प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 फेब्रुअरी p. ६
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९७
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • नयाँ विशेष सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 फेब्रुअरी p. ६

नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम

भारतमा यस महिनादेखि सुरु हुन लागेको नयाँ विशेष सम्मेलन दिन कार्यक्रमको विषय हुनेछ ‘सुसमाचारको खातिर सब थोक गर्नुहोस्‌।’ (१ कोरि. ९:२३) परमेश्‍वरको राज्य सुसमाचार नै अहिले सुन्‍न सकिने सबैभन्दा महत्त्वपूर्ण समाचार हो। उक्‍त कार्यक्रमले यो अद्‌भुत समाचार वहन गर्ने अनुपम सुअवसरको मूल्यांकन गर्न मदत दिनेछ। यसले हरेस नखाई सुसमाचार घोषणा गरिरहन पनि साहसी बनाउनेछ।—प्रेरि. ५:४२.

धेरैभन्दा धेरै सेवकाईको काम गर्न ईश्‍वरतान्त्रिक प्रशिक्षणलाई कसरी पूर्णतया सदुपयोग गर्नसक्छौं, यस कार्यक्रमले देखाउनेछ। सुसमाचार फैलाउन आफ्नो सर्वस्व सुम्पने जवानहरूलगायत सेवकाई बढाउन जीवनमा काँटछाँट गर्ने केही व्यक्‍तिहरूका अनुभव सुन्‍नेछौं।—फिलिप्पी २:२२ तुलना गर्नुहोस्‌।

अतिथि वक्‍ताले दिने मुख्य भाषणले ‘सुसमाचार हाम्रो पत्यारमा सुम्पिन . . . योग्य ठहरिनुपर्ने’ आवश्‍यकतालाई जोड दिनेछ। (१ थिस्स. २:४) अरूलाई सुसमाचार सुनाउने कार्यमा भागिदार भइरहन चाहन्छौं भने परमेश्‍वरको इच्छाबमोजिमका काम गरिरहनुपर्छ अनि हाम्रा सोचाइ तथा आचरणहरू उहाँको स्तरअनुरूप हुनुपर्छ भन्‍ने कुरा बुझ्नेछौं। त्यसो गरे वापत प्राप्त हुने आशिष्‌हरूबारे पनि प्रकाश पारिनेछ।

यो महत्त्वपूर्ण कार्यक्रम नगुमाउनुहोस्‌। यस विशेष सम्मेलनमा बप्तिस्मा लिन चाहने हालै समर्पण गरेका व्यक्‍तिहरूले तुरुन्तै मण्डलीका अध्यक्षलाई आफ्नो इच्छा व्यक्‍त गर्नुपर्छ। तपाईंसँग अध्ययन गर्नेहरू सबैलाई यस सम्मेलनमा उपस्थित हुन निमन्त्रणा दिनुहोस्‌। सुसमाचारको खातिर सबै कुरा गर्न तथा आरमागेडोन आउनअघि यो महान्‌ कार्य पूरा गर्न यहोवाले हामीलाई बलियो बनाऊन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने