प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अक्टोबर p. १
  • प्रशस्तसँग तर विवेकी भएर छर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रशस्तसँग तर विवेकी भएर छर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००१
  • साहित्यहरूप्रति मूल्याङ्‌कन देखाउनु
    हाम्रो राज्य सेवकाई—१९९३
  • प्राश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९१
  • साँचो उपासनालाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 अक्टोबर p. १

प्रशस्तसँग तर विवेकी भएर छर्नुहोस्‌

१. प्रशस्तसँग बीउ छऱ्‍यो भने प्रशस्तसँगै कटनी गर्न सकिन्छ तर किफायतीसँग छऱ्‍यो भने कटनी पनि त्यति हुँदैन भनेर प्रत्येक किसानलाई थाह भएकै कुरा हो। (२ कोरि. ९:६) किसानहरू बाली नलाग्ने ठाउँमा बीउ छरेर खेर फाल्न चाहँदैनन्‌। त्यस्तै गरी, क्षेत्रमा हाम्रा साहित्यहरू प्रस्तुत गर्दा हामी विवेकी हुनु आवश्‍यक छ। हामी हाम्रा साहित्यहरू पढ्‌न इच्छुक व्यक्‍तिहरूकहाँ छोड्‌न चाहन्छौं। हामी योग्य जनहरूलाई यहोवाको अनुग्रह र राज्य आशाबारे जान्‍ने सुअवसर प्रदान गर्न चाहन्छौं।

२. तपाईंको इलाकाका योग्य जनहरूलाई सत्यको ज्ञानमा ल्याउन प्रयोग गर्न सकिने पत्रिका, पुस्तिका तथा अन्य साहित्यहरू तपाईंको घरको तख्तामा थन्किरहेका छन्‌ कि? (मत्ती २५:२५ तुलना गर्नुहोस्‌।) राज्य प्रचारकार्यलाई कसरी सहयोग गरिन्छ भनी बताउन अप्ठ्यारो लागेकोले के तपाईं पहिलो भेटमा पत्रिका वा अन्य साहित्यहरू प्रस्तुत गर्नदेखि कहिलेकाहीं पछि हट्‌नुहुन्छ? कृतज्ञ घरधनीहरूलाई सरल र स्पष्ट ढंगमा राज्य प्रचारकार्यका लागि अनुदानहरू कसरी प्रयोग गरिन्छ भनी बताउँदा सकारात्मक प्रतिक्रिया पाएको अनुभवी प्रकाशकहरूले अनुभव गरेका छन्‌।

३. तपाईं भन्‍न सक्नुहुन्छ:

◼ “तपाईंलाई हामीले विनाशुल्क कसरी साहित्यहरू प्रस्तुत गर्न सक्छौं जस्तो लागिरहेको होला। यो स्वैच्छिक अनुदानद्वारा चल्ने एउटा विश्‍वव्यापी शैक्षिक कार्य हो। तपाईं यस कार्यको लागि सानो अनुदान दिन चाहनुहुन्छ भने म खुसीसाथ स्वीकार्नेछु।”

४. थुप्रै घरधनीहरूले साहित्यको कति पर्छ भनी सोध्ने गर्छन्‌।

तपाईं यस्तो जवाफ दिन सक्नुहुन्छ:

◼ “साहित्यको कुनै मोल तोकिएको छैन किनभने हाम्रो काम स्वैच्छिक अनुदानद्वारा चल्छ। आज तपाईं सानो अनुदान दिन चाहनुहुन्छ भने हामी यो विश्‍वव्यापी शैक्षिक कार्यको लागि चलाउन खुसी हुनेछौं।”

वा तपाईं यसो भन्‍न सक्नुहुन्छ:

◼ “हामी बाइबलबारे अझ बढी सिक्न चाहने सबैका लागि हाम्रा साहित्यहरू उपलब्ध गराउँछौं। तपाईं यस विश्‍वव्यापी कार्यको लागि सानो अनुदान दिन चाहनुहुन्छ भने म यो तपाईंको तर्फबाट दिन खुसी हुनेछु।”

५. पत्रिका कार्यमा कोही-कोही प्रकाशकहरूले पत्रिकाको भित्री पाना देखाउँछन्‌ र भन्छन्‌:

◼ “तपाईंले यहाँ देख्नुभएझैं हाम्रो कार्य स्वैच्छिक अनुदानद्वारा चल्छ। यस कार्यमा मदत पुऱ्‍याउन तपाईं सानो अनुदान दिन चाहनुहुन्छ भने म पुऱ्‍याइदिन सक्छु।”

यहाँ अर्को सरल अभिव्यक्‍ति छ:

◼ “हाम्रो साहित्य निश्‍शुल्क दिइने भए तापनि हामी हाम्रो विश्‍वव्यापी कार्यको लागि दिइएको सानो अनुदान स्वीकार्छौं।”

६. हाम्रो कार्य कसरी सञ्चालन हुन्छ भनी उल्लेख गर्न अप्ठ्यारो लागेकोले हामी बीउ छर्नदेखि कहिल्यै पछि हट्‌नु हुँदैन। साथै, ‘ढुंगेनी ठाउँमा’ हाम्रा साहित्यहरू खेर नफाल्न विवेकको खाँचो पर्छ। (मर्कू. ४:५, ६, १६, १७) हामीले ल्याउने सुसमाचारको मूल्यांकन गर्नेहरू भौतिक तवरमा मदत गर्ने सुअवसर पाएकोमा खुसी हुन्छन्‌।—मत्ती १०:४२ तुलना गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने