घरघर जाँदा हाम्रा पत्रिकाहरूको प्रयोग गर्न
१ अवेक!-को उद्देश्य त्यस्को प्रत्येक अङ्कको पाना ४-मा स्पष्टसित व्यक्त गरिएको हुन्छ: “सन् १९१४-का घटनाहरू देख्ने पुस्ता बितेर जानुअघि एउटा शान्त र सुरक्षित नयाँ संसार ल्याउने सृष्टिकर्ताको प्रतिज्ञामाथि यस पत्रिकाले विश्वास बढाउँछ।” निश्चय नै हाम्रो घरघरको सेवकाईमा यस्तो पत्रिकाको सकेसम्म विस्तृत वितरण गर्नु उचित हो !
२ आध्यात्मिक झुकाउ नहुने मान्छेहरूमा चासो जगाउने एउटा उत्तम माध्यम अवेक! हो। अरूहरूलाई बताउने उद्देश्यले उचित बुँदाहरू खोज्दै प्रत्येक अङ्क पढ्ने गर्नुहोस्। कुनै कुनै प्रकाशकहरूले आफ्नो व्यक्तिगत कापीमा टिपोटहरू लेख्छन् र त्यही अङ्कलाई क्षेत्र-सेवकाईमा प्रस्तुत गर्न जाने बेलामा ती टिपोटहरू दोहोऱ्याएर हेर्छन्। यसप्रकार तिनीहरूले घरधनीलाई बताउने खास-खास कुरा सम्झी राख्न सक्छन्।
३ हामीले प्रयोग गरिरहेको अवेक!-को कुनै विषयबारे खास टिप्पणी गर्दै हामीले कुरा सुरु गर्न सक्छौं।
घरधनीले चासो देखाएमा हामीले पत्रिका सायद यसो भन्दै प्रस्तुत गर्न सक्छौं:
◼ “यस विषयमा अवेक! पत्रिकाको यो अङ्कले अझ विस्तृत छलफल गर्दछ।” अनि पहिले नै रोजेर राख्नु भएका एक वा दुई वाक्यांश पढेपछि यसो भन्नुहोस्: “तपाईंलाई यस विषयमा चासो छ जस्तो देखिन्छ। यसकारण, यो लेखका साथै अवेक!-को यस अङ्कमा प्रकाशित अन्य समयानुकूल लेखहरू के तपाईं पढ्न चाहनु हुन्छ? चाहनु हुन्छ भने म यसलाई र यसका साथमा प्रहरीधरहरा पत्रिकालाई तपाईंसित छाड्न खुशी हुनेछु। यी दुवैका लागि हामी चन्दा स्वरूप रु.६.०० लिने गर्छौं।”
४ घरधनीले स्पष्टगरी आध्यात्मिक कुराहरूमा चासो व्यक्त गरे भने चाहिं हामीले अन्तिम दिनहरूबारे २ तिमोथी ३:१-५ जस्तो कुनै एउटा शास्त्र पद प्रयोग गर्न सक्छौं। यसपछि सोझै नयाँ प्रहरीधरहरा-को पाना २-मा “प्रहरीधरहरा-को उद्देश्य” भन्ने भाग पढेर हाम्रा पत्रिकाहरूमा उनको चासो जगाउन सक्छौं। अन्तमा प्रहरीधरहरा र अवेक!-का नयाँ अङ्कहरू उनको सामुन्ने प्रस्तुत गर्नुहोस्।
५ धर्ममा चासो देखाउने मानिसहरू बस्ने इलाकामा चाहिं पत्रिकाहरू प्रस्तुत गर्नुभन्दा, सायद तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “यस समाजमा बेग्ला बेग्लै धर्म मान्ने मानिसहरूसित हाम्रो भेट भइ रहन्छ। परमेश्वरको खोजीमा मानिसहरूले विभिन्न मार्गहरू अपनाएका छन्। [प्रेरित १७:२६, २७ पढ्नुहोस्।] तर मानिसहरूले परमेश्वरको खोजी आफै गर्नुको सट्टा प्रायः आफ्ना आमाबाबुले मान्दै आएको धर्म पछ्याउने गर्छन्, होइन र? [टिप्पणी गर्ने मौका दिनुहोस्।] सोही विषयलाई यस पुस्तक, म्यानकाइन्ड्स सर्च फर गड्-को प्रथम अध्यायमा छलफल गरिएको छ। [पाना ८, अनुच्छेद १२-मा दिइएको जानकारीमाथि जोर दिनुहोस्।] अरू धर्महरूको विषयमा सिक्दा आफ्नो ज्ञान बढ्छ र हामी अझ शिक्षित हुन्छौं। यस पुस्तकले संसारका मुख्य मुख्य धर्महरूको मूल, चलन र शिक्षाहरूको जानकारी दिन्छ।” समय भएमा घरधनीलाई पुस्तकको विषय-सूची र एक दुईवटा चित्रहरू देखाउनु होस्।
६ मानिसहरूलाई आध्यात्मिक प्रगति गर्ने मदत दिन हामीसित संसारको दुइटा सबैभन्दा असल माध्यमहरू अर्थात् प्रहरीधरहरा र अवेक! छन्। यो कुरा हामी घरघर जाँदा सधैं सम्झिराखौं। यी पत्रिकाहरूमा धरधनीहरूको चासो जगाउने र मौका पाउनासाथै तिनको वितरण गर्ने हर प्रयास गरौं।