प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जनवरी p. ७
  • नयाँ विशेष सम्मेलन दिवस कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिवस कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • परमेश्‍वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, तथा त्यसबाट लाभ उठाउँन
    हाम्रो राज्य सेवकाई—१९९२
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 जनवरी p. ७

नयाँ विशेष सम्मेलन दिवस कार्यक्रम

१ आजसम्म बाँचेका सबैभन्दा महान पुरुष पुस्तक अध्ययनले येशू ख्रीष्टको अझ बढी मूल्याङ्‌कन गर्ने मदत हामीलाई दिएको छ। नभन्दै फेब्रुअरीमा सुरु हुने हाम्रो विशेष सम्मेलन दिनको कार्यक्रमले पनि “हाम्रो महान आदर्शलाई होशियारीसाथ अनुसरण” गर्ने विषयलाई बढाउनेछ। यसले हामीलाई उहाँको पछि लाग्नुको अर्थ अझ राम्ररी बुझ्ने सहायता ​दिनेछ।

२ यस सम्मेलनमा उपस्थित हुने के जवान के बूढा, सच्चाइमा भर्खरै आएका वा धेरै वर्षदेखि लागेका, सबै नै ख्रीष्टको जस्तै व्यक्‍तित्त्व विकाश गर्न प्रोत्साहित हुनेछन्‌। कार्यक्रमको केही भागमा चाहिं विशेषगरी जवानहरूका लागि सरसल्लाह प्रस्तुत गरिनेछ। यसले तिनीहरूलाई शिक्षा, मनोरञ्जन र भौतिकवादसम्बन्धी चुनौतीहरूको सामना गर्ने मदत दिनेछ। संसारको प्रभावको विरोध गर्ने र आफूलाई ख्रीष्टको अनुरूप बनाउने विषयमा भाषणहरू, अनुभवहरू र प्रदर्शनीहरू पनि दिइनेछन्‌।—१ पत्रु० २:२१.

३ भर्खरै समर्पित व्यक्‍तिहरूले पनि बप्तिस्मा लिएर सबैको सामुन्‍ने आफूलाई ख्रीष्टको चेला घोषित गर्ने मौका पाउनेछन्‌। बप्तिस्मा दिइने अघि सम्बद्ध विषयबारे शास्त्रमा आधारित एउटा उत्साहवर्धक भाषण हुनेछ। विशेष सम्मेलन दिनमा बप्तिस्मा लिन चाहनेहरूले यथेष्ट समयअघि नै आफ्नो मण्डलीको अध्यक्षलाई सूचित गर्नु पर्छ। यसो गरेमा बप्तिसमाका उम्मेदवारहरूका निम्ति तयार पारिएका प्रश्‍नहरूलाई अन्य प्राचीनहरूले उम्मेदवारसित छलफल गर्ने प्रबन्ध मिलाउन सम्भव हुनेछ।

४ “हाम्रो महान आदर्शलाई पछ्याउँदै हामी कता पुग्ने छौं?” भन्‍ने मुख्य भाषण एक जना अतिथि वक्‍ताले प्रस्तुत गर्नेछन्‌। चासो देखाउने सबै मानिसहरूलाई यस उत्साहवर्धक र विश्‍वास बढाउने कार्यक्रममा अवश्‍य निम्याउनुहोस्‌। हाम्रो महान आदर्श येशू ख्रीष्टलाई अनुसरण गर्नुभन्दा अझ ठूलो अथवा लाभदायक मार्ग अरू हुनै सक्‍तैन।—मत्ती १९:२७-२९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने