ध्यान दिएर सुन्ने व्यक्तिहरू भेट्टाउन प्रयत्न गर्नुहोस्
१ घर-घरको सेवकाईमा हामीले भेट्ने धेरै मानिसहरूको मनमा आध्यात्मिक कुराहरू हुँदैनन्। परिवारका सदस्यहरू, आर्थिक समस्याहरू अथवा व्यक्तिगत समस्याहरूमा तिनीहरू अन्तर्ग्रस्त हुन्छन्। वार्तालाप सुरु गर्दा त्यस इलाकाका धेरै जसो व्यक्तिहरूलाई साधारणतया चासो लाग्ने विषयमा कुरा गर्नु प्रायः बेस हुन्छ। घरधनीको चासो जगाउन प्रश्नहरू सोध्न सकिन्छ किनभने यसो गर्दा घरधनी वार्तालापमा सामेल हुन्छ। मानिसहरूलाई अप्ठ्यारो परिस्थितिमा नपार्ने दृष्टिकोण प्रश्नहरू सबैभन्दा प्रभावशाली हुन्छन्।
२ यस्तो प्रकारको प्रस्तुति प्रयोग गर्नुभएमा सायद तपाईंको कुरा सुन्ने व्यक्ति भेट्टाउनु हुनेछ:
◼ “नमस्कार। मेरो नाउँ . . . हो। म यसै टोलमा बस्छु। आज बिहान मैले कुरा गरेका धेरै व्यक्तिहरू [टोलमा भएको कुनै घटना अथवा स्थानीय चासोको विषय बताउनुहोस्] चिन्तित छन्। तपाईंको विचारमा के परमेश्वरले संसार यस्तै होस् भन्ने चाहनु भएको थियो होला र?” जवाफ दिन समय दिनुहोस्। अनि शान्तिमय नया संसारमा जीवन भन्ने पर्चा देखाउन सक्नुहुन्छ। समय छ भने पृष्ठ १-मा दिएको चित्र र अनुच्छेद १-३ मा भएको जानकारीलाई छोटकरीमा छलफल गर्नुहोस्। त्यसपश्चात् सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्नुहोस्। अथवा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक सोझै प्रस्तुत गर्न सक्नु हुन्छ। पृष्ठ १५७-मा उद्धरित भजनसंग्रह ३७:९, १०-मा ध्यान आकर्षित गर्नुहोस् र किताबबाटै पढ्नुहोस्। पृष्ठहरू १५६-७ का चित्रहरू प्रयोग गर्दै दुष्टता हटाइसकेपछि सारा पृथ्वीभरि रहने धार्मिक अवस्थाबारे बुझाउनुहोस्।
३ किताब लिन अस्वीकार गरेमा अथवा घरधनी एकदमै व्यस्त छन् भने द वाचटावर र अवेक! प्रस्तुत गर्न सदैव तयार रहनुहोस्। नैतिकता पतन भएको देखेर मानिसहरू जताततै दुःखी छन्। अग स्त ८ अवेक!-को अङ्ग्रेजी संस्करण पढ्दा तपाईंको क्षेत्रका मानिसहरूलाई चासो जगाउने खालका केही बुँदाहरूलाई छान्नुहोस्। नराम्रा वर्तमान परिस्थितिहरूबारे लामो कुरा गर्नुको सट्टा अवेक!-को त्यस अङ्कको “एउटा सिद्ध नैतिक पथ प्रदर्शक” भन्ने लेखमा घरधनीको ध्यान आकर्षण गर्नुहोस् र परमेश्वरको वचनमा दिइएको सल्लाह प्रयोग गर्दा हुने फाइदाहरूबारे सकारात्मक कुराहरू गर्नुहोस्। महिनाको अन्ततिर अङ्ग्रेजी संस्करण अगस्त २२-को अवेक! प्रस्तुत गर्नुहुँदा “जब सबै राष्ट्रहरू एकसाथ शान्तिमा बाँच्नेछन्” भन्ने लेखतर्फ ध्यान केन्द्रित गर्नुहोस्। विभिन्न जातिका मानिसहरू बीच शान्ति कायम गर्नका लागि बाइबलले दिएको सल्लाहमाथि प्रकाश पार्नुहोस्। जातीय संस्करणको अगस्त ८ अवेक!-को प्रथम लेखको शीर्षकमा यो प्रश्न सोधिएको छ: “के परमेश्वरले युद्धमा पक्ष लिनुहुन्छ?” हाम्रो अगाडि भएको महान आशातर्फ तपाईंले घरधनीको ध्यानलाई केन्द्रित गर्न सक्नुहुन्छ जसबारे त्यही अङ्कको “युद्धको अन्त हुने के आशा छ?” भन्ने दोस्रो लेखमा छलफल गरिएको छ। पत्रिकाहरू वितरण गर्न छुट्ट्याइएका विशेष दिनहरू बाहेक अरू समयहरूमा पनि द वाचटावर र अवेक!-का ताजा पत्रिका र पुराना अङ्कहरू प्रस्तुत गर्न सकिन्छ।
४ हाम्रो मुख्य ध्येय राज्यको समाचारमा चासो जगाउनु हो भन्ने कुरा नबिर्सनुहोस्। हाम्रो कुरा सुन्ने व्यक्ति भेट्टाउन सर्वप्रथम हामीले घरधनीको ध्यान आकर्षण गर्नु र उसको सोचाइलाई सक्रिय पार्नुपर्छ। यसो गऱ्यौं भने मानवजातिको निम्ति आफ्नो उद्देश्यबारे “साँचो परमेश्वर यहोवाले के भन्नुहुनेछ [न्यु व०]” भनेर भेडाखालका मानिसहरूले सुन्न चाहनेछन्।—भजन० ८५:८.