प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 मार्च pp. ३-६
  • अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?
    हाम्रो राज्य सेवकाई—२०००
  • ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • भलाइको निम्ति उत्सुक हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
  • के तपाईंको निमित्त मे महिना विशेष हुन्छ होला?
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 मार्च pp. ३-६

अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना

१ स्मरणार्थ महिनामा पर्ने हप्ताहरू यहोवाका साक्षीहरूले मनन गर्नुपर्ने हप्ताहरू हुन्‌। यो ख्रीष्टको मृत्युले सम्पन्‍न गरेका कुराहरू र येशूले बगाउनुभएको रगतद्वारा हामीले प्राप्त गरेका ईश्‍वरप्रदत्त आशाहरूमा मनन गर्ने समय हो। गत सालको अप्रिल १९ को दिनलाई विचार गर्दा तपाईं कुन कुरा सम्झनुहुन्छ? त्यस साँझ तपाईंले देख्नुभएका नयाँ अनुहारहरू, अमूल्य आध्यात्मिक वातावरण, बाइबलसम्बन्धी गम्भीर छलफल र हृदयस्पर्शी प्रार्थनाको के तपाईंलाई सम्झना छ? यहोवा र येशूले तपाईंप्रति देखाउनु भएको प्रेमको खातिर तपाईंले आफ्नो गहिरो कृतज्ञता जाहेर गर्ने संकल्प गर्नुभएको हुनसक्छ। यस्ता कुराहरूमाथि गरिने मननले तपाईंलाई अहिले कसरी असर गर्छ?

२ स्पष्ट छ, यहोवाका मानिसहरूले जाहेर गर्ने कृतज्ञता शब्दमा व्यक्‍त गर्न सकिंदैन। (कल. ३:१५, १७) गत अप्रिल महिनामा हामीले मसीही सेवकाईमा धेरैभन्दा धेरै समय बिताएर यहोवाले मुक्‍तिका लागि गर्नुभएको प्रबन्धप्रति आफ्नो मूल्यांकन जाहेर गऱ्‍यौं। सयौंले सहायक अग्रगामी गरे र भारतमा अग्रगामीहरूको संख्या पछिल्लो शिखरभन्दा ३४ प्रतिशतले बढ्यो। अरू राज्य उद्‌घोषकहरूसँगै तिनीहरूले गरेको प्रयासको परिणाम सेवकाईमा बिताएको कुल घण्टा, पत्रिकाहरू र पुनःभेटहरूको नयाँ शिखर कायम भयो। हजारौं बाइबल अध्ययनहरू सुरु भएको र स्मरणार्थ उत्सवमा उपस्थित व्यक्‍तिहरूको नयाँ शिखर संख्याले हाम्रो हर्ष बढ्यो!

३ साँच्चै भन्‍ने हो भने, हाम्रो पक्का आशाले हामीलाई काम गर्न उत्प्रेरित गर्छ। प्रेरित पावलले यस्तै लेखे: “किनकि यही हेतुले हामी परिश्रम र प्रयत्न गर्दछौं, किनभने हाम्रो आशा जीवित परमेश्‍वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेका, मुक्‍तिदाता हुनुहुन्छ।”—१ तिमो. ४:१०.

४ यस पालिको स्मरणार्थ समयमा जीवनका लागि यहोवाले गर्नुभएका प्रवन्धहरूप्रति तपाईं कसरी आफ्नो विश्‍वास प्रकट गर्नुहुनेछ? गत अप्रिलमा हामीले भारतमा राज्य उद्‌घोषकहरूको अहिलेसम्म रेकर्ड गरिएको संख्यामा दोस्रो शिखर संख्याबारे सुन्यौं। यस अप्रिल महिनामा के हामी त्यो संख्यालाई उछिन्‍नसक्छौं? हामी यो लक्ष्य प्राप्त गर्नसक्छौं। तर बप्तिस्मा प्राप्त तथा बप्तिस्मा अप्राप्त सबै प्रकाशकहरूले भाग लिनु आवश्‍यक हुनेछ। थुप्रै नयाँ व्यक्‍ति पनि भाग लिन योग्य हुन सक्छन्‌। तसर्थ, यस अप्रिल महिनामा परिश्रम र प्रयत्न गर्ने योजना बनाउनु हुँदा, अरूलाई प्रोत्साहन दिनसक्ने तरिकाहरूबारे विचार गर्नुहोस्‌ र आफ्नो योजनामा नयाँ तथा कम अनुभवीहरूलाई पनि समावेश गर्नुहोस्‌।

५ क्रियाकलाप पुनः सुरु गर्न कोही कोहीलाई मदत गर्नुहोस्‌: गत एक वा दुई महिनादेखि क्षेत्र सेवकाईमा भाग नलिएका कोही छन्‌ भने, तपाईं तिनीहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ र क्षेत्र सेवकाईमा सँगै जान आमन्त्रित गर्न सक्नुहुन्छ। मण्डलीमा कोही निष्क्रिय छन्‌ भने प्राचीनहरूले तिनीहरूलाई भेट्‌न र अप्रिलमा फेरी काम सुरु गर्ने प्रोत्साहन दिन विशेष प्रयत्न गर्नेछन्‌।

६ उहाँको सेवामा हामीलाई बल दिन हामी सबैले लगातार यहोवाको आत्मा मागिरहनैपर्छ। (लूका ११:१३) त्यो आत्मा प्राप्त गर्न हामीले के गर्नैपर्छ? परमेश्‍वरको प्रेरित वचन पढ्‌नुहोस्‌। (२ तिमो. ३:१६, १७) हरेक हप्ता हुने पाँचैवटा सभामा उपस्थित भएर “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ” त्यो सुन्‍नैपर्छ। (प्रका. ३:६) अनियमित तथा निष्क्रियहरूलाई पढ्‌ने बानी विकास गर्न र सभाहरूमा नियमित रूपमा उपस्थित हुन मदत दिने उपयुक्‍त समय अहिले नै हो। (भज. ५०:२३) हामी आफ्नो आध्यात्मिक हितबारे सजग हुँदै यसो गर्नेछौं। तथापि, अझै थप कुराहरू आवश्‍यक छन्‌।

७ प्रेरित पत्रुसले यसो भने, “आफ्ना आज्ञा मान्‍नेहरू जत्तिलाई” परमेश्‍वरले पवित्र आत्मा दिनुहुन्छ। (प्रेरि. ५:३२) “जनतामा प्रचार गर्ने, र . . . गवाही दिने” आज्ञा पालन गर्नु यसमा समावेश छ। (प्रेरि. १:८; १०:४२) तसर्थ, प्रचारको लागि बल प्राप्त गर्न हामीलाई परमेश्‍वरको आत्मा चाहिने कुरा सत्य हो तर हामीले यहोवालाई खुसी पार्ने इच्छा प्रकट गर्दा, उहाँले हामीलाई अझ मदत गर्नुहुने कुरा पनि साँचो हो। आज्ञाकारिताका यी प्रारम्भिक कदमहरूलाई गम्भीरतासाथ लिनुपर्ने कुरालाई हामी कहिल्यै हल्का नठानौं!

८ जवानहरूलाई मदत गर्ने: आमाबाबु हो, तपाईंका छोराछोरीले सच्चाइबारे अरूसँग कुरा गर्ने उत्सुकता देखाएको के तपाईंले याद गर्नुभएको छ? के तिनीहरू तपाईंसँगै क्षेत्र सेवकाईमा जान्छन्‌? के तिनीहरू आफ्नो आनीबानीमा उदाहरणीय छन्‌? छन्‌ भने किन हिचकिचाउने? मण्डलीको सेवा समितिका एक जना सदस्यलाई भेट्‌नुहोस्‌ र तपाईंको छोरा वा छोरी यस अप्रिल महिनामा प्रकाशक गनिन योग्यका छन्‌ कि छैनन्‌ पत्ता लगाउनुहोस्‌। (आवर मिनिष्ट्री पुस्तक, पृष्ठ ९९—१०० हेर्नुहोस्‌।) तपाईंका छोराछोरीले यस स्मरणार्थको समयमा यहोवाको प्रशंसा गर्ने काममा सशक्‍त तरिकामा योगदान दिनसक्छन्‌ भनेर स्वीकार्नुहोस्‌।—मत्ती २१:१५, १६.

९ संयुक्‍त राज्यको जर्जीयाकी एउटी मसीही आमा आफ्नी छोरीलाई सधैं अरूसँग यहोवाबारे कुरा गर्न प्रोत्साहन दिन्थिन्‌। गत वर्ष उक्‍त केटी आफ्नी आमासँग सेवकाईमा व्यस्त रहँदा, तिनले एक जना मानिसलाई चाहनुहुन्छ पुस्तिका वितरण गरिन्‌ र छोटकरीमा त्यस पुस्तिकाको विषयसूचीबारे बताइन्‌। त्यस मानिसले तिनलाई सोधे, “तिमी कति वर्षकी भयौ?” तिनले भनिन्‌: “सात वर्ष।” तिनले यस्तो अर्थपूर्ण प्रस्तुती गरेकोमा त्यस मानिस छक्क परे। त्यस मानिसले सानो छँदा यहोवाका साक्षीहरूसित संगत गरेको भए तापनि सच्चाइलाई जीवनको मार्गको रूपमा कहिल्यै गम्भीरतासाथ लिएका थिएनन्‌। छिट्टै, उक्‍त केटीकी आमाले त्यस मानिस, उनकी श्रीमती र छोरीसित बाइबल अध्ययन थालिन्‌।

१० धेरै जवानहरू अहिले प्रकाशक भइसकेका छन्‌ र सेवकाईमा तिनीहरूसँगै मिलेर काम गर्दा हामी त्यो संगतीको आनन्द उठाउँछौं। यी जवानहरूले तिनीहरूकै उमेरका जवानहरूलाई प्रेरणा र प्रोत्साहन दिनसक्छन्‌। तर अप्रिल महिना प्रत्येक परिवारले पवित्र सेवामा सँगै काम गरेर आ-आफ्नो पारिवारिक बन्धन तथा आध्यात्मिकता बलियो बनाउने उपयुक्‍त समय पनि हो। यसमा परिवारको शीरले नेतृत्व लिनुपर्छ।—हितो. २४:२७.

११ नयाँहरूलाई मदत गर्ने: तपाईंसँग बाइबल अध्ययन गरिरहनु भएको नयाँ व्यक्‍तिहरूबारे चाहिं के भन्‍न सकिन्छ? के तिनीहरूले पनि यस अप्रिल महिनामा गरिने विशेष प्रयासमा योगदान पुऱ्‍याउन सक्छन्‌? तपाईंले ज्ञान पुस्तकको अध्याय २, अनुच्छेद २२ वा अध्याय ११, अनुच्छेद १४ सिध्याउनुहुँदा, सायद तिनीहरूले आफूले सिकेका कुराहरू अरूलाई बताउने इच्छा जाहेर गरेका होलान्‌। यदि तपाईं यस पुस्तक सिध्याउँदै हुनुहुन्छ भने, अध्याय १८, अनुच्छेद ८ का विषयवस्तुहरू स्पष्टसँग छलफल गर्न तैयार हुनुहोस्‌। त्यहाँ यस्तो लेखिएको छ: “अहिलेसम्म सिक्दै आउनुभएका कुराहरू शायद तपाईं आफ्नो नातेदार, मित्र तथा अन्य अरू व्यक्‍तिहरूलाई बताउन इच्छुक हुनुहुन्छ। यसो गर्न शायद तपाईंले शुरू समेत गरी सक्नुभएको हुनसक्छ। येशूले पनि अरूहरूलाई अनौपचारिक तवरमा सुसमाचार सुनाउने गर्नुहुन्थ्यो। (लूका १०:३८, ३९; यूह. ४:६-१५) तर अब शायद तपाईं अझ बढी गर्न इच्छुक हुनुहुन्छ।” तपाईंले अध्ययन गरिरहनु भएका व्यक्‍तिहरूबारे पनि के यस्तै भन्‍न सकिन्छ?

१२ के तपाईंको विद्यार्थीले परमेश्‍वरको वचनमा विश्‍वास गर्छन्‌? के उनले बाइबल सिद्धान्तहरू लागू गरिरहेका छन्‌? के उनले आफ्नो जीवन ईश्‍वरीय स्तरअनुरूप ढालिसकेका छन्‌? के उनी मण्डलीका सभाहरूमा उपस्थित भइरहेका छन्‌? के उनी यहोवाको सेवा गर्न चाहन्छन्‌? त्यसो हो भने, प्राचीनहरूसँग कुरा गर्न उनलाई प्रोत्साहित गरे कसो होला? यसो गर्दा उनी बप्तिस्मा अप्राप्त प्रकाशक बनेर अप्रिलमा तपाईंसँग काम गर्न योग्यका छन्‌ वा छैनन्‌ प्राचीनहरूले निर्णय गर्न सक्नेछन्‌। (आवर मिनिष्ट्री पुस्तक, पृष्ठ ९७-९) यसरी उनले यहोवालाई सेवा गर्ने प्रयासमा यहोवाको संगठनले कसरी मदत गर्नेछ, आफैले अनुभव गर्न थाल्नेछन्‌।

१३ हो, केही विद्यार्थीहरूले अरूको तुलनामा छिटो प्रगति गर्छन्‌। तसर्थ, जून २००० को हाम्रो राज्य सेवकाई, पृष्ठ ४, अनुच्छेद ५-६ मा दिइएको निर्देशनअनुसार सुरुमा चासो देखाउने धेरैले दोस्रो पुस्तकबाट अध्ययन गरिरहेको भए तापनि तिनीहरूलाई सक्रिय भई संगती गर्न थप मदत आवश्‍यक पर्छ। यी ईमानदार हृदय भएका मानिसहरू एक दिन अवश्‍य येशूका साँचो चेलाहरू हुनेछन्‌, चाहे “थोरै समयमा होस्‌ कि धेरैमा,” आशा कहिल्यै नमार्नुहोस्‌। (प्रेरि. २६:२९) यद्यपि, तपाईंले कुनै व्यक्‍तिसित अध्ययन गरिरहनुभएको “धेरै” समय भइसकेको छ भने पनि यस स्मरणार्थको समय तिनका लागि ख्रीष्टको छुडौतीको मोलप्रति गहिरो मूल्यांकन व्यक्‍त गर्ने राम्रो मौका हुनसक्छ कि?

१४ तिनीहरूलाई भाग लिन कसरी मदत गर्ने: येशूले अरूलाई कसरी सिकाउनुभयो त्यो जाँचेर हामीले योग्य व्यक्‍तिहरूलाई सेवकाईमा भाग लिन मदत गर्नेबारे धेरै कुरा सिक्छौं। उहाँले भीड देख्ने बित्तिकै आफ्ना चेलाहरूलाई कुरा गर्न सुरु गर भन्‍नुभएन। उहाँले सबैभन्दा पहिला प्रचारकार्यको महत्त्वमा जोड दिनुभयो, प्रार्थनामा लागिरहन प्रोत्साहन दिनुभयो र त्यसपछि तीन आधारभूत तत्त्व दिनुभयो: एक जना साथी, निर्दिष्ट इलाका र सन्देश। (मत्ती ९:३५-३८; १०:५-७; मर्कू. ६:७; लूका ९:२, ६) तपाईं पनि यस्तै गर्न सक्नुहुन्छ। चाहे तपाईंले आफ्नो छोराछोरीलाई मदत गरिरहनु भएको होस्‌ या नयाँ विद्यार्थीलाई अथवा केही समयदेखि रिपोर्ट नदिएको कसैलाई मदत गरिरहनु भएको नै किन नहोस्‌, निम्न सिद्धान्तहरू लागू गर्न विशेष प्रयत्न गर्नु उपयुक्‍त हुनेछ।

१५ आवश्‍यकतामा जोड दिनुहोस्‌: उक्‍त व्यक्‍तिमा प्रचारकार्यको महत्त्वबारे अमेट छाप पार्नुहोस्‌। यसबारे सकारात्मक हुनुहोस्‌। मण्डलीले सेवकाईको काम पूरा गर्न सञ्चालन गरिरहेका गतिविधीहरूबारे बताउनुहोस्‌। येशूले मत्ती ९:३६-३८ मा प्रकट गर्नुभए जस्तै मनोभाव देखाउनुहोस्‌। सम्भाव्य तथा निष्क्रिय प्रकाशकहरूलाई सेवकाईमा आफ्नो व्यक्‍तिगत सहभागिताबारे र विश्‍वव्यापी कार्यको सफलताबारे प्रार्थना गर्न प्रोत्साहित गर्नुहोस्‌।

१६ साक्षी दिने धेरै अवसरहरूबारे सोच्न उत्प्रेरित गर्नुहोस्‌: घर-घरको सेवकाईमा जान मण्डली पुस्तक अध्ययनमा भेला हुन सकिनेबारे बताउनुहोस्‌। नातेदारहरू र चिनजानका मानिसहरूसँग वा सहकर्मी वा स्कूलका साथीहरूसँग खाजा खाने समयमा कुरा गर्नपर्नेबारे बताउनुहोस्‌। सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आफूसँगै बस्ने यात्रीसित व्यक्‍तिगत चासो देखाएर मात्र पनि प्रायजसो कुराकानी थाल्न सकिन्छ। हामी अग्रसर हुँदा अक्सर राम्रो साक्षी दिने अवसर मिल्छ। वास्तवमा, “दिनहुँ” अरूलाई हाम्रो आशा बाँड्‌ने धेरै अवसर छन्‌।—भज. ९६:२, ३.

१७ सकेसम्म छिटो तपाईं र नयाँ प्रकाशक घर-घरको प्रचारमा सँगै जानु राम्रो हुन्छ। यदि तपाईंले अप्रिल महिनामा आफ्नो सेवा बढाउने लक्ष्य राख्नुभएको छ भने, सुहाउँदो इलाका छ कि छैन, इलाका सेवकलाई सोध्नुहोस्‌। रहेछ भने, यसले तपाईंलाई पर्याप्त काम गर्ने मौका दिन्छ। उदाहरणका लागि, सेवामा समय बिताइसक्नु भएपछि अथवा सभा वा कुनै ठाउँमा जाँदै या आउँदै गर्नुहुँदा तपाईंले पहिले कोही पनि नभेटिएको घरमा या चासो देखाइएको घरमा कोही भएको पाउनसक्नु हुनेछ। त्यतिखेर उपयुक्‍त भएमा छोटो प्रस्तुति चलाउँदा ज्यादै प्रभावकारी हुनेछ। फलतः यसले सफलताको आभास र सेवकाईमा आनन्दित हुन योगदान दिनेछ।

१८ घतलाग्दो सन्देश तयार पार्नुहोस्‌: कसैलाई राज्य सन्देश सुनाउने कार्यमा भाग लिने इच्छा हुन्छ तर कुराकानी गर्न आत्मविश्‍वासको कमी हुन्छ। विशेष गरी उक्‍त व्यक्‍ति नयाँ वा लामो समयदेखि सेवामा भाग लिएका छैनन्‌ भने त्यस्तो हुन्छ। नयाँ तथा निष्क्रियहरूलाई तयारी गर्न समय दिएर मदत गर्नु भनेको समयको सदुपयोग हो। सेवा सभा अनि क्षेत्र सेवकाईको लागि गरिने सभाहरूले उपयोगी जानकारीहरू दिनसक्छन्‌। तर व्यक्‍तिगत तयारीको भने अरू कुनै विकल्प छैन।

१९ नयाँहरूलाई तपाईं कसरी सेवाको लागि तयारी गर्न मदत दिन सक्नुहुन्छ? पत्रिका प्रस्तुतिबाट कुरा सुरु गर्नुहोस्‌ र यसलाई सरल अनि छोटो बनाउनुहोस्‌! क्षेत्रमा बस्नेहरूलाई चासो लाग्ने घटनाबारे तिनीहरूलाई सोच्न लगाउनुहोस्‌ र यससँग मिल्ने बुँदा ताजा अंकको पत्रिकाहरूमा खोज्न लगाउनुहोस्‌। दुवै मिलेर प्रस्तुति अभ्यास गर्नुहोस्‌ र सकेसम्म छिटो सेवकाईमा यसलाई प्रयोग गरिहाल्नुहोस्‌।

२० भविष्यमा हुनसक्ने द्धका लागि तयारी गर्नुहोस्‌: गत वर्ष विश्‍वव्यापी रूपमा स्मरणार्थ उत्सवमा उपस्थित हुने व्यक्‍तिहरूको संख्या लगभग १५ करोडभन्दा धेरै थियो। तर रिपोर्ट दिने प्रकाशकहरूको संख्या भने ६० लाखभन्दा अलिकता मात्र बढी थियो। यसको मतलब करीब ८८ लाख मानिसहरूमा यस विशेष कार्यक्रममा आउने चासो रहेछ र तिनीहरूले त्यहाँ बाइबलको एक मुख्य शिक्षा सुने। तिनीहरूमध्ये केहीले हामीलाई व्यक्‍तिगत रूपमा चिन्थे होला जसले तिनीहरूलाई राम्रो प्रभाव पारेको हुनसक्छ। तिनीहरूमध्ये धेरैजसो हाम्रो पक्षमा बोल्छन्‌, हाम्रो विश्‍वव्यापी कार्यका लागि अनुदान दिन्छन्‌ र हामीलाई अरूबाट बचाउँछन्‌। यस ठूलो समूहले भविष्यमा हुनसक्ने वृद्धिको सम्भावनालाई संकेत गर्छ। तिनीहरूलाई अझ प्रगति गर्नको लागि मदत दिन हामी के गर्नसक्छौं?

२१ हामीमध्ये कोही न कोहीले व्यक्‍तिगत रूपमा निमन्त्रणा दिएकोले नै स्मरणार्थमा अत्यधिक मात्रामा नयाँ व्यक्‍तिहरू उपस्थित भएका हुन्‌। यसको मतलब स्रोताहरूमा तिनीहरूले कम्तीमा पनि एक जनालाई चिनेकै हुनुपर्छ। यदि हाम्रो निमन्त्रणा स्वीकारेर कोही उपस्थित हुन्छ भने, उसलाई न्यानो स्वागतको आभास गराउने र कार्यक्रमबाट पूर्ण लाभ उठाउन मदत गर्नु हाम्रो जिम्मेवारी हो। हल खचाखच भरिने भएकोले तिनलाई सिट खोज्न मदत गर्नुहोस्‌। बाइबल हेर्न दिनुहोस्‌ र आफ्नो गीतको पुस्तक हेर्न आमन्त्रित गर्नुहोस्‌। तिनले सोध्ने सबै प्रश्‍नको जवाफ दिनुहोस्‌। तपाईंले तिनीप्रति देखाउनु हुने न्यानो व्यक्‍तिगत ध्यान तिनको चासो विकास गर्ने प्रमुख तत्त्व हुनसक्छ। हो, अपरिचित अनुहार देख्यौं भने तिनलाई न्यानो स्वागत गर्ने र तिनीसँग परिचित हुन छोटो कुराकानी गर्ने जिम्मेवारी हामी सबैको हो।

२२ स्मरणार्थमा उपस्थित हुने व्यक्‍तिको सोचाइमा जोडदार असर पर्नसक्छ। तिनी सभाहरूमा आउनुको अर्थ तिनले खोजिरहेको चिज भेट्टाइसकेका छैनन्‌ भन्‍ने देखिन्छ र तिनलाई अझ गहिरिएर जाँच्नुपर्ने आवश्‍यकता महसुस गराउने चिज हामी दिन्छौं। यहोवाको असिम प्रेमबारे अनभिज्ञ व्यक्‍तिलाई छुडौतीको अद्‌भुत प्रबन्धको वर्णन गहकिलो ज्योतिझैं हुनुपर्छ। हाम्रो निष्कपट, मैत्रिलो, प्रेमिलो र आदर देखाउने व्यवहारले तिनले हामी फरक छौं भनी सजिलै देख्नेछन्‌। तिनले हाम्रो हल, चर्चमा देखेजस्ता मूर्तीहरू र अर्थहीन धार्मिक संस्कारहरूभन्दा एकदमै भिन्‍न देख्नेछन्‌। यी सबै प्रभाव नयाँ व्यक्‍तिहरूलाई फेरी आउनको लागि शक्‍तिशाली प्रेरणा हुनसक्छन्‌।

२३ स्मरणार्थपछि, उपस्थित हरेक नयाँ व्यक्‍तिकहाँ फेरी गएर मदत दिन कोही न कोही जागरूक हुनुपर्छ। यदि तपाईंले नयाँ व्यक्‍तिहरूलाई आमन्त्रित गर्नुभएको छ भने तपाईंको विशेष जिम्मेवारी छ। तिनीहरू जानुभन्दाअघि, राज्यभवनका अन्य सभाहरूबारे तिनीहरूलाई थाह छ कि छैन निश्‍चित गर्नुहोस्‌। अर्को जनभाषणको विषय बताउनुहोस्‌। तिनीहरूको घरसँगै पर्ने मण्डली पुस्तक अध्ययनको स्थान र समयबारे जानकारी दिनुहोस्‌। पछि, क्रिएटर पुस्तकको एक प्रति दिनुहोस्‌, अप्रिल ३० को हप्तामा छलफल हुने विषय “यस पुस्तकबाट कसरी तपाईंले सृष्टिकर्ताबारे सिक्न सक्नुहुन्छ?” बताउनुहोस्‌। निकट भविष्यमा आयोजना गरिने क्षेत्रीय तथा विशेष सम्मेलनमा किन सबै मण्डली उपस्थित हुने योजना बनाउँदैछन्‌, त्यसबारे बुझाउनुहोस्‌।

२४ तिनीहरूको घरमा मैत्रीपूर्ण भेटघाट गर्ने समय मिलाउनुहोस्‌। बाइबलको आधारभूत शिक्षासित परिचित गराउने चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक तिनीहरूसँग छ कि छैन निश्‍चित गर्नुहोस्‌। यदि तिनीहरूको बाइबल अध्ययन स्थापना भइसकेको छैन भने तिनीहरूलाई बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुहोस्‌। तिनीहरूलाई जेहोभाज विटनेसेज पुस्तिका पढ्‌न सुझाव दिनुहोस्‌। त्यसले, हामी संगठनको रूपमा कसरी काम गरिरहेका छौं भनी स्पष्ट पार्छ। हाम्रा भिडियोहरू जस्तै आवर होल एसोसिएसन अफ ब्रदर्स हेर्न आमन्त्रित गर्नुहोस्‌। मण्डलीका अरूसित तिनीहरूलाई भेटाउने प्रबन्ध मिलाउनुहोस्‌। आउँदा महिनाहरूमा पनि नयाँहरूसँग सम्पर्क राखिराख्नुहोस्‌; क्षेत्रीय निरीक्षकको भ्रमणको बेला वा जिल्ला अधिवेशन हुँदा तिनीहरूलाई सभामा आमन्त्रित गर्नुहोस्‌। तिनीहरूलाई हरेक अवसरमा “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू” हुने अवसर दिनुहोस्‌।—प्रेरि. १३:४८.

२५ प्राचीनहरूले के गर्न सक्छन्‌: यस अप्रिल महिनाको सेवकाईमा गरिने जोडतोड प्रयासबाट पाइने सफलता धेरै हदसम्म प्राचीनहरूमा निर्भर हुन्छ। यदि तपाईं मण्डली पुस्तक अध्ययन सञ्चालक हुनुहुन्छ भने, यस विशेष क्रियाकलापमा आफ्नो समूहका सबैलाई सहभागी गराउन मदत गर्न सकिने कुराहरूको एउटा सूची बनाउनुहोस्‌। तपाईंको समूहमा कोही जवान, नयाँ, अनियमित वा निष्क्रिय व्यक्‍ति पो खटाइएको छ कि? तिनीहरूलाई मदत गर्न आमाबाबु, अग्रगामी वा अरू प्रकाशकहरूले अग्रसरता देखाउँदै छन्‌ कि छैनन्‌ पत्ता लगाउनुहोस्‌। तपाईं आफैले तिनीहरूलाई दिनसक्ने व्यक्‍तिगत मदत छ भने दिइहाल्नुहोस्‌। क्षेत्र सेवकाईमा दुई वर्षसम्म अनियमित रहने एक बहिनीले गत वर्षको अप्रिल महिनामा ५० घण्टाभन्दा धेरै समय सेवकाईमा बिताइन्‌। उनमा यस्तो परिवर्तन कसरी आयो? तिनी भन्छिन्‌, यो सबै प्राचीनहरूको प्रोत्साहनजनक गोठालो भेटको परिणाम हो।

२६ प्राचीन तथा सेवकाई सेवकहरूले आउने महिनाहरूमा पुग्दो इलाका, पत्रिका र साहित्यहरू छन्‌ कि छैनन्‌ भनी सँगै बसेर पक्का गर्नुपर्छ। क्षेत्र सेवकाईका लागि अतिरिक्‍त सभाहरूको प्रबन्ध गर्न सकिन्छ कि? सकिन्छ भने, विशेष प्रबन्धबारे थाह दिनुहोस्‌। सबैभन्दा मुख्य कुरा, तपाईंको सार्वजनिक तथा व्यक्‍तिगत प्रार्थनामा यस महिना राज्य क्रियाकलाप विस्तारका लागि यहोवासँग आशिष्‌ माग्नुहोस्‌।—रोमी १५:३०, ३१; २ थिस्स. ३:१.

२७ गत वर्षको अप्रिल महिनामा उत्तरी क्यारोलाइनामा सेवकाईको बढ्‌दो क्रियाकलापमा प्राचीनहरूले साँच्चै प्रोत्साहन दिए। हरेक हप्ता हुने सभामा तिनीहरूले प्रकाशकहरूलाई सहायक अग्रगामी गर्न सक्छन्‌ कि भनी प्रार्थनापूर्वक विचार गर्न आमन्त्रित गरे। हरेक अवसरमा सबै प्राचीन तथा सेवकाई सेवकहरूले अप्रिललाई उत्तम महिना बनाउनेबारे उत्सुकतासाथ कुरा गरिरहे। परिणाम, सबै प्राचीन तथा सेवकाई सेवकलगायत ५८ प्रतिशत प्रकाशकहरूले त्यो महिना अग्रगामी गरे!

२८ पूर्णतया भाग लिंदा प्राप्त हुने आनन्द: सेवकाईमा “परिश्रम र प्रयत्न” गर्दा कस्ता आशिष्‌हरू पाइन्छन्‌? (१ तिमो. ४:१०) गत वर्षको अप्रिल महिनामा आफ्नो मण्डलीको जोसिलो क्रियाकलापबारे माथि उल्लिखित प्राचीनहरूले यस्तो लेखे: “भाइ बहिनीहरूले क्षेत्र सेवकाईमा सँगै काम गर्न सुरु गर्दा तिनीहरूले एकअर्काबीच महसुस गरेको प्रेम तथा आत्मियताबारे तिनीहरू प्रायः कुरा गर्ने गर्छन्‌।”

२९ सीमित मात्रामा चलहल गर्नसक्ने एक जवान भाइले गत वर्ष अप्रिल महिनाको विशेष क्रियाकलापमा भाग लिए। बुद्धिमानी योजना र आफ्नी आमालगायत आध्यात्मिक भाइबहिनीहरूको मदतले उनले सहायक अग्रगामीको रूपमा फलदायी महिनाको आनन्द उठाए। आफ्नो अनुभवबारे उनले कस्तो महसुस गरे? उनले यसो भने: “मैले जीवनमा पहिलो पटक आफू चलहल गर्ने मानिस जस्तै भएको महसुस गरे।”

३० निस्सन्देह, उहाँको राज्याधिकारबारे कुरा गर्ने सुअवसरलाई उच्च मूल्यांकन गर्नेहरूलाई यहोवाले प्रशस्त आशिष्‌ दिनुहुन्छ। (भज. १४५:११, १२) हामीले प्रभुको मृत्युको सम्झना गर्दा, ईश्‍वरीय भक्‍तिका लागि दिइने आशिष्‌ भविष्यमा अझै प्रचुर हुनेछन्‌ भनेर बुझ्छौं। प्रेरित पावलले अनन्त जीवनको इनामको उत्सुकतासाथ आशा गरे। तथापि, केही नगरी आशा मात्र गरेर बस्नु ठिक होइन भनेर पनि उनलाई थाह थियो। उनले यस्तो लेखे: “उहाँको कार्यअनुसार प्रयत्न गरेर जो ममा जोरसँग काम गर्दछ, जसको निम्ति म परिश्रम पनि गर्दछु।” (कल. १:२९) येशू मार्फत यहोवाले जीवनदायी सेवकाई पूरा गर्न पावललाई बलियो तुल्याउनुभयो र आज हाम्रोलागि पनि उहाँ यसै गर्न सक्नुहुन्छ। के यस अप्रिल महिनामा तपाईंको अनुभव पनि यस्तै हुनेछ?

[पृष्ठ ३-मा भएको पेटी]

अप्रिलमा राज्यको घोषणा गर्न तपाईं कसलाई प्रोत्साहन दिन सक्नुहुन्छ?

आफ्ना छोराछोरीलाई?

बाइबल विद्यार्थीलाई?

निष्क्रिय व्यक्‍तिलाई?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने