⁄1 p.21.
३ “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्न” तपाईं जवानहरूले अहिले नै र खासगरि गर्मीको छुट्टीमा के गर्न सक्नुहुन्छ? (हितो० ३:९) सुसमाचार प्रचार गर्न र सिकाउन बढ्ता समय किन नबिताउने, शायद अग्रगामी सेवकाई गर्न सक्नुहुन्छ कि? यसो गर्दा सेवकाईमा धेरै समय बिताउँदा स्वतः प्राप्त हुने आनन्द साथसाथै अरू फाइदाहरू देखेर तपाईंलाई छक्क लाग्नेछ। यसले क्षेत्र सेवकाईमा विभिन्न प्रकाशकहरूसँग काम गर्ने मौका पनि प्रदान गर्छ। एक या दुईजना अनुभवी प्रकाशकलाई यस सप्ताहन्तमा तपाईंसँग काम गर्न निमन्त्रणा दिएर अहिले तुरून्त नै यो काम थाल्न सक्नुहुन्छ।
४ बच्चाहरूसँग क्षेत्र सेवकाईमा सँगसँगै जानुको साथसाथै प्रचारमा जानका लागि अभ्यास गरेर पनि आमाबाबुहरूले आफ्ना छोरा-छोरीलाई निकै नै प्रोत्साहन र समर्थन दिन सक्छन्। जवानहरूलाई ढोका-ढोकामा गएर प्रचार गर्न, पुनःभेट गर्न र बाइबल अध्ययनमा जान बोलाएर मण्डलीका परिपक्व व्यक्तिहरूले पनि तिनीहरूलाई मद्दत दिन अग्रसर हुन सक्छन्। आध्यात्मिक तवरमा बलियो भएका त्यस्ता प्रकाशकहरूसँग सङ्गत गर्नाले जवान व्यक्तिहरू आध्यत्मिकतामा बढ्नेछन् र “सिद्धतातर्फ बढ्न” मद्दत पाउने छन्।—हिब्रू ६:१.
५ प्रत्येक मसीहीले आफ्नो सिकाउने क्षमताको विकास गर्नु आवश्यक छ। यस कुरामा जवानहरू पनि समावेश छन्। ईश्वरतान्त्रिक सेवकाई पाठशालामा आफूलाई दिइएको कामलाई के तपाईं जवानहरूले राम्रोसँग तयार गर्नुहुन्छ? पढ्न, व्यक्तिगत अध्ययन गर्नका साथसाथै मनन गर्नका लागि के तपाईंसँग एउटा नियमित तालिका छ? आफूले ध्यान दिएका विषयवस्तुलाई के तपाईं तुरून्तै व्यक्तिगत जीवनमा उपयोग गर्नुहुन्छ? विषय-वस्तुलाई राम्रोसँग बुझ्न सकोस् र टिप्पणीहरू दिन सकोस् भनेर के तपाईं सभाहरूको लागि राम्ररी तयारी गर्नुहुन्छ? के तपाईं सभाहरूको दौडानमा भनिएका मद्दतकारी बुँदाहरू टिप्नुहुन्छ र हाम्रो राज्य सेवकाई-मा दिइएका सल्लाहहरूलाई प्रयोग गर्न कोसिस गर्नुहुन्छ?
६ राज्य भवन सफा गर्ने र बुढा अथवा अस्वस्थ भाइ बहिनीहरूलाई उनीहरूको काममा अथवा अरू व्यावहारिक ढङ्गमा मद्दत पुऱ्याउन सकिने अवसरहरू नगुमाउनुहोस्। राज्य भवनको खर्चहरू र सोसाइटीको विश्वव्यापी काममा मद्दत पुऱ्याउन नियमित तवरमा चन्दाहरू दिन नभुल्नुहोस्।
७ यदि ‘हामीले यहोवाको वचनमा ध्यान दियौं’ र उहाँलाई हाम्रा पाइलाहरू डोऱ्याउन दियौं भने उहाँले हामीलाई आनन्द र यो भन्दा बढी सेवाका अवसरहरूतर्फ डोऱ्याउनुहुनेछ।—भजन० ११९:९.