प्रश्न पेटी
◼ सोसाइटीको विश्वव्यापी कार्यको लागि अनुदान दिन तोकिएको बाकसमा, साहित्य लिंदा अनुदान खसालेर अनि क्षेत्रमा प्राप्त भएको अनुदान पनि खसालेर कतै हामीले साहित्यको लागि दुई पटक त अनुदान खसालिरहेका छैनौं?
अवश्य छैनौं। सोसाइटीको विश्वव्यापी कार्यको लागि खसालिएको अनुदान साहित्यको लागि मात्र होइन। प्रकाशक अनि क्षेत्रमा भेटिने साँच्चै जिज्ञासु व्यक्तिहरू दुवैले साहित्यहरू निश्शुल्क प्राप्त गर्छन्। प्रकाशकहरूले दिने अनुदानले शाखा कार्यालय, बेथेल गृह, मिनिस्टेरियल स्कूल, परिभ्रमण निरीक्षक, साहित्य वितरण केन्द्रहरू सञ्चालन गर्न मदत गर्नुका साथै येशूले आफ्ना चेलाहरूलाई दिनुभएका जिम्मेवारीको समग्र पक्ष पूरा गर्नको लागि आवश्यक अन्य सेवाका कामहरूमा पनि सघाउ पुऱ्याउँछ। साहित्यहरूको प्रकाशन त यसको एउटा सानो भाग मात्र हो।
त्यसकारण, क्षेत्रमा जिज्ञासु मानिसहरूबाट अनुदान पाउँदा हामीले ती अनुदान “साहित्यहरूको लागि हो” भनेर भन्नु हुँदैन। हाम्रो साहित्य पढ्न साँचो चासो देखाउने व्यक्तिहरूलाई हामी साहित्यहरू मूल्य नतोकिकन दिन्छौं भनेर हामी तिनीहरूलाई बुझाउने गर्छौं। यस्ता व्यक्तिहरूले दिएको जुनसुकै अनुदान पनि विश्वव्यापी कार्यसित सम्बन्धित गतिविधिहरूमा खर्च गरिन्छ। प्रकाशकहरूले दिने अनुदानमा पनि यही कुरा लागू हुन्छ।